NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

म्यान्मारका चार जना र युएईका एक नेपालीलाई देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Thursday, 17 December 2009 14:32

काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले नेपाली भाषाको सेवामा निरन्तर समर्पित भई नेपालीभाषाको अन्तर्राष्ट्रिय विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत म्यानमार राष्ट्रका चारजना स्रष्टालाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

यसरी सम्मानीत हुने म्यान्मारका स्रष्टाहरुमा ठाकुरप्रसाद गुरागाईं, भवानीशङ्कर पोख्रेल, मधुकर प्रधान र विष्णु पन्थी हुनुहुन्छ ।

साथै, महोत्सवले सयुक्त अरब इमिरेट्स (युएई) मा बसेर नेपाली भाषाको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल राष्ट्रका स्रष्टा जाकिर हुसेन (जैकी मोजाह) लाई  'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी मार्च १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा उहाँहरूलाई सो सम्मान प्रदान गरिने भएको छ ।

महाकवि देवकोटा शताब्दी महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रितको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?