Inside

All Time Top 50 News

पाँच जनालाई नइ खरा पुरस्कार, आनी छोइङलाई 'नइ खरा गौरव पुरस्कार' प्रदान गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Saturday, 03 March 2012 10:42

Special: 5 photos: काठमाडौं- नइ प्रकाशनले पाँच जना महानुभावहरुलाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।


 

Nai Khara award honorees: Madanmani Dixit, Pandit Shyamdas Baishnav and Kumar Thapa. Photos courtesy: Nai Prakashan.

पुरस्कार संस्थापक खनूप्रुदे 'रामबाबू' को उपस्थितिमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

पत्रकार, शिक्षासेवी तथा अक्षरशिरोमणि मदनमणि दीक्षितलाई एक लाख रुपिया राशिको 'नइ खरा सुकीर्ति पुरस्कार' प्रदान गरिने भएको छ ।

त्यसैगरी, साहित्यकार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका गणेशका नाउँले सुपरिचित पं. श्यामदास वैष्णवलाई पचास हजार रुपियाँ राशिको 'नइ खरा प्रदीप्ति पुरस्कार' प्रदान गर्ने निर्णय भएको छ ।

Nai Khara award honorees: Ani Choying and Prasun Singh. Photos courtesy: Nai Prakashan.

दृश्यविहीन भएर पनि सामाजिक जागरणमा समर्पित कुमार थापालाई पचास हजार रुपियाँ राशिको 'नइ खरा सुरभि पुरस्कार' प्रदान गर्ने निर्णय भएको छ ।

गीत गायन तथा समाजसेवामा मन वचन र कर्मले जागरुक आनी छोइङ डोल्मालाई पच्चीस हजार रुपिया राशिको 'नइ खरा गौरव पुरस्कार' प्रदान गर्ने निर्णय भएको छ ।

प्रथम मिस तराई मानवअधिकार कर्मी तथा पत्रकार प्रसून सिंहलाई पन्ध्र हजार रुपियाँ राशिको 'नइ खरा पौरख पुरस्कार' प्रदान गर्ने निर्णय गरिएको छ ।

नइ प्रकाशन र दाता खनूप्रुदे 'रामबाबू' को नाउँमा स्थापित यी पुरस्कार आगामी बैशाख २२ गते राजधानी काठमाडौंमा प्रदान गरिने छन् ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.