Inside

All Time Top 50 News

मेरो मृत्यू पछि (कविता)- बसन्त श्रेष्ठ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Basant Shrestha   
Friday, 08 April 2016 13:52

जब म यस संसारबाट बिदा हुनेछु
तब अश्रुपूर्ण नयनले
खुशीसाथ मलाई बिदा दिनेछौ
किनकि-
मैले जति पनि माया पाएँ
मैले जति पनि साथ पाएँ
यस जुनिमा त्यतिनै पर्याप्त रहेछ...

Author and poet Basanta Shrestha. Photo courtesy: Basant Shrestha facebook profile

साथ जति हिड्नु थियो हिडियो
माया जति पाउनु थियो पाईयो
तर अब समय भएको छ-
एक्लै एक्लै हुने
भनौं अब हाम्रो छुटिने समय आएको छ

मेरो प्रियसी !
मलाई माफ गरि देऊ
यदि मैले कहिले तिमीलाई
चोट पुर्याएँ भने
मेरा प्रियजनहरु
मलाई क्षमा गरि देऊ
यदि मैले जानी नजानी
कुनै प्रकारको चोट पुर्याएँ भने

सहानुभूति अनि सान्त्वना लेउ
यदि तिम्रो मन शान्त हुन्छ भने
आँशु बगाउ जति सक्छौ
पीडा यदि कम हुन्छ भने
एकान्तप्रिय बन जति सक्छौ
तर विश्वास गर
यो केहि समयको मात्र फरक हो
हामी एकदिन अबश्यनै एक हुनेछौं
तब सम्मलाई
तिमी आफूलाई धेरै भाग्यमानी संझ
बितेका सुखमय समयलाई सम्झेर
बितेका रमाइला क्षणलाई सम्झेर
जति जति बेला मेरो याद आउनेछ
आँखा चिम्लेर मलाई सम्झने गर
त्यति खेर म तिम्रै वरिपरि
तिमीसंग नै साथसाथ हुनेछु
तिम्रो सामुन्ने तिम्रो दाँया बाँया
तिम्रो वरीपरी म हुनेछु सुन्नेछु
अनि नियाली रहनेछु
नसम्झनू म तिमीबाट धेरै टाढा पुगि सकें
तर होइन,
म त सिर्फ वस्त्र परिवर्तन गरे जस्तै
मैले पनि यो शरीर मात्र परिवर्तन गरेको हूँ
मेरो मन र आत्मा त त्यहीं नै हो
नसम्झनू म असमयमै तिमीबाट टाढा पुगें
तर होइन,
मेरो यस लोकमा
जुन भूमिका थियो अभिनय गर्नको लागि
हो त्यो समाप्त भएकोछ
अब म पर्खी बसेकोछु
मेरो अर्को भूमिकाको लागि

तर तिम्रो स्पर्श नपाएर
अनि तिमीले मेरो आभाष नपाएर पनि
म संधै संधै तिम्रो साथ रही रहनेछु
समयसंगै
जब तिमी पनि यस महाप्रस्थानमा
मसंग भेट्न आउनेछौ
तब म तिमीलाई
खुशी खुशी यस घरमा
सुस्वागतम् भन्नेछु ।

(प्रकाशोन्मुख कविता संग्रह "अर्को गोलार्धमा उभिएको मान्छे" बाट)

-बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका
०१/०३/२०१२

नोट: कवि बसन्त श्रेष्ठका यस अघि 'बसन्त श्रेष्ठका कविता' (कविता संग्रह, २००८), 'भावनाका लहरहरु' (कविता संग्रह, २०१०) र 'उज्यालो खोज्ने आवाजहरु' (कविता संग्रह, २०११) प्रकाशित भैसकेकोछ ।

Read related news:

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न: बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.