Inside

All Time Top 50 News

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदका ३ उम्मेद्वारहरुलाई सहमतीकोलागि अपिल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishwadeep Tigela   
Tuesday, 08 June 2010 15:50

ब्रुनाई- "यहाहरुको जोस, जाँगर सहितको सम्मानित पदको लागि उम्मेदवारीको स-सम्मान गर्दै, आज जे जसरी आ-आफ्नो रफ्तारमा चले पनि भोलि अनेसासको नियमित काम गर्ने वातावरण चाहिन्छ यसर्थ चुनावमै जाने भएपनि सामान्य छलफलको बातावरण तयार गर्नुहोस, आपसमा रचनात्मक छलफल गर्नुहोस ।"


अध्यक्षका लागि उम्मेदवार त्रय कमला प्रसाई, डा. मधु माधुर्य र ज्ञानेन्द्र गदाल ज्यूमा साहित्यिक अभिवादन

सकभर सहमतिमा जाने कोसिस गर्नुहोस । भोलिको दिनमा अझ अप्ठ्यारो हुन सक्ने सम्भावनालाई ख्याल राख्नुहोस र अनेसासको हित र प्रगतिको लागि गम्भिर बनि दिनुहोस भन्ने आग्रह गर्दछु । सकभर प्यानल, प्यानल नजाऔ भन्ने आग्रह हो । किन की प्यानल, प्यानलको प्रकृयाले धेरै संस्थालाई असर गरेको हामीले देखेका छौ । यो गल्ति हुन नदिउ ।

मेरो स्वतन्त्र उम्मेदवारीको उद्ेदश्य सबैजनालाई सहमतिमा आउनको लागि थोरै भए पनि दबाब पुगोस भन्ने हो । साहित्य र अनेसासको सेवाको लागि महासचिव पद मेरो लागि अनिवार्य होइन यसर्थ सहमतिको लागि, अनेसास को कल्याणको लागि महासचिव छोड्न पर्छ भने, भन्नुहोस म छोड्न तयार छु तर तपाईहरु सहमतिमा आउनु पर्दछ ।

यस पटकको निर्वाचनमा जे जति उत्साह र विवाद देखिएको छ त्यति नै अनेसासको लागि चुनौतीको घष्टि पनि बजिरहेको छ । यसपटक चुनावै भएपनि ब्यक्तिको हार होस तर अनेसासको हार नहोस । अनेसासको पराजयको लागि विजय नहोस ।

मैले केही समय अगाडी निर्वाचन आयुक्तको ध्यान आकर्षण गराउदै विभिन्न मुलुकमा सम्पर्क मार्फत वा स्वत स्फूर्त बनेका च्याप्टरहरुका पदाधिकारी मध्ये कम्तिमा एक वा बढिमा ३ जनाले यस केन्द्रको चुनावमा भोट गर्नु पाउने ब्यवस्था गरे कसो होला भनेर प्रश्न गरेको थिए तर प्रतिकि्रया केही प्राप्त भएन प्राविधिक कारणले सम्भव भएन होला खयर जेहोस -

प्रस्तावित विकल्पको रुपमा - प्रत्येक च्याप्टरलाई एक भोट मान्ने र आजीवन सदस्यको दश भोटलाई एक च्याप्टर गन्ने प्रकारले चुनावी ब्यवस्था गरौ भन्ने सुझावलाई पुन यहा दोहर्याएको छु । यदि च्याप्टरहरुलाई जिम्मेवारी बोध हुने अवसर दिइन्दैन भने उनीहरुले बुझेका अनेसासको ब्यापकताबाट विमुख भई स्वतन्त्र हुन पनि सक्छन यसर्थ यस प्रति पनि सम्बन्धित पक्ष सबैको ध्यान जावोस ।

सौहार्द बातावरण जसरी भएपनि बनाऔ

अनेसासको कल्याणको लागि हुन गईरहेको चुनावमा एउटा सौहार्द बातावरण बनाउन सक्दैनौ भने भोलि विश्वब्यापी फैलिएको अनेसासलाई समेट्ने वातावरण बनाउन सकिएला ? अनेसास भित्र सुधार गर्नुपर्ने धेरै विषयहरु रहेछन् ती मध्ये धेरै सुधार गर्न सकिने र केही सुधार गर्न नसकिने अवस्थाको देखिन्छ यसर्थ ती कुराहरु पनि भविश्यमा बताउने अवसर आएमा त्यो मौकाको सदुपयोग गर्ने आस गर्दै । सबै उम्मेदवार अंग्रज तथा सहकर्मी साथिहरुमा सहमति तथा सौहार्द बातावरणको लागि हार्दिक अपिल गर्दछु ।

विश्वास दीप तिगेला
ब्रुनाई/वेलायत

regards,

Biswasdip Tigela (biswas.com.np)
Chief Editor
www.nepaliLiterature.com
www.nepaliSamachar.com

नोट: तिगेला समाजको महासचिब पदका लागि स्वतन्त्र उम्मेदवार हुन्। Find more about him: www.biswas.com.np

Read our related news:

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.