NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चर्चित कलाकार रबीन कोइरालाको चित्रकला प्रदर्शनी 'मानब' को उद्घाटन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 06 February 2010 14:44

काठमाडौं- कलाकार रबीन कोइरालाको एकल चित्रकला प्रदर्शनी 'मानब' को शनिवार उद्घाटन संघीय मामिला संविधान सभा मन्त्री डा.रिजालले गर्नु भएको छ । कलाकार कोइराला यूएस नेपाल अनलाइनडटकमसँग सम्बद्ध छन् ।

कोइरालाको प्रदर्शनी अवलोकन गर्दै मन्त्री रिजाल साथमा कलाकार कोइराला. Photos: Sitaram

सो कार्यक्रममा कलाकारहरुले कलाको सम्मान हुनुपर्नेलगायत छिटोभन्दा छिटो कला प्रतिष्ठानका पदाधिकारीहरुको चयन गर्न मन्त्री डा.रिजालको ध्यान आकर्षित गराएका थिए ।

'नाफा' हल नक्सालमा बरिष्ठ कलाकार उत्तम नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कला समीक्षक समाजका अध्यक्ष रमेश खनालले कलाकार कोइरालाबारे जानकारी दिँदै सानैदेखि प्रकृतिसँग रमाउने कलाकार कोइरालाको कलाकारिताले अहिले मूर्तरुप पाएको बताए । उनको रंगमा कोमलता र माधुर्यता भएको बताउँदै खनालले कोइरालाको कलाकारितामा मानव र प्रकृतिको उच्चविचार संयोजन भएको स्पष्ट पारेका थिए ।

कला प्रदर्शनीको उदघाटन गर्दै मन्त्री डा. रिजाल

बरिष्ठ कलाकार तथा लोकतान्त्रिक कलाकार अभियानका अध्यक्ष किरण मानन्धरले कोइरालालाई लोकतान्त्रिक गणतान्त्रिक अभियानकालागि कलाको माध्यमबाट लड्ने एक योग्य सिपाहीको संज्ञा दिए । उनले भने- 'कोइरालाले कोरेका चित्रहरुमा नयाँ लोकतान्त्रिक नेपालको स्पष्ट तस्वीर छ ।' कोइरालाले भविष्यका दिनमापनि लोकतान्त्रिक गणतन्त्रकालागि कलाका माध्यमबाट लड्ने आशा मानन्धरले गरेका थिए ।

बरिष्ठ कला समीक्षक मुकेश मल्लले कोइरालालाई आफूभित्र आफैलाई खोज्ने कलाकारको रुपमा चिनाएका थिए । 'अरु कलाकारभन्दा भिन्न प्रकृतिको कलाकार हो- रबीन कोइराला' मल्लले कोइरालाको प्रसंशा गर्दै भने- 'कला विशुद्ध कलामात्र होइन कलाभित्रपनि विचार हुन्छ, कोइरालाको कलाहरुमा हामी प्रसस्त विचार पाउन सक्छौं ।'

A Tharu girl by artist Rabin Koirala.

कलाकार कोइरालाले आफ्नो सफलतामा आफ्ना दाजु पर्शुराम कोइरालाको ठूलो प्रेरणा रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री डा. रिजालले आफूलाई मानब बिषयले ध्यानाकर्षित गराउने बताउँदै कोइरालाको चित्रकला प्रदर्शनीको शीर्षकपनि 'मानब' भएकाले आफ्नो ध्यानाकर्षण भएको बताए । सारा देशले द्रष्टाको खोजी गरिरहेका बेला रबीनको चित्रकलामापनि द्रष्टाको खोजी हुनुले आफूलाई खुसी लागेको मन्त्री रिजालको कथन थियो ।

सो प्रदर्शनी आगामी फागुन ३ गतेसम्म चल्नेछ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?