Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
अरुण स्मृति संगित पुरस्कारबाट लोक गायक खड्ग गर्बुजामगर सम्मानित PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Devika GM   
Wednesday, 21 July 2010 10:01

काठमाण्डौ- नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले प्रत्यक वर्षझै यस वर्ष पनि लोकप्रिय गायक अरुण थापा मगरको एघारौं स्मृति दिवस तथा पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।

Popular singer Arun Thapa Magar memorial in Kathmandu. Photos: Devika

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानका सदस्यसचिव तथा कवि एवं गीतकार तिर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति दिवशमा प्रमुख आतिथि श्रेष्ठले लोक तथा दोहोरी गायिका खड्ग गर्वुजामगरलाई अरुण स्मृति संगीत पुरस्कार २०६७ बाट पुरस्कृत एवं सम्मानद्वारा सम्मानित गर्नु भयो ।


Folk singer Khadga Garbuja Magar being honoured by Arun Memorial Music award. Photos: Devika

संघले २०६० सालमा बृहत सांस्कृतिक कार्यक्रममार्फत चन्दा संकलन गरि रु ५०,००० को अक्षकोष स्थापना गरि नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एकजना स्रष्टालाई अरुण स्मृति संगीत पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कारबाट हालसम्म यसअघी छ जना श्रष्टा पुरस्कृत भैसक्नु भएको छ । पुरस्कारको रासी नगद ५ हजार रुपैया र सम्मान पत्र रहेको छ ।

संघका अध्यक्ष माधबकुमार दर्लामी मगरको अध्यक्षता महासचिव नरेन्द्र थापामगरको सचालन र उपाध्यक्ष रेणुका काउचा मगरको स्वगत भाषणबाट शुरु भएको उक्त कार्यक्रममा स्वर्गिय गायक अरुण थापामगरको संक्षिप्त जीवनीबारे सचिव देविका घर्तीमगरले तथा पुरस्कृत व्यक्तित्व खड्ग गर्वुजामगरको बारेमा कोषाध्यक्ष बलविर बुढामगरले संक्षिप्त चर्चा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल मगर संघका महासचिव बसन्त घर्तीमगर, साहित्यकार प्रकाश सायमी, वरिष्ठ गायिका तारा थापामगर, कविता आलेमगर, पुरस्कृत व्यक्तित्व खड्ग गर्वुजामगर लगायतले स्वर्गिय अरुण थापामगरको योगदानको चर्चा गनुभएको थियो ।

उक्त कार्यक्रममा अरुण थापामगरद्वारा स्वरवद्ध गीतहरु 'ऋतुहरुमा तिमी', 'म रोए पनि' बोलका गीतहर गायकहरु सूर्य पूर्वछानेमगर, आकाश थापा मगर, खड्ग बुढामगर लगायतका गायकहरहले गाउनु भएको थियो ।

अन्त्यमा अध्यक्ष माधबकुमार दर्लामीमगरलॆ कार्यक्रम समापन गर्नुभएको थियो ।

अरुण थापाको बारेमा

विसं २००९ साल माघ ११ गते बाबु गन्जसीं थापामगर र आमा शान्ति थापामगरको प्रथम सन्तानको रुपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो ।


Late singer Arun Thapa. Photos: Devika

आफ्ना दुई भाइ र एक बहिनीकी दाजु अरुण थापाको प्रारम्भिक शिक्षा जेपी हाइस्कुल ठमेलबाट शुरुभएको थियो । सानैदेखि आफ्नो कितावी ज्ञान भन्दापनि गित संगितमा रुचि राख्ने अरुण गितकार र स्विमिङमा सानैदेखि सोखिन थिए । स्कुल तहको शिक्षा दार्जलिङमा लिएपनि २०२८ सालमा १९ वर्षको उमेरमा जेपि हाइस्कुल ठमेलबाटनै अरुणले एसएलसी उत्तिर्ण गरेका थिए ।

केहिसमय विराटनगरको बैंकको जागिरेसमेत भएका अरुण संगितप्रति अधिक रुचि भएकै कारण बैंकको जागिर छाडि विसं २०३० सालतिरबाट पोखरामा बसोबास गर्न थाले । पोखराको बसोबाससँगै पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा अध्ययनलाई अगाडि बढाए । पोखरामा अध्ययन गर्दैगर्दा आफ्नो बुबाको सहयोगमा नातीकाजि र शिवशंकर जस्ता संगितकारसँग अरुणको परिचय हुनपुग्यो । २०३२ सालमा स्वर परिक्षा पासगरेपक्षि आश्विण गुरुङको रचना र ओमविक्रम विष्टको संगितमा पहिलोपटक 'कतै टाढा तिमीबाट पुगेंभने सम्झेर नरुनु ठुलो छ संसार' बोलको गित रेकर्ड गराएका थिए । पहिलो गितले खासै लोकपि्रयता कमाउन नसकेपनि २०३४ सालको अन्त्यतिर 'ऋतुहरुमा तिमी', २०३६ सालमा 'जति माया लाएपनि' आदि गितले उनको चर्चा देशविदेश सर्वत्र भयो ।

अत्यन्त इमान्दिारिताकासाथ आफ्नो प्रेम विवाह सम्पन्न गरेका अरुण थापाले विमलाले परिवारको दवावमा परपुरुषसँग विवाह गरेको थाहा पाएपछि विक्षिप्त बनेका अरुणले आफुलाई सम्हाल्न नसकि त्यहिदेखि आफलाई सम्हालने नाममा नशालु पदार्थको सहारा लिन थाले । अरुणका बुबाले ललितपुरको झम्सीखेलमा घर बनाएका थिए । त्यो पनि उनले नशाको लतमा बेच्न पुगे।

विवाह भएर विछोडभएपछि अरुले आफनो जिवनसँग मेलखाने किसिमका गित 'चोट के हो वेथा के हो', 'मलाई नसोध', 'जतिमाया लाएपनि' जस्ता चर्चित गित गाएका थिए ।

अरुणको जीवनको अबसान दु:खद भएपनि उनी आफ्ना कालजयी सदाबहार गीतहरुमा सदा अमर रहनेछन्।

पुरस्कृत व्यक्तित्व खड्ग गर्बुजाको बारेमा

नेपाली लोकदोहोरी संगीत क्षेत्रमा चिर परिचित गायक खड्ग गर्बुजामगरको जन्म विसं २०२६ साल माघ २५ गते म्याग्दी जिल्ला मराङ गाविस- ६ मा भएको हो । सानैदेखि गाउमा रोधी बस्ने चलनले गर्दा लोक संगितमा मोह राख्ने उहाँले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै विद्यालय श्री जनविकास निमाविबाट पुरा गरेका गर्वुजामगरले रत्न राज्य क्याम्पसमा स्नातकसम्म अध्ययन गर्नुभएको छ ।


Singer Khadga garbuja singing at the Arun Memorial in Kathmandu. Photos: Devika

ब्रिटिश जागिरमा छनौट भएर घरमा फर्केपछि घाँस काट्न जाँदा भिरबाट लडेर अपाङ्ग बन्नु भएका उहाँले यस अवस्थासम्म आईपुग्दा धेरै संघर्ष र उतार चढावको सामना गर्नु पर्यो । उहाँले नेपालको लोक संगीतलाई आफ्नो कार्यक्षेत्रको रुपमा विकास गर्दै लैजानु भयो र २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा पास हुनुभयो । गर्वुजामगरको पहिलो सांगीतिक कोशेली स्वरुप वियोगान्त एकल गितहरुको संगालो 'दुःखको भूमरी' प्रकाशित भयो । 'त्यो रानी वनको तिर्तिरे धारो, पानी खायो बाघैले, गितैमा गाउन स्वरैमा छैन घुमाइदेउ राघैले' लोकप्रिय जस्ता गीत गाई सक्नुभएका गर्बुजा मगरले नेपाली संगीत क्षेत्रमा 'खोली बगर', 'पछ्योरीको छेउ', 'बुट्टे चोलीमा', 'शिरमा जमरा', 'धवलागिरीमा', 'कान्तीपुर', 'सिसा झ्यालैमा', 'सम्झना मनैमा', 'सुनको जन्तर', 'वेली चमेली', 'हावा चलेको', 'निलो गगन', 'मेरो गाउ', 'सुगन्ध' र 'मेरो माया' गरी दुई दर्जन भन्दा बढि सागीतिक क्यासेट बजारमा ल्याईसकेका छन् ।

त्यसै गरी, उहाँले 'सगुन' नामको एउटा भिसिडी क्यासेट र 'संगालो' नामको अडियो सिडी पनि बजारमा ल्याउनु भएको छ । रेडियो नेपालको अधिराज्यव्यापी लोक गीत प्रतियोगीतामा २०४९ र २०५४ मा क्रमश दोश्रो र तेश्रो पुरस्कारबाट पुरस्कृत हुनुभएका उहाले दक्षिण बाहु चौथो, नेपाल जेसिजबाट रष्ट्रिय प्रतिभा पुरस्कार २०५७ र म्याग्दीको सुर्यानारायण पुरस्कार लगायत दर्जनौ पुरस्कार तथा सम्मानबाट सम्मानित भैसक्नु भएको छ । प्रयाग संगीत समिति इलाहावादबाट संगीतमा जुनियर डिप्लोमा गर्नुभएका उहाँले जापान, हङकङ, अष्टे्रलीया, कोरीया, बेलायत, बहराइन, थाईल्यान्ड र फिलिपिन्समा पटक-पटक भ्रमण गरी सक्नुभएको छ ।

-Devika GM in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama