Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
न्यू योर्कमा नेपालका ख्यातिप्राप्त साहित्यकार कृष्णप्रशाद पराजुलीको अभिनन्दन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 23 February 2010 05:02

"मेरो माया छ कति कति, भनौ भने नौ मुरी तील जति।"
Exclusive news & 18 photo feature: न्यू योर्क- नेपालका ख्यातिप्राप्त साहित्यकार कृष्णप्रशाद पराजुलीको अन्तरराश्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरद्वारा स्वागत अभिनन्दन गरिएकोछ।


L to R: Author Krishna Prasad Parajuli (2nd from left) with wife Niradevi Parajuli, Ambassador Gyanchandra Acharya and INLS NY Chapter Praseident Jyoti Poudel in reception event in New York on Februry 20, 2010. Photos: eEyeCam.com

उक्त अभिनन्दन समारोह आइतबार 'अधिकार' संस्थाको सभा कक्षमा सम्पन्न भएको हो। समारोह मङ्गल धुन र राष्ट्र गानबाट शुरु गरिएको थियो।

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले साहित्यकार पराजुलीलाई परम्परागत खादा पहिर्याएर स्वागत अभिनन्दन गर्नु भयो भने समाज कि अध्यक्ष ज्योति पौडेलले अभिनन्द पत्र पढेर सुनाउनुहुँदै राजदूत आचार्यसंग संयुक्त रुपमा उक्त अभिनन्दन पत्र साहित्यकार पराजुलीलाई सुम्पनु भएको थियो।

 


Ambassador Acharya and INLS NY Chapter Praseident Jyoti Poudel presenting appreciation letter to Author Krishna Prasad Parajuli in reception event in New York. Photos: eEyeCam.com


INLS NY Executive Member Sita Kharel welcoming author Parajuli. Photos: eEyeCam.com

समारोहमा साहित्यकार पराजुलीकि धर्मपत्नी निरादेबी पराजुलीलाई पनि स्वागत गरिएको थियो।

साहित्यकार पराजुली र उहाँकी धर्मपत्नी निरादेबीको समाजका उपाध्यक्ष पुनम काफ्ले र सदस्य सिता खरेलले पुष्प गुच्छाद्वारा स्वागत गर्नु भएको थियो।


INLS NY VP Poonam Kaphle welcoming Niradevi Parajuli.

समारोहमा डा. तारा निरौलाले साहित्यकार पराजुलीको साहित्यिक देनकोबारे प्रकाश पार्नु भएको थियो।

समारोहमा राजदूत आचार्यले सम्बोधन गर्दै नेपाललाई नेपाली भनेर चिनाउने साहित्य हो भन्नु हुँदै अमेरिकामा नेपाली साहित्यको बिकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।


Ambassador Gyanchandra Acharya speaking at the reception. Photos: eEyeCam.com

उता अभिनन्दित साहित्यकार पराजुलीले आफुलाई अमेरिकि नेपालीहरुले दिएको माया र सम्मानको लागि आभार ब्यक्त गर्दै नेपाली लोक गीतको टुक्का गाएरै आफ्नो मायाको हिसाब किताब र पोको फुकाउनु भयो।

"मेरो माया छ कति कति, भनौ भने नौ मुरी तील जति।"


Author Krishan P. Parajuli speaking at the reception. Photos: eEyeCam.com

त्यसको बदलामा उद्घोशक शैलेश श्रेष्ठले हँसिलो ठट्टा गर्दै साहित्यकार पराजुलिको नौ मुरी मायालाई अमेरिकि डलरमा साटेर चौगुना गरी मायाकै गुण फर्काउने रसिलो प्रसंग जोड्दा सभामा उपस्थित पाहुनाहरुबाट तालीको गडगडाहट र हाँसोको लर्को छुटेको थियो।

साहित्यकार पराजुलीले आफुले जीवनको अन्तिम घडीसम्म पनि साहित्यको श्रीजना गरिनै रहने प्रतिज्ञा गर्नु भयो। तर साहित्यको नाममा देखिएको निम्न स्तरको रचना प्रति दुखेसो पोख्दै भन्नु भयो-

"गीत सस्तो हुनु हुँदैन। 'ए आमा, हामीलाई त्यै केटी चाहिन्छ' भनेर हुँदैन। ए बा, रोएर स्वास्नी पाँइदैन भनेर त हाम्रो लोक संस्क्रितीले भन्छ। दुई जनाको मुटु ढुक्क ढुक्क भएर फुलेपछि अनि पो माया प्रिती गाँसिन्छ। ...माया प्रिती कै गीत गाउँनुछ भने पनि छाडा गीत गाइरहनु पर्दैन। शिस्ट, सालीन, संयमित गीत गाउन सकिन्छ।"

यसो भन्दै उहाँ आँफैले लेख्नु भएको एक चर्चित गीतको बान्की प्रस्तुत गर्नु भयो:

"तिमिलाई देखेर आँखा त्यहीं छोडि हिंडें म

बाटो सुनसान भईसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा

तिमिलाई देखेर पाइला त्यहीं छोडि हिंडें म
तिमिलाई देखेर आँखा त्यहीं छोडि हिंडें म

बोलाउँ, बोलाउन हुँदैनथ्यो
बोलु भने यो मनले दिदैनथ्यो
भुचालो चलाई, एक्लो रातमा

तिमिलाई देखेर मुटु त्यहीं छोडि हिंडें म
तिमिलाई देखेर आँखा त्यहीं छोडि हिंडें म"


उक्त गीत उहाँको वेब्साइट www.ramrorachana.com को यो लिङ्कमा गएर सुन्न सकिन्छ:

-तिमिलाई देखेर आँखा त्यहीं छोडि हिंडें म

उता समारोहमा पुनम काफ्ले, गीता खत्री, बिनोद रोका र अनन्त रिसालले आ-आफ्नो कबिता बाचन गर्नुभएको थियो।

समारोहमा कबि तथा हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.org) का होस्ट सहदेब पौडेलले उनले साहित्यकार पराजुलीसंग आफुले गरेको अन्तरंग कुराकानीको रेकर्डेड सिडी प्रदान गर्नु भएको थियो।

समारोहको संचालन कलाकार शैलेश श्रेष्ठ र समाजकि महासचिब परिता राजभन्डारीले गर्नु भएको थियो। सभाको समापन उपाध्यक्ष पुनम काफ्लेले गर्नुभएको थियो।

उक्त समारोहको युएस नेपाल अनलाइनले अपर्झट प्रतक्ष प्रसारण गरेको थियो। हेर्नुहोस्:



साहित्यकार पराजुली को हुन्?

साहित्यकार पराजुलीको जन्म ७६ बर्ष अघी जुलाई ८, १९३५ मा भमरकोट, काभ्रे, पूर्व एक नम्बरमा भएको हो। उहाँका माता-पिता स्व० पशुपतिप्रसाद, स्व० महादेवी हुन् भने आमा बिरामी परेर दूध नआएकाले गाउकै घले घर्तिनी आमाबाट स्याहार-सम्भार गरेको उनको वेब्साइट www.ramrorachana.com मा उल्लेख छ। ४ भाई र ४ बहिनी मद्द्ये साहित्यकार पराजुली माइलो छोरो हुन्।

हालको उहाँको बसोबास सानेपा, ललितपुरमा रहेकोछ।

उहाकी श्रीमती निरादेबी पराजुली हुन् जस्को बिहे उनी शिर्फ ९ बर्षको हुँदा भएको थियो भने श्रीमान बनेका (बनाइएका?) कृष्णप्रशाद पराजुलिको उमेर शिर्फ १२ बर्षको।

पराजुली दम्पतिको ३ छोरीहरु शारदा, शान्ता र साम्भबी छन् भने २ छोराहरु सास्वत र सौजन्य छन्। पराजुली दम्पतिको अमेरिका भ्रमण उनिहरुका वासिङ्गटन डिसीमा बसोबास गर्ने छोरो सास्वत पराजुली र बुहारी  बिजया पौडेलको निमन्त्रणामा गर्नु भएको हो।

साहित्यकार पराजुलीको साहित्य साधना

साहित्यकार पराजुलीका अहिलेसम्म ५ दर्जन बेशी पुस्तकहरु प्रकासित भईसकेका छन्, भने उनले सम्पादन गरेका कृतिहरुसहित आफ्नो उमेरभन्दा बढी झन्डै ८०, ८२ वटा भएको कुरा उहाँले समारोहमा बताउनु भयो।

उहाँको नेपाली भाषाबारे संभबत: सबैभन्दा चर्चित, लोकप्रिय पुस्तक हो- "राम्रो रचना: मिठो नेपाली" । यो पुस्तक अहिलेसम्म २५ औं संस्करण प्रकाशन भइसकेकोछ।

उसो त, महाकबि लक्ष्मीप्रशाद देबकोटाको 'मुनामदन' खन्ड काब्यपछि यो नै सबैभन्दा धेरै संस्करण छापिएको पुस्तक हो।

उहाँले सभामा यो कुराको जानकारी पनि गराउनु भयो कि उहाँका सम्पूर्ण कृतिहरुका संस्करणहरु प्रकासित हुन सफल भएका छन्। यो चाँही नेपाली लेखकहरुमा रेकर्ड नै हो भन्दा हुन्छ।

बहुआयामिक ब्यक्तित्वका धनी साहित्यकार पराजुलीले भाषा बारेमा मात्र होइन बल्की कबिता, गीत, कथा, संस्मरण, लोक कथा, एकाङ्की नाटक, बाल साहित्य, लेख-निबन्धमा पनि कलम चलाऊनु हुन्छ।

साहित्यकार पराजुलीले जीवन पर्यन्त लेखिरहने जुन बाचा गर्नु भएको छ, त्यो उहाका लागि निरन्तर लेखन साधनाको एउटा पाटो होला तर नेपालीहरुले भने उहाँबाट अब उहाँको जीवनको उत्तरार्धमा लेखिने माझिएका रचनाहरुमा पक्कै पनि लाभ लिने ठोकुवा गर्न सकिन्छ।

उहाँको सुस्वास्थ्य कायम रहोस् र साहित्यकार पराजुली चीरायू रहुन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com

Read related news:

-अमेरिकामा चर्चित पुस्तक 'राम्रो रचना मिठो नेपाली' का लेखक, साहित्यकार कृष्णप्रसाद पराजुलीको अभिनन्दन

INLS NY Chapter Praseident Jyoti Poudel. Photos: eEyeCam.com

Dr. Tara Niraula



Emcee and actor/activist Shailesh Shrestha. Photos: eEyeCam.com

Poet and former INLS NY Chapter President Gita Khatri.

Poet Binod Roka. Photos: eEyeCam.com



Poet Anant Risal.



Author Krishna Prasad Parajuli. Photos: eEyeCam.com



Poet & Himali Swarharu Online Radio host Sahadev Poudel presenting a cd containing interview with author Parajuli.

INLS NY VP Poonam Kaphle. Photos: eEyecam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama