NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनेसासको निर्वाचन सम्बन्धि कोलोराडोको एकतावद्ध आव्हान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 19 June 2010 15:54

कोलोराडो- "यसपटकको अनेसासको केन्द्रीय कार्यसमितिको निर्वाचनमा श्री गदालजीको अध्यक्षतामा विभिन्न देश तथा राज्यहरुबाट अनेसासको व्यानरमा बसेर काम गरिरहेका कुशल व्यक्तित्वहरु सहितको समूहले उमेदवारी दिएको अवस्थामा वहांहरुप्रति हाम्रो पूर्ण समर्थन र सहयोग रहेको छ ।"

 

आदरणीय नेपाली भाषा, साहित्य तथा संस्कृति प्रेमी साथीहरु,

हाल डायस्पोराको नेपाली समाजमा अनेसासको चुनावी चर्चाले ठाउं पाइरहेको छ । अनेसास कुनै पनि राजनैतिक धार्मिक वा अरु कुनै वादबाट प्रभावित नभै विशुद्ध नेपाली भाषा, साहित्यको उत्थान र विकासमा काम गर्ने गैर सरकारी संस्था हो । यही आदर्श र मान्यताको आधारमा कोलोराडोवासी हामी सबै नेपालीहरु पनि यस संस्थाप्रति विगत ८-१० बर्षदेखि प्रत्यक्षरुपले आवद्ध छौं ।

INLS Presidential candidate Gyanendra Gadal (Colorado, USA) Photos courtesy: Gadal's facebook profile

भाषा कुनै पनि राष्ट्र समाज र समुदायको पहिचान हो यसको संरक्षण गर्नु प्रत्येक व्यक्ति व्यक्तिको परम कर्तव्य हो भन्ने कुरा हामी सबैले बुभुनु पर्छ । र कोलोराडोमा सन् २००३ मा अनेसासको च्याप्टर स्थापना पछि यही कर्तव्य निर्वाह गर्नका लागि पनि हामीहरु भित्र उत्साह एवं जांगर प्रशस्त पलाएको छ जसका कारण कोलोराडोमा अनेसासले गरेको नेपाली भाषा साहित्य र संस्कृतिसम्बन्धी कुनै पनि कार्यक्रमहरु निर्विवाद एकतावद्धरुपमा अधिकतम सफलताका साथ सम्पन्न हुने गरेका छन् ।

यस अवधिमा कोलोराडोमा विभिन्न रचनात्मक कार्यक्रमहरु भएका छन् । नेपाली लेखकका धेरै कृतिहरु प्रकाशित भए सांगीतिक र साहित्यिक रचनाहरु प्रशस्त उजागर भए परम्परागत नेपाली संस्कृति जोगाउने कार्यक्रमहरु भए यस क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरुको सम्मान र अभिनन्दन आदि पनि गरियो । यी सबै कार्यहरु कोलोराडावासी नेपालीहरुको उत्साह र चाहानाबमोजिम अनेसास कोलोराडो च्याप्टरको अगुवाईमा नै भएका हुन् भने यस संस्थाको नेतृत्व ज्ञानेन्द्र गदालजीले गर्दै आउनु भएको छ । अतः कोलोराडोमा यस किसिमबाट अनेसासको उदेश्य अनुरुप कामहरु सफलतापूर्वक सम्पन्न गर्न गराउनमा गदालजीको नेतृत्व क्षमता नै महत्वपूर्ण रहेको छ ।

वर्तमान समयमा विभिन्न जाति धर्म समुदाय र राजनैतिक आस्थाको आधारमा विभाजित नेपाली समाजलाई अनेसास कोलोराडो शाखाले नेपाली मन र भावना अनुरुप कार्यक्रमहरु गरेर सबैलाई एकताको शुत्रमा बांध्न सकेको छ त्यसैले यो संस्था यहांका सबै नेपालीहरुको प्रीय र साझा समेत बनेको छ ।

तसर्थ हामीले विना कुनै आग्रह र स्वार्थका साथ हाम्रो अनुभवको आधारमा भन्नु पर्दा ज्ञानेन्द्र गदाल एक कुशल श्रष्टा त हुनुहुन्छ नै त्यसको अलावा वहांले नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याएको योगदान र वहांको नेतृत्व क्षमताको समेत हामी उच्च मुल्यांकन गर्दछौं ।

यसपटकको अनेसासको केन्द्रीय कार्यसमितिको निर्वाचनमा श्री गदालजीको अध्यक्षतामा विभिन्न देश तथा राज्यहरुबाट अनेसासको व्यानरमा बसेर काम गरिरहेका कुशल व्यक्तित्वहरु सहितको समूहले उमेदवारी दिएको अवस्थामा वहांहरुप्रति हाम्रो पूर्ण समर्थन र सहयोग रहेको छ । यो समूहको निर्माणमा देखिएको अर्को सुन्दर व्यवहारिक पक्ष भनेको सबै िलंग र जात-जातीको उचित समावेशीपन रहेको छ । यो नै आजको सच्चा नेपालीहरुको चाहनाबमोजिमको प्रयत्न मान्नु पर्छ ।

हामीलाई पूर्ण आशा एवं विश्वास छ श्री गदालजीको नेतृत्वले अनेसासको संस्थागत विस्तार र विकासमा अर्को नयां उचाई थप्नेछ । हामी अनेसास कोलोराडो च्याप्टर यहांका आजीवन सदस्य तथा ट्रष्टीहरुका तर्फबाट श्री गदालजी लगायत वहांका समूहका सबै उम्मेदवारहरुप्रति इमान्दारीपूर्वक सहयोग समर्थन र विजयको शुभकामना समेत रहेको छ । र हामी यस संस्थासंग आवद्ध रहनुभएका सबै मतदाताहरुलाई समेत यही आग्रह गर्दछौं । वहांहरुको विजयले अनेसासको गरिमा अझ उंचा हुनेछ यस कुराप्रति हामी सबै विश्वस्त पनि छौं । धन्यवाद ।

भवदीय
अनेसास कोलोराडो च्याप्टर परिवार ।

ट्रष्टी: प्रमिला शर्मा, अनेसासका आजीवन सदस्यहरुः सुशिल त्रिपाठी, सुदेश शर्मा, रत्न भण्डारी, नीलम श्रेष्ठ, साबु गदाल कार्की, आचार्य प्रभा, रमाकान्त अधिकारी, प्रमोद घिमिरे, पदम विश्वकर्मा, डा. विजयराज शर्मा, चन्द्रशेखर शर्मा, बुना दहाल, फणिन्द्र कार्कि, रवि कार्कि, निर्मल प्याकुरेल, कृष्णमुरारी ढुंगेल, रोहिणीकुमार शर्मा, निर्मला शर्मा, भुपेन्द्र महत, बासुदेव खनाल, सम्झना खनाल, नवराज श्रेष्ठ, तिलक पोखरेल, बासु खडका, सुदर्शन अधिकारी, तिलक सिक्तेल, रवि पोखरेल, शैलेश पोखरेल, नम्रता पोखरेल, दिनेश भटराई, दिनेश लामिछाने, राजु सिटौला, सुजिता गौतम, मनु ब्राजाकी ।

गदाल समूहकि महासचिव पदको उम्मेदवार गीता खत्रीको अपिल

प्रिय कोलोराडोबासी अनेसासका आजीवन सदस्यज्यृ्हरु,

श्री ज्ञानेन्द्र गदालप्रति तपाईहरुको एकताबद्ध सर्मथनलाई मेरो हार्दिक धन्यवाद ।
उहाँको अनेसासप्रतिको देन तपाईहरुलाई सबैभन्दा बढी जानकारी भएको हुनुपर्छ । हामीले बाहिरबाट हेर्दा पनि उहाँको अनेसास प्रतिको देन धेरै माथि भएको पाएका छौं । अनेसासलाई अझ माथि लैजान उहाँको अझै खाँचो देखिएको छ । उहाँको टिमले नै अनेसासलाई अझ एक तहमाथि लैजान सक्छ । किनभने उहाँको टिमका सबै सदस्यहरुले अनेसासको श्रीबृद्धिमा आआफ्नो क्षेत्रमा त्यतीकै योगदान गरि आउनु भएको छ । उहाँको नेतृत्वले नै अनेसासको हरेक निर्णय परिणाममृ्खी बनाउन सक्नेछ भन्ने मैले ठानेको छु । त्यसकारण तपाईहरुले सम्पृ्र्ण टिमलाई नै आपुनो बहुमृ्ल्य मत दिई बिजय गराउनु होला भनी सादर अनुरोध गर्दछु ।

उहाँको टिममा निम्न उम्मेदवारहरु भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछु ।

१ अध्यक्षः श्री ज्ञानेन्द्र गदाल कोलोराडो अमेरिका
२ वरिष्ठ उपाध्यक्षः श्री कृष्ण बजगाइर्ं ब्रसेल्स बेल्जियम
३ क्षेत्रीय उपाध्यक्ष उत्तर तथा ल्याटिन अमॆरिकाः निर्विरोध निर्वाचित
४ क्षेत्रीय उपाध्यक्ष एसियाः श्रीमति पुनम क्षेत्री निर्विरोध निर्वाचित
५ क्षेत्रीय उपाध्यक्ष युरोपः जया लक्ष्मी राई बेलायत
६ क्षेत्रीय उपाध्यक्ष ओसेनिया तथा अफ्रिका: श्रीमती रन्जना उदास
पि्रटोरिया दक्षिण अपि्रुका ।
७ महासचिवः श्रीमती गीता खत्री न्यूयोर्क अमेरिका
८ सचिवः निर्विरोध निर्वाचित
९ कोषाध्यक्षः श्री कृसु क्षेत्री निर्विरोध निर्वाचित

भवदीय

गीता खत्री
महासचिव पदको उम्मेदवार

गदाल समूहकि यूरोप क्षेत्रीय उपाध्यक्ष उम्मेदवार जया लक्ष्मी राईको अपिल

आदरणीय साहित्य प्रेमी महानुभावहरु अनेसासका ट्रष्टी तथा सदस्यहरु र मतदाताहरुमा मेरो अभिवादन !

मानिस स्वाभावले नै सदैव नयाँ नयाँ कुराको खोजी गर्दै जीवनलाई  जोखिममा पार्दै निरन्तर अगाडि बढिरहन्छ । देश परदेश जहाँ - जहाँ गयो आफूसंगै भाषा साहित्य र कला तथा संस्कृती साथमै लगेर गहनाको रुपमा गएको हुन्छ । मानव सभ्यतामा भाषा साहित्य र संकृती अति नै संवेदनशिल बस्तुहरु हून् र अति नै प्यारो हुन्छ । आज तिनै संवेदनशिल बस्तुहरुलाई लिएर डैसपोरामा  बस्तै जाँदा भोलिका हाम्रा संततीहरुले हामीले घरदेशबाट परदेश आउँदा साथमा ल्याएको संपत्ती नेपाली भाषासाहित्य र काला नबिर्सिउन भन्न खातिर घरदेश संग सदैव सुमधुर संवन्ध बढाउन अन्तराष्ट्रिय नेपाली साहित्य समाजको विधिवत जन्म भएको हो ।

निकट भविष्यमा हुन गैरहेको अन्तराष्ट्रिय नेपाली साहित्य सामाजको केन्द्रिय कमिटी को निर्वाचनमा म यूरोपको क्षेत्रीय उपाध्यक्षको पदको लागि उमेद्ववार छु । म वेलायतमा बसोबास गरिरहेकी छु । यहाँ लगभग दुई लाख नेपालीहरुको बसोबास रहेको  छ । ती दुईलाख नेपालीहरुको र सम्पूर्ण यूरोपबासी नेपालीहरु र नेपाली भाषासाहित्य प्रेमीहरुको प्रतिनिधीको रुपमा आफूलाई उभ्याएकी छु ।
वेलायतमा एउटा मात्र अनेसास च्याप्टर खुलेको छ । यसलाई अरु पनि  शाखाहरुमा विस्तार गरेर प्रभावकारी बनाउने लक्ष छ । यूरोपका अन्य च्याप्टरहरु, अनेसास केन्द्र र वेलायतका अन्य संघसंस्थाहरु बिच निरन्तर सुमधुर संबन्ध राखि नेपाली भाषा साहित्यको उन्नती र जगेर्ना के कसरी गर्न सकिछ  त्यसबारेमा छलफल र साहित्यिक सम्मेलन गर्ने, अन्तराष्ट्रिय नेपाली साहित्य संमेलन बेलायतमा वा यूरोपको कुनै पनि शहरमा आयोजना गर्नको लागि पहल गर्ने , यिनै माथिका विषयहरुलाई हामी सशक्तरुपमा अगाडि बढाउने प्रण गर्दछौं ।
नेपाली भाषा, साहित्य, कला र संस्कृती प्रेमी आदरणीय सम्पूर्ण समुदायले हाम्रो समुहलाई अवश्य नै अमुल्य मत दिई विजयी गराउनु हुने छ भन्ने दृढ विश्वास छ ।

जय अनेसास !
भवदिय

जया लक्ष्मी राई  
यूरोप क्षेत्रीय  उपाध्यक्ष उमेद्दवार
हालमा - अनेसास यूके  च्याप्टर सदस्य

हाम्रो समुहका निम्न उम्मेद्वारहरु रहेको जानकारी गराउन चाहान्छु:

अध्यक्ष - ज्ञानेन्द्र गदाल -  कोलोराडो अमेरीका  
वरिष्ठ उपाध्यक्ष - कृष्ण बजगाईं ब्रसेल्स वेल्जियम
क्षेत्रीय उपाध्यक्ष - उत्तर तथा ल्याटिन अमेरीका  निर्विरोध निर्वाचित  
क्षेत्रीय उपाध्यक्ष - पुनम क्षेत्री एशिया  निर्विरोध निर्वाचित
क्षेत्रीय उपाध्यक्ष यूरोप - जया लक्ष्मी राई    लण्डन वेलायत  
क्षेत्रीय उपाध्यक्ष ओसेनिया तथा तथा अफ्रिका - श्रीमती रन्जना  उदास,  प्रिटोरिया,  दक्षिण अफ्रिका
महासचिव - श्रीमती गीता खत्री  न्यूयोर्क  अमेरीका
सचिव - निर्विरोध निर्वाचित
कोषाध्यक्ष- कृसु क्षेत्री  निर्विरोध निर्वाचित

गदाल समूहका वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवार कृष्ण बजगाईंको अपिल

आदरणीय अनेसासका प्रबुद्ध सदस्य तथा मतदाताज्यूहरु,
अग्रज तथा विद्धान महानुभावहरु,

डायोस्पोरिक जीवन बाँचिरहेका हामी नेपालीहरु ब्यस्तताको वावजुद पनि नेपाली भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनका लागि सक्रिय छौं । यो कार्य गर्नका लागि हामीले सर्वप्रीय संस्थाको रुपमा अनेसासलाई रोजेका छौं । र, अहिले हामी अनेसास केन्द्रीय कार्यसमिति (२०१०–२०१२) को निर्वाचनको पूर्व सन्ध्यामा छौं । प्रजातान्त्रिक अभ्यासद्धारा यसपटकको नयाँ कार्यसमितिको चयन गर्न गैरहेका छौं । यस्तो वेलामा सहि, योग्य, इमान्दार र अनेसासको मूल मर्मलाई आत्मसात गर्न सक्ने प्रतिवद्ध उम्मेदवारलाई जिताउनु पर्ने जिम्मेवारी पनि तपाईंहरुलाई आएको छ ।

ब्यक्तिको कार्य क्षमता, नेतृत्व गर्न सक्ने गुण, संस्थामा उसको संलग्नता र विगतमा उसले गरेको कार्यहरुका आधारमा को बढी दक्ष र योग्य छन्, संस्थामा भए हुने गरेका कार्यहरुमा विवाद पन्छाएर समाधान निकालेर हिँड्न सक्ने गुण कोसँग छ आदि कुराहरुका बारेमा विद्धान विज्ञ मतदाताज्यूहरुमा भनि रहनु पर्दैन ।
नेपाली भाषा साहित्य सबै जातजाति, लिंग, क्षेत्र र अन्य मातृभाषिको पनि हो भन्ने अनुभूति होस भनेर हामीले समावेशी समूहको निर्माण गरेका हौं । प्रतिभावान साहित्यकार, अनुभवी संगठक, कुशल नेतृत्वकार र साहित्यिक जगत र नेपाली समुदायमा ठूलो योगदान पुर्याएका परिचित साहित्यिक ब्यक्तित्वहरु हाम्रो समूहमा हुनुहुन्छ ।

अनेसासको आदर्शलाई सदा जिवन्त तुल्याई नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा निस्वार्थ सेवा गर्ने हाम्रो अठोट, जाँगर र उत्साहलाई यहाँहरुले हौसला, माया र सद्भाव प्रदान गर्नु हुनेछ भन्नें विस्वास लिएका छौं । तपाईंहरुको अमुल्य मतको हामी सदैव कदर गर्नेछौं । हाम्रो समूहका सबै पदाधिकारी मित्रहरुलाई आआफ्नो मत प्रदान गरेर विजयी बनाई दिनु हुन सादर अनुरोध गर्दछु ।

भवदीय,
कृष्ण बजगाईं
अनेसास, वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवार

हालः
महासचिवः अनेसास केन्द्रीय कार्यसमिति
अध्यक्षः अनेसास बेल्जियम च्याप्टर
सम्पादकः समकालीन साहित्य डट कम (www.samakalinsahitya.com)
ब्रसेल्स, बेल्जियम

हाम्रो समूहबाट उम्मेदवारी दिने महानुभावहरु:
१) अध्यक्षः श्री ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका,
२) वरिष्ठ उपाध्यक्षः श्री कृष्ण बजगाईं ब्रसेल्स, बेल्जियम,
३) क्षेत्रीय उपाध्यक्ष, उत्तर तथा ल्याटिन अमेरिकाः निर्विरोध निर्वाचित
४) क्षेत्रीय उपाध्यक्ष, एसियाः श्रीमती पुनम क्षेत्री, निर्विरोध निर्वाचित,
५) क्षेत्रीय उपाध्यक्ष, युरोपः जया लक्ष्मी राई, बेलायत
६) क्षेत्रीय उपाध्यक्ष, ओसेनिया तथा अफ्रिका: श्रीमती रन्जना उदास, प्रिटोरिया, दक्षिण अफ्रिका ।
७) महासचिवः श्रीमती गीता खत्री, न्यूयोर्क, अमेरिका,
८) सचिवः  निर्विरोध निर्वाचित

 

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?