NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महाकवि देवकोटा शताब्दी महोत्सवको अन्तिम तयारी पुरा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 14 March 2010 04:22

प्रधानमन्त्री र प्रधान न्यायाधीशद्वारा स्रस्टाहरुको सम्मान गरिने
काठमाडौं- नेपालका महाकबी लक्ष्मीप्रशाद देबकोटा सतबार्शिकी मनाउन गठित 'महाकवि देवकोटा शताब्दी महोत्सव समिती' को आयोजनामा आगामी चैत ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा डाकिएको अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य सम्मेलनको अन्तिम तयारी पुरा भएको छ ।

सो सम्मेलनको प्रधानमन्त्री माधवकुमार नेपालले आगामी चैत ६ गते उद्घाटन गर्नु हुनेछ भने चैत ९ गते प्रधानन्यायाधीश अनूपराज शर्माबाट सम्मेलनको समापन हुनेछ ।

पहिलो चोटि हुन लागेको उक्त सम्मेलनमा नेपाली भाषाका ज्ञाता मानिने पचास जना विदेशी स्रष्टाहरुकोसमेत सहभागिता हुनेछ ।

महोत्सव समितीले 'महाकवि देवकोटा शताब्दी सम्मान' बाट सम्मानित सम्पूर्ण स्रष्टालाई 'अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य सम्मेलन' को सदस्यमा मनोनयन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य सम्मेलनमा नेपाल, भारत, चीन, हङ्कङ, म्यानमार, यूएई, जापान, रुस, बेलायत, जर्मनी, बेल्जियम र अमेरिकाका राष्ट्रहरुका नेपाली लेखकहरुले लेखेका कार्यपत्र प्रस्तुत गरिने छन् । सबै राष्ट्रबाट आ-आफ्नो मुलुकमा 'नेपाली भाषाः हिजो, आज र भोलि' एकै शिर्षकमा लेखिएका कार्यपत्रहरु महोत्सवमा आइसकेका छन् ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री र प्रधानन्यायधीशबाट विभिन्न राष्ट्रका थप पचासी महानुभावहरुलाई महाकवि देवकोटा शताब्दी सम्मान कदरपत्र र पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । यसै अवसरमा शताब्दी महोत्सवबाट प्रकाशित बाह्रवटा किताब र तीनवटा सीडीहरु पनि सार्वजनिक गरिने छन् ।

महाकवि देवकोटा शताब्दी महोत्सव समितीले गत बर्ष सत्यमोहन जोशीको संयोजकत्वमा 'अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य सम्मेलन' को गठन गरेको थियो ।

साथै महोत्सवले उषा शेरचनको संयोजकत्वमा अन्तर्राष्ट्रिय नेपाली भाषा, साहित्य सम्मेलनको स्वागत तथा सत्कार समिति पनि गठन गरेको छ ।

नरेन्द्रराज प्रसाई
सदस्य सचिव
महाकवि देवकोटा शताब्दी महोत्सव समिती

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?