NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कृष्ण बजगाईंको "स्रष्टा र डिजिटल वार्ता" पुस्तक डिजिटल्ली बिमोचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by INLS USA   
Wednesday, 10 February 2010 21:24

काठमाण्डौं- "स्रष्टा र डिजिटल वार्ता" नामक पुस्तकको आज सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो ।


वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य,  साइबर साहित्य तथा  समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो ।

बिमोचित पुस्तकको बारेमा आफ्नो मन्तब्य राख्दै डा. भट्टराईले भन्नु भयो- हाम्रा कर्महरु प्रविधिमा परावलम्बी हुन थालेका छन्। सिर्जना पनि आफैँ पूर्ण हुन छाड्यो, यसले दिने सन्देश प्रवाहित गर्न पनि प्रविधि चाहियो। त्यस्तो प्रविधिसँग मिलेर गरिएको सहकार्यले "स्रष्टा र डिजिटल वार्ता" तयार भएको छ। यसले डायास्पोरा, अनुवाद, साइबर जगत् र अनेक मार्जिनल चेतनाका विषयमा चिन्तन र अभ्यास नगरी नेपाली साहित्य अघि बढ्दैन भन्ने निष्कर्ष निकालेको छ।



उहाँले अगाडि भन्नु भयो- 'यो नेपाली साहित्यमा सर्वथा नौलो र परिवर्तन सङकेतक ज्ञानमाला हो। विश्वभरिका नेपालीलाई जोड्ने यो पुस्तक नेपाली वाङ्मयको कोसेढुङ्गा हो। यसबाट हाम्रो अतीत र वर्तमान छुट्टिन्छ।'

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित उक्त पुस्तकका सम्पादक बेल्जियम निवासी कृष्ण बजगाईं हुन् । यस अघि उनको 'यन्त्रवत्' लघुकथा संग्रह, 'हिउँको तन्ना' हाइकु संग्रह र 'रोडम्याप' लघुकथा संग्रह प्रकाशित भैसकेको छ भने 'ग्रेटवालदेखि इफेल टावरसम्म' उहाँको प्रकाशोन्मुख नियात्रा संग्रह हो ।

-INLS USA

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?