NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल ललित कला प्रतिष्ठान गठनको बिबाद चुलियो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 16 April 2010 15:34

काठमाण्डौं- यसै हप्ता सरकारले गठन गरेको नेपाल ललित कला प्रतिष्ठानको प्राज्ञ सभा सुरुदेखि नै विवादमा परेको छ ।

सरकारले बुधबार कला प्रतिष्ठानको प्राज्ञ सभा घोषणा गरेको थियो । प्राज्ञ सभा समानुपातिक प्रतिनिधित्वपूर्ण हुन नसकेको भन्दै असन्तुष्टि जनाएकी प्रतिष्ठानको प्राज्ञ सभाकी सदस्य रागिनी उपाध्यायले शुक्रबार कला प्रतिष्ठानबाट राजिनामा दिएकी छन् ।

नेपालको कला र संस्कृतिको क्षेत्रलाई राजनीति गर्ने अखडा बनाएको आरोप लगाएकी रागिनीले महिला कला प्रतिष्ठानको प्राज्ञ सभा गठनको क्रममा महिला कलाकारहरुको अपमान गरेको बताउँदै महिलालाई राजनीतिक आशिर्वादमा बदनाम गराउने कार्य दावी गरेकी छन् ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य तथा ललितकला विभाग प्रमुख नगेनसिँह ठकुरीले नेपालको अन्तरिम संविधान- २०६३ तथा ललितकला प्रज्ञा प्रतिष्ठानको विधानको व्यवस्था एवम मान्यता समेतको प्रतिकूल हुनेगरी म्याद समाप्त भैसकेको सिफारिस समितिको सिफारिसको आधारमा गठन गरिएको प्रतिष्ठान एवम् सिफारिस समितिको नियुक्ति प्रकृयाप्रति गम्भीर असहमति प्रकट गर्दै प्रतिष्ठानको पुनरगठनको माग गरेका थिए ।

अर्का वक्ता तथा सम्बिधान सभा सदस्य पुष्पा भुषालले राज्यका हरेक निकायमा कानून बमोजिम महिलाहरुको समानुपातिक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरिन् । प्राज्ञ सभाको घोषणा भएलगत्तै सभामा महिलाहरुको प्रतिनिधित्व न्यून भएको भन्दै कलाकार रागिनीले असन्तुष्टि जनाउँदै राजिनामा दिने बताएकी थिइन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?