NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्व नेपाली साहित्य महासंघको इबैठकमा धमाधम रचना बाचन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Global Fedration for Nepali Literature (GFNL)   
Tuesday, 01 March 2011 02:20

Exclusive: ब्रुनाई- विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको गत २८ फेब्रुवरीमा डाकिएको दोस्रो इबैठकमा उपस्थित महासंघका पदाधिकारी र सदस्य स्रष्टाहरु मध्ये १४ जनाले आ-आफ्ना सिर्जनाहरु बाचन गरेकाछन्।


वेलायतबाट सल्लाहकार मुरारीराज शर्मा, दुबईबाट समदर्शि काँइला, साउदी अरेवियाबाट सागर श्रेष्ठ, मलेसियाबाट जितमान राई 'सविन', जापानबाट तिलक मल्ल, हङकङबाट टंक सम्बाहाम्फे, अमेरिकाबाट भोला शिवाकोटि, शिवप्रकास, नम्रता गुरागाई, सेसेल्सबाट गणेश खड्का, इराकबाट रामकृष्ण सुनुवार, रसियाबाट गोविन्दप्रसाद गौतम, इजरायलबाट उमा सुवेदी, ब्रुनाईबाट सुरेन्द्र इगनाम र विश्वास दीप तिगेलालगायत अतिथिकोरुपमा विश्वविमोहन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

महासंघका उपाध्यक्ष टंक सम्बाहाम्फेलाई सभापतिमा आसनग्रहण गराएपछि शुरुभएको कार्यक्रमको पहिलो चरण आआफ्नो सिर्जनाहरु बाचनबाट आरम्भ भएको थियो । उपस्थित स्रष्टाहरु मध्ये १४ जनाले आ-आफ्ना सिर्जनाहरु बाचन गरेका थिए ।

महासंघले स्थापना गर्न लागेको पुरस्कार तथा सम्मानको सम्बन्धमा संयोजक तिलक मल्लले आफ्नो कुराहरु राख्नु भएको थियो त्यस्तै गरि 'नेपाल सम्बन्धि सुचना सुधार कार्यदल' का संयोजक मुरारीराज शर्माले सबैबाट सहयोगको आस राख्नु भएको थियो । महासंघबाट प्रकाशन हुन लागेको कृतिका कृतिकार रामकृष्ण सुनुवारले पनि आफ्नो विचार राख्नु भएको थियो ।

अघिल्लो बैठकमा निर्णय भए बमोजिम संरक्षक तथा आजीवन सदस्य बन्नु हुने सबैलाई बधाई ज्ञापन गरिएको थियो साथै केही समय अघि साहित्य महासंघ केन्द्रिय समितिको आर्थिक तथा नैतिक समर्थनमा स्पर्श साहित्यिक मंच सिम्पानी, खोटागले कविता प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त कार्यक्रमकोलागि सहयोग गर्नुहुने केन्द्रिय सचिव इन्द्र नारथुङेप्रति धन्यवाद प्रस्ताव पारित गर्यो । महासंघको आर्थिक स्थितीबारे महासचिव विश्वास दीप तिगेला र आर्थिक सचिव सुरेन्द्र इङनामले दर्शाउनु भएको थियो । विभिन्न मुलुकहरुमा महासंघको शाखा विस्तारको क्रम चलिरहेकोबारे पनि बैठकमा जानकारी गराइएको थियो ।

अध्यक्षको प्रत्यक्ष उपस्थिती हुन नसकेको कारण यसपटकको बैठकले महत्वपूर्ण निर्णयहरु गरेन । अध्यक्ष डा. मधु माधुर्यले भने युक्रेनबाट अनलाइन चाट मार्फत उपस्थिती जनाउनु भएको थियो तर बोल्ने सुविधा नभएको कारण छलफलमा भाग लिनु भएन । अर्को बैठक आउदो २८ मार्चमा बस्ने र प्रत्येक महिना सिर्जना इबाचनको कार्यक्रम राख्नेसमेत निर्यण गर्यो । बैठकमा स्काइपी, फेसबुक, जिटक र याहूमार्फत उपस्थिती रहेको थियो भने यसपटक स्काइपी मार्फत अत्यन्तै राम्रो भएको सहभागिले बताएका छन् ।

कार्यक्रमको अन्तमा सभापति टंक सम्बाहाम्फेले हङकङबाट सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए ।

-विश्व नेपाली साहित्य महासंघ
Global Fedration for Nepali Literature (GFNL)

Website: www.gfnl.org


विश्व नेपाली साहित्य महासंघ

केन्द्रिय समिति, केन्द्रिय पार्षद र सल्लाहकार


विश्व नेपाली साहित्य महासंघ छोटकरीमा "विनेसाम" र अंग्रेजीमा Global Federation for Nepali Literature र छोटकरीमा "GFNL" राख्ने निर्णय भयो र यस महासंघलाई नेतृत्व दिन केन्द्रिय समिति, केन्द्रिय पार्षद र सल्लाहकार निम्नअनुसार निर्माण गरिएको छ ।

१. संस्थापकः भानु जयन्ति २०६७
२. अध्यक्षः डा. मधु माधुर्य, रसिया
३. वरिष्ठ उपाध्यक्षः गोविन्द गिरी प्रेरणा, अमेरिका
४. उपाध्यक्षः रमेश पौडेल, काठमाडौं
५. उपाध्यक्षः टंक सम्बाहाम्फे, हङकङ
६. उपाध्यक्षः वीरभद्र ढोली कार्की, सिक्किम भारत
७ उपाध्यक्षः सुरेसजंग शाह, वेलायत
८. उपाध्यक्षः तिलक मल्ल, जापान
९. महा-सचिव: विश्वास दीप तिगेला, ब्रुनाई/वेलायत
१०. सचिवः इन्द्र नारथुङे, मलेशिया
११. उप-सचिवः समदर्शि काँइला, युएई
१२. साहित्य संचार संयोजकः प्रदिप थापा मगर, अमेरिका
१३. संगठन सचिवः भोला शिवाकोटी पुरानोघरे, भुटान/अमेरिका
१४. आर्थिक सचिवः सुरेन्द्र इङनाम, वेलायत/ब्रुनाई
१५. आर्थिक सह-सचिवः शर्मिला खड्का, काठमाडौं

सदस्यहरुः

 


१६. शिब प्रकाश, बोष्टन अमेरिका
१७. हरी शिवाकोटी, क्यानडा
१८. जीवन देवान गाउँले, मलेशिया
१९. गणेश खड्का प्रतिक्षा, सेसेल्स
२०. उमा सुवेदी, इजरायल
२१. सन्तोष न्यौपाने, बेल्जियम
२२. देवेन्द्र सुर्केली, काठमाडौं
२३. साबित्रा काफ्ले, अष्ट्रेलिया
२४. केदार सुनुवार संकेत, अफगानिस्तान
२५. भिम के. सी. कमल, पोर्चुगल
२६. वसन्तमोहन अधिकारी, युएइ
२७. जितमान राई सविन, पेनाङ मलेशिया
२८. गोवद्र्धन पुजा, अमेरिका
२९. तिर्थसंगम राई, कतार
३०. गोविन्द देवकोटा, मस्को रसिया

केन्द्रिय पार्षद


१. श्याम रिमाल, नेपाल
२. वेदनिधि दाहाल, अमेरिका
३. नीला अधिकारी, वेलायत
४. ऋषीप्रसाद लामिछाने, चितवन नेपाल
५. गणेश ठाडा, चीन
६. केजिन राई, बेल्जियम
७. दिनेश बस्नेत, नेपाल
८. पुरु जोशि, द. कोरिया
९. नम्रता गुरागाई, अमेरिका
१०. हस्त गौतम, मृदुल टेक्सास अमेरिका
११. ध्रुव थापा, अमेरिका
१२. बिनो लामा, मलेशिया
१३. मोहन परदेशी, भारत
१४. जयन्द्र घिसिङ, बहराइन
१५. चन्द्र घर्तिमगर, चीन
१६. गोविन्दप्रसाद गौतम, मस्को रसिया
१७. दीपदर्शन शाही, मलेशिया
१८. मनु ठाडा मगर, वेलायत
१९. गोविन्द गुरुङ, ब्रुनाई
२०. प्रकाश राई, ब्रुनाई
२१. शम्भुप्रसाद रिजाल, मस्को रसिया
२२. अमृत परियार, पोर्चुगल
२३. सुरेन्द्र लिम्बू, लेवनान
२४. भानु सुनुवार, कतार
२५. नगेन्द्र इङनाम, न्यूयोर्क अमेरिका
२६. भक्त घिमिरे, भुटान/न्यूयोर्क
२७. खगेन्द्र पंधाक ”चुम”, थाइल्याण्ड
२८. सागर श्रेष्ठ, साउदी अरेबिया

सल्लाहकारहरु


१. प्राज्ञ वैरागी काइला, कुलपति- नेपाल प्रज्ञा प्रतिष्ठान
२. अध्यक्ष – गैर आवासिय नेपाली संघ के. समिति
३. डा. गोविन्दराज भट्टराई
४. मुरारीराज शर्मा
५. कृष्णप्रकाश श्रेष्ठ
६. होमनाथ सुवेदी
७. विक्रम सुब्बा
८. डा. कविताराम श्रेष्ठ
९. ज्ञानेन्द्र गदाल

महांसघमा सम्बद्ध संस्थाहरु


१. उदाउदो तारा सहित्य समाज, पेनाङ मलेशिया
२. अनलाइन नेपाली साहित्य मंच, ब्रुनाई/वेलायत
३. नेपाली साहित्य प्रतिष्ठान, हङकङ
४. सर्वदा वाङमय साहित्य प्रतिष्ठान, युएई
५. प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाई

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?