NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हंगकंगमा भयबाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Limbu Wan   
Sunday, 21 February 2010 01:06

हंगकंग- कंगन रेष्टुरेन्टमा भयबाद अध्ययन केन्द्र हंगकंगको आयोजनामा भयबाद समन्धी एक बिमर्श कार्यक्रम सम्पन्न भएकोछ ।

नेपालबाट आउनु भएका प्राज्ञ प्रा. डा. गोविन्दराज भट्टरार्इ प्रमुख अतिथि तथा बक्ता रहनु भएको सो कार्यक्रमको सभापतित्व भयबाद अध्ययन केन्द्र नेपालका अध्यक्ष प्रा. डा. टंक प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन स्वयं भयबादी बिचारक देश सुब्बाले गर्नु भएको थियो ।

'भयबाद : एक बिमर्श' नाम दिइएको सो कार्यक्रममा देश सुब्बाले स्वागत सहितको मन्तब्यमा भयबादको पृष्ठभुमीको चर्चा गर्दै यसमा आधारीत उपन्यास आदिबासी आइसकेको तथा यसलाई नाटकीकरण गरिने तयारी भएको भन्दै प्रविण कुमार रार्इबाट भयबादी नाटक हेत्छाकुप्पा लेखिसकिएको कुरा बताउनु भयो । आफूले यसको प्रयोग र ब्याख्यालाई अझ फराकिलो पार्न निरन्तर प्रयास जारि राखेको भन्दै यसको प्रभावलाई मनोबिज्ञान र चिकित्सा बिज्ञानमा पनि खोजिएको बताउनु भयो ।

प्रमुख अतिथि डा. भट्टरार्इले मन्तब्यको क्रममा नेपाली साहित्यमा उदाएका बिभिन्न बाद, आन्दोलन र बिचारहरुको चर्चा गर्दै भयबाद कान्छो भएर पनि महत्वपूर्ण रहेको ब्याख्या गर्नु भयो । बिभिन्न समयमा उदाएका बादहरुमा पाच ओटा पुर्बबाट उदाएको र यसका सर्जकहरु सबै आदिवासी जनजाति भएको कुरा बताउनु भयो । मोती मण्डली र झर्रोबाद भारतीय भुमीमा जन्मीएको, त्यसपछि भयबाद मुलुक बाहिरबाट आएकोले यो नेपाली साहित्यमा ऐतिहासिक महत्वको भएको चर्चा गर्नु भयो । यसका लागि देश सुब्बालाई बधाइ दिदै हंगकंगका बौद्धिक बर्गहरुले वहालाई सहयोग एबं प्रोत्साहन गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै भयबादी अध्ययन केन्द्र नेपालका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष डा. टंकप्रसाद न्यौपानेले आफ्नो मन्तब्यमा भयबाद दर्शन भएकोले अन्य बाद तथा आन्दोलनसित यसलाई तुलना गर्न नमिल्ने कुरा बताउनु भयो । भयबाद बिश्व चेतना भएको भन्दै भयबादले भयको निरुपण पनि दिने प्रयास गरेको तर त्यो पुर्ण स्पष्ट नभएकोले यसमा थप ब्याख्याको आबश्यकता भएको कुरा औंल्याउनु भयो । वहाले आफु भयबादको प्रबक्ता नभएको भन्दै भयबादी अध्ययन केन्द्रको अध्यक्षको हैसियतमा यो केन्द्रलाई सकेको सहयोग मात्र गर्ने कुरा बताउनु भयो ।

करिब पन्ध्र जना श्रष्टा तथा पत्रकारहरुको उपस्थिति रहेकेा सो कार्यक्रमको अर्को चरणमा अनौपचारिक छलफल पनि भएको थियो । प्रदिप कन्दङ्गवा, रार्इ चन्द्रदुमी, कमल पौडेल र दिनेश सुब्बाले उठाउनु भएको प्रश्नको उत्तर डा.द्धय तथा भयबादी चिन्तक देश सुब्बाले दिनुभएको थियो ।

-Limbu Wan in Hong Kong

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?