NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साहित्य महासङ्घको इ-शुभकामना कार्यक्रम सम्पन्न; १३ देशका २४ स्रष्टाद्वारा आ-आफ्नो रचना बाचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Global Fedration for Nepali Literature (GFNL)   
Friday, 15 April 2011 16:09

ब्रुनाई- नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामनासहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाई सभापतिमा आसन ग्रहण गराए । यसपटक खुल्ला कार्यक्रम भएकोले नयाँ नयाँ अनुहारहरुको पनि धेरै उपस्थिती थियो । ती मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय सचिव हरी मानन्धर (इजरायल) लाई अतिथिको रुपमा आसन ग्रहण गराएपछि सबैले पालैपालो आफ्नो नाम र ठाँउ बताउदै छोटो परिचय एकआपसमा गरे ।

प्रविधिले संसारलाई साच्चै नै सानो बनाएको छ । महासङ्घको वेवसाइट, फेसबुक, स्काइपी, याहू, गुगलमा राखिएको सूचना हेरेर सहभागिताकोलागि आउनेहरुको घुइचो लाग्यो । कार्यक्रम औपचारिक रुपमा शुरु भएकोले कुनै सु-सम्पन्न सभा हलमा कार्यक्रम भएझै भान हुन्थ्यो । नयाँ बर्षको शुभकामना स्वरुप रङ्ग कवी शमदर्शि काँइला (युएइ) ले आफ्नो कविता बाचन गरेर सिर्जना बाचन कार्यक्रमको ढोका खोले ।

आ-आफ्ना सिर्जना बाचन गर्नेहरु क्रमशः तिर्थसंगम राई, चर्चित ढुङ्गेल, भक्त लिम्बु (कतार), बलदेव भट्ट (युएइ), नम्रता गुरागाई (अमेरिका), सुनिल संगम, संजय लामा (पोर्चुगल), शुलभ भारती (सिड्नी अष्ट्रेलिया), लक्ष्मीप्रसाद बास्तोला (भारत मनिपुर-काठमाडौ), रामकृष्ण सुनुवार (इराक), खगेन्द्र अधिकारी, सागर श्रेष्ठ (साउदी अरेविया), दीप दर्शन शाही (पेनाङ मलेशिया), माया शर्मा (इजरायल), निराजन बम (कैलाली नेपाल), भोला शिवाकोटि (भुटान-अमेरिका), सुरेन्द्र इङनाम (ब्रुनाई), केदार सुनुवार (अफगानिस्तान), राजु रिमाल (गंगबु काठमाडौ) र गोपि प्रसाई (वेलायत) गरि जम्मा १३ वटा देशबाट २४ जना स्रष्टा स्वयंले आ-आफ्ना सिर्जना बाचन गरेका थिए भने केही सिर्जनाहरु इमेल मार्फत बाचनकोलागि प्राप्त भएका थिए ।

कार्यक्रमको पछिल्लो चरणमा रसियाबाट महासङ्घ अध्यक्ष डा. मधु माधुर्यको सहभागिता रहेको थियो । खुल्ला सिर्जना बाचन कार्यक्रमको अवसरमा महासंघको आयोजनामा सम्पन्न हुन गईरहेको "विश्व ब्यापी अडियो कविता प्रतियोगिता" कोलागि सहभागि कविता इमेलमार्फत लिन शुरुगरिएको बारेमा जानकारी गराउदै उक्त कार्यक्रमलाई सफल बनाउनकोलागि सबैलाई आग्रह गरिएको थियो ।

अन्तमा, कार्यक्रमको सभापतित्व गरिरहनु भएका शर्माले सबैलाई धन्यवाद ज्ञापन तथा नयाँ बर्षको शुभकामना ब्यक्त गर्दै लण्डनबाटै कार्यक्रम बिषर्जन भएको घोषणा गर्नुभएको थियो ।

-विश्व नेपाली साहित्य महासङ्घ
केन्द्रिय समिति
Global Fedration for Nepali Literature (GFNL)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?