NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गीतकार गीता खत्रीको गीति संग्रह 'सम्झनाका तरेली' बजारमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by USNepalOnline desk   
Monday, 04 October 2010 03:01

न्यू योर्क- गीतकार तथा अन्तरराश्ट्रिय नेपाली साहित्य समाजकि नब निर्बाचित केन्द्रिय महासचिब गीता खत्रीको गिती संग्रह 'सम्झनाका तरेली' हालसालै काठमाडौंमा लोकार्पण गरिएको छ।

 


Gita Khatri receiving an honoured from सरस्वती सङ्गीत निकेतन in Kathmandu. Photos courtesy: Gita Khatri

नेपालबाहिर रहेर नेपाली कविता, गीत, गजल सिर्जना गर्दै नॆपाली कवितामा आफ्नो पहिचान खोज्ने स्रष्टा गीता खत्रीको गीत सङ्ग्रह 'सम्झनाको तरेली' को २०६७ भदौ ४ गते शुक्रबार अगष्ट २०, २०१० राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो ।

नारी साहित्य प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले उक्त कृति लोकार्पण गर्नुभएको थियो । सोही कार्यक्रममा कुलपति काइँलाले नारी साहित्य प्रतिष्ठान र सरस्वती सङ्गीत निकेतनका तर्फबाट सम्मान प्रदान गर्नुभएको थियो ।


Gita Khatri receiving an honoured from नारी साहित्य प्रतिष्ठान in Kathmandu. Photos courtesy: Gita Khatri

प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथि वैरागी काइँलाले छोटो र आकर्षक विधा गीतमा गीताले जीवनका विविध आयामको सरल र सङ्क्षिप्त प्रस्तुति दिएर सफलता हासिल गरेको बताउनु भयो ।

वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले गीताका गीतमा देश प्रेम, आकाङ्क्षा, विछोड, हर्ष, पीडा, दर्शन, प्रेम, विरह आदि विषय प्रसङ्गहरु उल्लेख भएको बताउनुभयो ।

वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराईले डायस्पोरिक साहित्यका माध्यमबाट आफ्नो मातृभूमिप्रति अगाध प्रेम र श्रद्धाभाव व्यक्त गरेको चर्चा गर्नुभयो ।

सो कार्यक्रममा नारी साहित्य प्रतिष्ठानका सल्लाहकार रामप्रसाद दाहाल, संरक्षक गीता केशरी, नाट्यकर्मी हरिबहादुर थापा, बाबा बस्नेत, सन्ध्या पहाडीलगायतका व्यक्तिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Gita Khatri reciting one of her poetry in Kathmandu. Photos courtesy: Gita Khatri

गीतकार गीता खत्रीले आफ्नो सिर्जना यात्राबारे बताउँदै एउटा रचना वाचन गर्नु भएको थियो ।

गीतकार खत्री अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महासचिवजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नारी साहित्य प्रतिष्ठान, अनेसास नेपाल च्याप्टर, शिवपुरी साहित्य समाज र नारी साहित्यकारहरुको संस्था गुन्जनले वधाइ ज्ञापन गरेको थियो ।

गीताकार खत्री न्यू योर्क निवासी हुन्। यस अघी उनको 'श्रीजनाका यात्रामा गीता' नामक कविता, गीत र गजल संग्रह सन् २००७ को जुलाईमा न्यू योर्क मै बिमोचन भई सकेको छ भने 'स्विक्रिती' गिती एल्बम पनि सोही साल रिलिज भई सकेको छ।

सम्झानको तरेली

रिमिझिम रिमिझिम
पानी पर्यो आज
सम्झानको तरेलीमा
तिमी मन माझ ।

गाजलुको कोस तिम्रो
कति राम्रो लाग्यो
मोहनीको देशमा पिन
पुगे जस्तो लाग्यो ।

कोरीबाटी चुल्ठी तिम्रो
पुतली झै लाग्यो
लहरा झै लहरीने
मायालु जस्तो लाग्यो ।

लुकी लुकी मलाई नै
हेरे जस्तो लाग्यो
मुटुभित्र लुकाउँ झै
मलाई पनि लाग्यो ।

रिमिझिम रिमिझिम
पानी पर्यो आज
सम्झानको तरेलीमा

तिमी मन माझ । -Gita Khatri

-USNepalOnline desk in New York

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?