NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तरराश्ट्रिय नेपाली साहित्य समाजको नेत्रित्वकालागि साहित्यकारहरुबिच कडा प्रतिस्पर्धा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Tuesday, 15 June 2010 03:29

Exclusive: न्यू योर्क- विश्व भरका २६ देशमा ६० शाखाहरु रहेको अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी जुन २८ देखी जुलाई १० बिच हुन लागेको केन्द्रिय कार्य समितीको निर्वाचनमा साहित्यकारहरुको दुई समूह खडा भएपछि साहित्य लेख्ने कलमहरुले राजनीतिको भाषामा भोट् माग्न शुरु भएको छ।

 

INLS Presidential candidates: Gyanendra Gadal (Colorado, USA) & Kamala Prasai (New York, USA). Photos courtesy: Gadal & Prasai's facebook profile

सन् २०१०-२०१२ कार्यकालकालागि हुने निर्वाचनमा न्यू योर्ककि साहित्यकार कमला प्रसाइ, जो हाल समाजकि केन्द्रिय कोशाध्यक्ष हुन् र समाजको पहिलो शाखाको रुपमा स्थापित अमेरिकि राज्य कोलोराडोका संस्थापक अध्यक्ष साहित्यकार ज्ञानेन्द्र गदाल बिच अध्यक्ष पदकालागि प्रतिस्पर्धा हुँदैछ।

Candidates for INLS General Secretary: Gita Khatri (New York, USA) & Deepak Bhetwal (Doha, Qatar). Photos courtesy: Gita & Bhetwal

उता गदालको समूहमा महासचिब पदकालागि दाबेदार न्यू योर्ककि गीता खत्रीका बिरुद्ध प्रसाइ समुहकातर्फबाट कतारका साहित्यकार दिपक भेट्वालले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

अहिलेसम्म झन्डै २५० आजीवन र संरक्षक सदस्यहरु रहेको समाजको मतदाताहरु पनि आजीवन र संरक्षक सदस्यहरु नै हुने ब्यबस्था छ।

उता अमेरिकामा रहेका झन्डै ८० प्रतिसत मतदाताहरु भने न्यू योर्कका दुई महिला उमेद्वारहरु (अध्यक्ष पदकी उम्मेदवार कमला प्रसाइ र गदाल समूहकि महासचिब उम्मेद्वार गीता खत्री) दुई समूहमा खडा भएका कारण कुन उमेद्वारलाई भोट् हाल्ने भनेर बिलखबन्दमा परेको कुरा न्यू योर्कका केही आजीवन सदस्यहरुले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा युएस नेपाल अनलाइनलाई बताउनु भएको छ।

आजीवन सदस्य बन्ने अन्तिम मिती जुन २५ सम्म कायम गरिएकोले चुनाव नजिकिदै गर्दा न्यू योर्कबाट मात्र ५० भन्दा बेशी साहित्यकार र साहित्यप्रेमीहरु अमेरिकि डलर १०० तिरेर आजिबन सदस्य बन्ने स्थिती रहेको उनिहरुले बताए।

तर उनीहरुले खिन्न हुँदै भने- "हामी त कमला पनि जितून् अनि बेस्ट प्रेसिडेन्ट अवार्ड पाएकी न्यू योर्क च्याप्टरकि पूर्व अध्यक्ष गीताले पनि जितून् भन्ने चाहन्थ्यौं तर उहाँहरु दुई समूहबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।"

Senior VP candidates: Krishna Bajagai (Belgium) & Nagendra Neupane (USA). Photos courtesy: SahityaGhar.com

यसैगरी, समाजको निर्वाचन हुने बाँकी पदहरुमा गदाल समूहका वरिष्ठ उपाध्यक्ष पदमा बेल्जियमका कृष्ण बजगाईं, जो समाजको बर्तमान महासचिब हुन् र प्रसाइ समूहतर्फबाट अमेरिकाको नर्थ क्यारोलिना राज्यका साहित्यकार नगेन्द्र न्यौपानेबिच भिडन्त हुनेछ।

क्षेत्रीय उपाध्यक्ष युरोप पदमा गदालको समुहकि बेलायतकि जयन्ती राइ र प्रसाइ समूहतर्फबाट बेल्जियमका बिमल गिरी बिच निर्वाचन हुनेछ भने क्षेत्रीय उपाध्यक्ष ओसियाना र अफ्रिकाको पदकालागि गदालको समुहकि साउथ अफ्रिकाकि साहित्यकार रन्जना उदास र प्रसाइ समूहका अस्ट्रलियाका दिपक बिष्ट प्रतिस्पर्धा गर्दैहुनुहुन्छ।

यस अघी उम्मेद्बारी दिने अन्तिम मिती जुन ५ तारिख अन्य उम्मेद्बारी नपरेपछि निर्बिरोध निर्बाचित हुने साहित्यकारहरुमा क्षेत्रीय उपाध्यक्ष एसिया पदमा जापानकि पुनम छेत्री, क्षेत्रीय उपाध्यक्ष नर्थ अमेरिका पदमा न्यू जर्सी, अमेरिकाका अनन्त रिसाल, सचिब पदमा इज्राएलका हरी मानन्धर र कोशाध्यक्ष पदमा म्यान्मारका क्रिशु छेत्री हुनुहुन्छ।

नोट: अनेसासको निर्वाचन सम्बन्धी हाम्रो अप्डेट जारी रहनेछ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-'अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

 

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

 

 

 

ज्ञानेन्द्र गदाल समूहको अपिल

कमला प्रसाइ समूहको अपिल

अनेसासको निर्वाचनको शिलशिलामा अध्यक्ष पदकालगि उम्मेद्वार ज्ञानेन्द्र गदालद्वारा जारी गरिएको

प्रेस विज्ञप्ति

नेपाली-भाषा साहित्य र संस्कृतिको विकास र विस्तारमा समर्पित आदरणीय महानुभावहरु

तथा अनेसासका समादरणीय मतदाता-सदस्यज्यूहरु,

डायस्पोरामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको फाँटमा विगत १९ बर्षदेखि अनवरत रुपमा काम गर्दै आइरहेको संस्था "अनेसास" को आगामी २०१०-२०१२ कार्यकालका लागि चुनाव हुन गैरहेको कुरा यहाँहरु सबैलाई विदितै छ । अनेसासकै इतिहासमा सम्भवतः यो पहिलो पटक हुनुपर्छ प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चुनावी प्रतिस्पर्धाद्वारा हुन गैरहेको नेतृत्व चयन ।

नेतृत्व चयनको सन्दर्भमा वास्तविक सहमति र समझदारी जस्ता कुराहरुलाई सर्वप्रथम उच्च स्थान दिई अनेसासको हितमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्वको चयन हुनु पनि प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत हुनेछैन भन्ने धारणा सहितको हाम्रो चुनावी घोषणापत्रहरु पनि यो भन्दा पहिले नै यहाँहरुमाझ पेश गरिसकेका छौं ।

अनेसासको यो चुनावी शिलशिलामा सम्माननीय निर्वाचन आयोगले हालसम्म पूरा गरेको निर्वाचन प्रकृयाको आधारमा संस्थाको सचिव, कोषाध्यक्ष लागायत एसिया र उत्तर तथा ल्याटिन अमेरिकाको क्षेत्रीय उपाध्यक्ष पदहरु निर्विरोध निर्वाचित भईसकेका छन् ।

निम्न बमोजिम बाँकी पाँच पदहरुमा चुनावी प्रतिस्पर्धा हुन गैरहेको छ, जसमा हाम्रो समूहको उम्मेदवारी देहायबमोजिम रहेको छ । हाम्रो नेतृत्व समुह अनेसासप्रति इमान्दार एवं वफादार रही नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा कटिवद्धताका साथ तपाईंहरुसमक्ष उपस्थित भएको छ । अनेसासको आदर्शलाई सदा जिवन्त तुल्याई नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा निस्वार्थ सेवा गर्ने हाम्रो अठोट, जाँगर र उत्साहलाई यहांहरुको हौसला माया र सद्भावले थप उर्जा मिल्नेछ भन्ने आशा एवं विस्वास लिएका छौं । तपाईंहरुको अमुल्य मतको हामी सदैव कदर गर्नेछौं । यही प्रतिवद्धताका साथ सामुहिक रुपमा तपाईंको वहुमूल्य भोटको अपेक्षा गर्दछौं ।

हाम्रो सामुहिक उम्मेदवारी देहायबमोजिम रहेको छ:

अध्यक्षः ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका ।

वरिष्ठ उपाध्यक्षः श्री कृष्ण बजगाईं, ब्रसेल्स, बेल्जियम ।

क्षेत्रीय उपाध्यक्ष उत्तर तथा ल्याटिन अमेरिकाः निर्विरोध निर्वाचित भैसकेको ।

क्षेत्रीय उपाध्यक्ष एसियाः निर्विरोध निर्वाचित भैसकेको ।

क्षेत्रीय उपाध्यक्ष युरोपः श्रीमती जया राई, लण्डन ।

क्षेत्रीय उपाध्यक्ष ओसेनिया तथा अपि्रुकाः श्रीमती रन्जना उदास पि्रटोरिया दक्षिण अपि्रुका ।

महासचिवः श्रीमती गीता खत्री, न्यूयोर्क, अमेरिका ।

सचिवः निर्विरोध निर्वाचित भैसकेको ।

कोषाध्यक्षः निर्विरोध निर्वाचित भैसकेको ।

विजयपश्चातका हाम्रा प्रतिवद्धताहरुः

१. नेपाली भाषालाई केन्द्रविन्दु मानी नेपालभित्रका अन्य मातृभाषाभाषीहरुको स-सम्मान सहभागिता, समानुपातिक विकास तथा प्रवद्र्धनमा ठोस कार्यक्रम सचालन गर्ने ।

२. अनेसासको मुखपत्र "अन्तर्दृष्टि" लाई अझ स्तरीय नियमित र पठनीय बनाई यसको वितरण प्रणालीलाई सर्वशुलभ पार्ने ।

३. अनेसासको सर्वोत्कृष्ठ पुस्तक पुरस्कारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यसको पुरस्कार राशीमा बृद्धि गराउने र अन्य पुरस्कारहरुलाई पनि स्थायित्व प्रदान गर्ने तर्फ उचित व्यवस्था गर्ने ।

४. हाल अनौपचारिक रुपमा फैलिएको अनेसासका विभिन्न च्याप्टरहरुलाई यसको विधान र नियमको दायराभित्र ल्याउने ।

५. गत बर्ष शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई निरन्तरता दिई हरेक दुई बर्षमा विभिन्न मुलुकहरुमा यसको आयोजना गर्ने नियमित प्रकृया बसाल्ने ।

६. यस संस्थाको आजीवन सदस्य तथा ट्रष्टी बृद्धिमा विशेष ध्यान दिने ।

७. नेपाली लगायत नेपालका अन्य राष्ट्रिय भाषा र मातृभाषाहरुको माध्यमद्धारा साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने डायस्पोराका व्यक्तित्वहरुलाई समय-समयमा सम्मान तथा अभिनन्दन गर्ने ।

भवदीय

ज्ञानेन्द्र गदाल

अनेसास अध्यक्ष पदका लागि उम्मेद्वार

कोलोराडो अमेरिका ।

मई २२, २०१० मा जारी गदाल समूहको घोषणा-पत्र

नेपाली भाषा, साहित्य, कला र संस्कृतिका संवाहकहरुमा सादर अपिल

आदरणीय नेपाली भाषा साहित्य र संस्कृतिको विकास र विस्तारमा सकि्रय एवं समर्पित महानुभावहरु

तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आदरणीय सदस्यज्यूहरु

आधुनिक विज्ञान र प्रविधीको विकास संगसंगै संसार आज सांघुरो दायरामा बांधिएको आभाष हुन्छ । कुनै पनि मुलुकका मानिसहरुलाई घरदेश छाडेर परदेश लाग्ने क्रम एक सामान्य र सहज प्रकृया बन्दै गैरहेको छ । यसैका कारण संसारका विकसित र सम्पन्न मुलुकहरुमा अवसरका खोजिमा जाने र सकेसम्म त्यतै तिर वसोवास गर्ने नेपालीहरुको संख्या पनि अब दिनानुदिन बाक्लिंदै गैरहेको छ । यसरी विश्वको विभिन्न मुलुकहरुमा स्थाई वा अस्थायी रुपले बसोबास गरि बसेका नेपाली समुदायहरुको संख्या पनि अब कम आंक्न सकिदैन । स्थापित होस् या विस्थापित जुनसुकै अवस्थामा रहेर संसारको जुनसुकै ठाउंमा बसेता पनि वा जस्तोसकै परिस्थितिको सामना गर्नपरे पनि नेपालीहरु आफ् नो भाषा साहित्य संस्कृति र रहनसहनलाई सधैं मायाका साथ जगेर्ना गरिरहन चाहान्छन् । हरेक नेपालीहरुको ढुकढुकीसंग जोडिएको यिनै विषयहरुदेखि टाढिनु नपरोस् भन्ने मनशायले हाल विश्वका विभभिन्न देशहरुमा गैरसरकारी रुपमा नेपाली भाषा साहित्य र संस्कृतिको फांटमा काम गर्ने संस्थाहरु पनि मनग्गे खुलेका छन् । यसैमध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली डायस्पोरामा अग्रपंक्तिमा देखा परेको एक सम्मानित र सुसंगठित संस्था हो ।

सन १९९१ मा अमेरिकामा उम्रिएको अनेसास रुपी भाषिक, साहित्यिक, वौद्धिक, कल्पबृक्ष विभिन्न समयावधिमा गठित यसका कुशल नेतृत्वको सकृयताका कारण आज संसारको धेरै मुलुकहरुमा हांगािवंगा सहित फैलिरहेको कुरा सबैका सामु जगजाहेर नै छ । समय सापेक्ष अनेसासलाई अझ मजबुत पार्नुपर्ने र समान उदेश्य बोकेका अन्य संघसंस्थाहरुसंग पनि हातेमालो गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता अनुरुप हामीले काम गर्नु परेको छ । यसको छातामुनि विश्वभर छरिएर रहेका सबै नेपालीहरु अटाउने वातावरण सृजना गरि यसलाई साझा एवं मर्यादित सिर्जनात्मक प्राज्ञिक मन्चका रुपमा स्थापित गर्नु समेत प्रमुख चुनौति हाम्रो सामु रहेको छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै हरेक दुई बर्षमा चयन हुने यसको केन्द्रीय कार्यसमितिको निर्वाचनमा संस्थाको विधान र नीतिबमोजिम २०१०-२०१२ अवधिका लागि सन्तुलित समावेशी र समानुपातिक रुपमा समूह बनाएर उम्मेदवारी दिएका छौं । यस संस्थाको उत्थान र विकासमा अथक परिश्रम गरिरहेका व्यक्तिगत स्वार्थ आकांक्षा र आग्रहबिना नेपाली भाषा साहित्य र संस्कृतिका क्षेत्रमा आआपुना ठाउंबाट काम गरिरहेका एवं यस क्षेत्रमा अनुभव हासिल गरेका महानुभावहरु नै यसपटकको हाम्रो समूहमा समावेश भएका छौं भन्ने हामीले विश्वास गरेका छौं । सम्पूर्ण विद्धान विदुषीहरुको सहयोग सुझाव र सल्लाह नै हाम्रो सफलताको मियो हुनेछ भन्ने समेत हामीले ठानेका छौं ।

उम्मेदवारीका लागि हाम्रो समूहमा समावेश भएका महानुभावहरु:

अध्यक्षः श्री ज्ञानेन्द्र गदाल, कोलोराडो, अमेरिका ।

वरिष्ठ उपाध्यक्षः श्री कृष्ण बजगाइ, ब्रसेल्स, बेल्जियम ।

क्षेत्रेत्रीय उपाध्यक्ष उत्तर तथा ल्याटिन अमॆिरिकाः श्री भिम कार्की, टेक्सास, अमेरिका ।

क्षेत्र त्रेत्रीय उपाध्यक्ष एसियाः श्रीमति पुनम क्षेत्री, टोकियो, जापान ।

क्षेत्रेत्रीय उपाध्यक्ष युरोपः सहमतिको लागि केहीदिन खुल्ला राखिएको छ ।

क्षेत्रेत्रीय उपाध्यक्ष ओसियाना तथा अफ्रिका: श्रीमती रन्जना उदास, प्रिटोरिया, दक्षिण अफ्रिका ।

महासचिवः श्रीमती गीता खत्री, न्यूयोर्क, अमेरिका ।

सचिवः श्री शेखर ढंगेल, सान्फ्रान्सिस्को, अमेरिका ।

कोषेषाध्यक्षः सहमतिको लागि केहीदिन खुल्ला राखिएको छ ।

हाम्रो समूहको विजयपश्चात् हामीले विभिन्न महादेशहरुमा संयोजक नियुक्त गरी आफ्ना कार्यक्रम र कार्यक्षेत्रलाई विस्तार र सार्थक बनाउनेछौं । यसमा मध्यपूर्वबाट श्री मोहम्मद जाकिर हुसेन जैकी मोजाहु युरोपबाट श्री बिमल गिरी अपि्रुका तथा ओसेनियाबाट श्री भुवनेश्वर शर्मा र उत्तरी तथा ल्याटिन अमेरिकाबाट श्री गोविन्दिसंह रावतज्यूहरुलाई जिम्मेवारीका लागि सादर अनुरोध गरिसकेका छौं ।

त्यसैगरि, अनेसासलाई अझ सुसंगठित सुविचारित सशक्त र सकि्रय संस्थाका रुपमा अघि बढाउन र नेपाली डायस्पोराको एक साझा र सम्मानित प्राज्ञिक माचका रुपमा विकसित पार्न हाम्रो कार्यसमितिले नेपाली भाषा साहित्य र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका केही विशिष्ट र वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकारका रुपमा रहिदिन अनुरोध गर्नेछौं । वहांहरुमा सर्वश्री माधव घिमिरे, डायमण्ड समशेर राणा, वैरागी काईंला, ईन्द्र बहादुर राई, कुलचन्द्र गौतम, मोदनाथ प्रश्रित, सत्यमोहन जोशी, डा. ताना शर्मा, डा. वासुदेव त्रिपाठी, कृष्णप्रसाद पराजुली, कृष्णचन्द्रिसंह प्रधान, भानुभक्त पोखरेल, लील बहादुर क्षेत्री, डा. गोविन्दराज भटराई, डा. राजेन्द्र सुवेदी, प्रा. मोहन सिटौला, डा. रामदयाल राकेश, डा. बेन्जु शर्मा, पद्मावती िसंह, माया ठकुरी, मुरारी अधिकारी, प्रदिप नेपाल, डा. वानिरा गिरी, मनुजबाबु मिश्र, मधुवन पौडेल, डा.। सूर्य सुवेदी, डा. शिव गौतम, कृष्णप्रकाश श्रेष्ठ, भीम उदास, जिवा लामिछाने, डा. सुष्मा आचार्य आदि लगायतका विशिष्ट साहित्यिक व्यक्तित्वहरु रहनुहुनेछ ।

यो हाम्रो उमेदवारी डायस्पोरामा नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा सबैको सद्भाव सहयोग र आपसी हातेमालोको आधारमा काम गर्ने पवित्र उदेश्यले उपस्थित भएको छ । हामीमा अस्वस्थ प्रतिस्पर्धी मनशायको कुनै लेशमात्र पनि छैन । अन्तिम अवस्थासम्म पनि समझदारी र सहमतिको ढोका यसमा खुल्ला रहेको कुरा समेत सबैमा जानकारी गराउंदछु ।

हाम्रो कार्यावधिमा अनेसासद्वारा सम्पन्न गरिनुपर्ने निम्न बमोजिम केही मुख्य कामहरुमा हाम्रो ध्यान केन्द्रित रहनेछ:

१. नेपाली भाषालाई केन्द्रविन्दु मानी नेपालभित्रका अन्य मातृभाषाभाषीहरुको स-सम्मान सहभागिता समानुपातिक विकास तथा प्रवद्र्धनमा ठोस कार्यक्रम सचालन गर्ने ।

२. अनेसासको मुखपत्र "अन्तर्दृष्टि"लाई अझ स्तरीय नियमित र पठनीय बनाई यसको वितरणप्रणालीलाई सर्वशुलभ पार्ने ।

३. अनेसासको सर्वोत्कृष्ठ पुस्तक पुरस्कारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यसको पुरस्कार राशीमा बृद्धि गराउने र अन्य पुरस्कारहरुलाई पनि स्थायित्व प्रदान गर्ने तर्फ उचित व्यवस्था गर्ने ।

४. हाल अनौपचारिक रुपमा फैलिएको अनेसासका विभिन्न च्याप्टरहरुलाई यसको विधान र नियमको दायराभित्र ल्याउने ।

५. गत बर्ष शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई निरन्तरता दिई दुई बर्षमा कमसेकम विभिन्न दुई मुलुकहरुमा यसको आयोजना गर्ने ।

६. यस संस्थाको आजीवन सदस्य तथा ट्रष्टी बृद्धिमा विशेष ध्यान दिने ।

७. नेपाली लगायत नेपालका अन्य राष्ट्रिय भाषा र मातृभाषाहरुको माध्यमद्धारा साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने डायस्पोराका व्यक्तित्वहरुलाई समय-समयमा सम्मान तथा अभिनन्दन गर्ने ।

भवदीय

ज्ञानेन्द्र गदाल

अध्यक्ष, अनेसास कोलोराडो च्याप्टर ।

ट्रष्टी, अनेसास ।

मई २२ २०१०।

अनेसास केन्द्रिय समितिको कार्यकारी बोर्डका लागि हुने निर्वाचनका लागि हार्दिक अपिल

आदरणीय सँस्थापक ज्यूहरू, आजीवन सदस्य ज्यूहरू, तथा साहित्यप्रेमी सम्पूर्ण साथीहरू,

नेपाली भाषाको हक, हितलाई सुरक्षा गर्दै, नेपाली कला, सँस्कृतिको पहिचान विश्वका कुनै पनि भौगोलिक सिमाबाट टाढा नराखेर हर तरहले यसको विकास र प्रवर्द्धनका लागि लडिरहनु भएका सम्पूर्ण सहित्यप्रेमीहरूलाई पुनः एक पटक साहित्यक नमस्कार गर्न चहान्छु ।

भौगोलिक दृष्टिकोणले सँसारको जुनसुकै कुनामा बसेर पनि नेपाली साहित्यको विकासमा योगदान पुर्याउँदै आउनु भएका अग्रज साहित्यकारहरूमा धन्यवाद टक्रयाउन चहान्छु । यहाँहरूकै दृढ अठोट र विश्वासबाट सिञ्चित यस अनेसासमा हामी जस्ता नयाँहरूले पनि विस्तारै सहयोग गर्ने अवसरहरू प्रदान गर्नुभएकोमा धन्यवाद दिन चहान्छु । यहाँहरूको अथक प्रयासपछिको सिंगो अनेसास हाल विश्वका विभिन्न राष्ट्रहरूमा फैलिनुमा यहाँहरूको देन, मेहनत र भूमिका अतुलनीय रहेको छ । यसका साथै विस्तारै बढ्दै गईरहेको अनेसासका सञ्जालहरूमा विभिन्न शाखाहरू गोलबन्द भैइरहेको पाउँदा अत्यन्तै खुशि छु । यसको ज्वलन्त उदाहरण हो- कुबेत च्याप्टर र हालैको यूएई च्याप्टर । यसका लागि म कुबेत च्याप्टरका अध्यक्ष श्री राजन रिमाज ज्यू र यूएई च्याप्टरका अध्यक्ष समदर्शी काइँला ज्यूलाई धन्यवाद दिन चहान्छु, यस अर्थमा कि उहाँहरूले अन्य नामको साहित्य सँस्थालाई अनेसासको च्याप्टरमा परिणत गरि सिंगो अनेसासमा गोलबन्द हुनभएको छ ।

अनेसास केन्द्रिय कमिटिको सन् २०१० देखि १२ सम्मका कार्यकालका लागि कार्यकारी बोर्डको उमेदवारी छनौट प्रकृया पुरा भै केहि पदहरूमा सहमतिबाट अथवा निर्विरोध भैसक्नुभएको छ भने केहि पदहरूमा चुनाव नै हुने पक्का भएको छ । साहित्यिक सँगठनमा चुनाव हुनु राम्रो नराम्रो दुइटा पक्ष नै बलियो रूपमा देखिएकाले, आजको प्रजातान्त्रिक युगमा प्रजातान्त्रिक प्रणालीलाई स्वीकार्नु हाम्रो हक हितको समानान्तर सुरक्षित अधिकार हो भन्ने मलाई लागेको छ । यसका लागि हामीले आफुसँग भएको अधिकारबाट नयाँ कार्यकालका लागि सुयोग्य र अनेसासलाई समधुर सम्बन्ध गाँस्दै सँसारमा भएका सम्पूर्ण च्याप्टरहरूको प्रतिनिधित्व गर्ने हिम्मतिलो सर्जकहरूको खाँचोलाई मनन गर्दै अगाडि बढ्ने बाटो खोलिदिनुहुनेछ भन्ने आशा राखेको छु ।

अनेसासका लागि अहोरात्र खटिएर काम गरिरहनु हुने सशक्त महिला जस्को उत्कृष्ट सुझाव र सल्लाहले म पनि यस कार्यकालको लागि सचिव पदमा निर्विरोध भएको छु । अनेसासको चौतर्फी हक हितको लागि लडिरहनु भएकी एक मात्र महिला अध्यक्ष उमेदवार जसको लागि धेरै साहित्यिक सर्जकहरूको आशाको केन्द्रविन्दु बनिनु पर्ने थियो त्यो हुन नसक्दा दुःख लाग्नु मेरा लागि स्वाभाविक भए पनि प्रजातान्त्रिक प्रणालीमा महिला पुरूषलाई समान रूपमा रूपान्तरण गर्ने सुअवसरका लागि भने पक्कै सकरात्मक लिएको छु । अनेसासका प्रचन्ड विद्वान डा. श्री मधु श्रेष्ठ जी भन्नुहुन्छ –“पुरषसंग टक्कर लिदै अध्यक्ष पदमा महिलाहरुको प्रतिनिधित्व गर्ने अर्की साहसी उमेदवारले भन्नु भयो - सहमति गराउन सक्नु हुन्छ भने अनेसासमा म तपाईंको नेतृत्व स्विकार्न तयार छु । कत्रो लचक्दारीपन र उदारता !!! वहाले मलाई उछिनेर चुनाव बिना नै जित्नु भयो । वहाकै भाषाशैलीमा वहालाई कम्तिमा एउटी नेपाली चेलीको सम्मान गर्न सकेको भए म वहाको ऋणी हुनु पर्ने थिएन आज । त्यहि अन्तरालमा एउटा ब्रहमचेतना खुल्यो - सायद नेतृत्व दिन तम्सने व्यक्ति त्यागी र लचकदार हुनै पर्छ, नत्र कसरी हुन्छ अग्रगामी काम संस्थाको हितकोलागि?” यसर्थ पनि मलाई अनेसासमा महिला अध्यक्षका लागि अगाडि आउनुभएकी नेपाली आमाकी योग्य सुपुत्री श्रीमति कमला प्रसाईँको अनेसास माथिको स्वच्छ भावना र दीर्घकालिन लक्ष्य स्पष्टरूपमा बुझ्न सकिन्छ । यस्तै, उहाँकै सहयोगी उमेद्वारहरू पनि उहाँजस्तै कर्मठ, योग्य र अनेसास प्रति कटिबद्ध भएर लागिरहनु भएका योग्य उमेदवारहरू हुनुहुन्छ । त्यसैले विश्वभरिबाट मलाई निर्विरोध बनाउँदै सहयोग गरिदिनु हुने साहित्यकार गुरूजनहरू तथा साथीहरूलाई पुनः एक पटक हाम्रो समूहको कर्मठ साहित्यप्रेमी साथीहरूलाई आफ्नो मत दिई विजय गराउनुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु । जसका लागि हाम्रो समूहबाट अनेसासमा उत्रनुभएका साथीहरूको नामावली यहाँहरूका लागि पेश गर्दैछु ।

१. श्रीमति कमला प्रसाई, अध्यक्ष, अमेरिका

२. श्री नगेन्द्र न्यौपाने, बरिष्ठ उपाध्यक्ष, अमेरिका

३. श्री बिमल गिरी, क्षेत्रिय उपाध्यक्ष (यूरोप), बेल्जियम

४. श्री दिपक बिष्ट, क्षेत्रिय उपाध्यक्ष (ओशियान र अफ्रिका), अष्ट्रलिया

५. श्री दिपक भेटवाल, महासचिव, कतार

धन्यवाद ।

हरि मानन्धर “विवश”

सचिव, अनेसास, इजरायल च्याप्टर

निर्विरोध सचिव उमेदवार

अनेसास केन्द्रिय कमिटि, कार्यकारी बोर्ड

मई २७, २०१० मा जारी प्रसाइ समूहको घोषणा-पत्र

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कमिटिको निर्वाचन सन् २०१० को लािग साहित्यकार कमला प्रसाई्र प्यानलकोतर्फबाट घोषणा-पत्र अपिल

आदरणीय स्रष्टा सर्जक अनेसासका सदस्य शुभ चिन्तक तथा अभिभावक ज्यूहरु

"साहित्य" समाजको दर्पण हो र भाषा साहित्य तथा संस्कृतिको समृद्धिले हाम्रो आफ्नो सभ्यता र सुसंस्कृति झल्कन्छ । पहिचान र प्रतिष्ठा यिनै हाम्रो साहित्य र संस्कृतिको पाटो संग पनि जोडिएको हुन्छ त्यसैले ब्यक्तिगत सुसंस्कृत भएर मात्र हुदैन जब राष्ट्र समृद्ध हुदैन साहित्य र संस्कृतिलाई समुन्नत बनाउन सकिदैन तब सम्म आत्मा गौरबको साथ जिउनको निम्ति चहिने पहिचान अस्थित्व र प्रतिष्ठा सधै ओझेलमा पर्दछ । त्यसैले ब्यापक सामान्य वा अरुचीको विषय नै भएपनि यस पटकको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनले प्रत्येक नेपालीको लागि प्रत्यक्ष अप्रत्यक्ष महत्व राख्दछ । यसर्थ यथास्थानबाट सबैले यस निर्वाचनको लागि सहयोग सकि्रयता र सद्भाव राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सन् १९९१ मा स्थापना भएको एउटा विशुद्ध साहित्यिक संस्था भएकोले आज समयको परिवर्तन संगै विश्वका विभिन्न २६ मुलुकमा गरि जम्मा ५९ च्याप्टरहरु निर्माण भई संचालन भई रहेको अवस्था साच्चै नै नेपालीको लागि गौरवको विषय हो र अहिले सम्म संसारको सबैभन्दा ठूला र भौगोलिक रुपबाट संसारभर फैलिएको एक सशक्त भावानात्मक संजाल बनेको छ । यस समाजले विभिन्न देशान्तरमा विभिन्न कि्रयाकलापहरु नियमित गर्दै आएको छ र अहिले सम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालीहरु माझ भावानात्मक एकता गराउनु हो । दुई दशक लामो यात्रामा यस समाजले जति उपलब्धिहरु हासिल गर् यो त्यति नै भावि जिम्मेवारी बढेर गएको छ । गम्भिर र महत्वपूर्ण जिम्मेवारीहरुलाई पूरा गर्नको लागि यस पटकको कार्यसमितिको लागि जोडतोडले निर्वाचन हुन गइरहेको छ । नेपाली साहित्य आकाश अहिले निर्वाचनमय बनेको छ । यो चुनौती र अवसर दुबै हो यसर्थ सबै स्रष्टा सर्जकहरुमा आफ्नो विवेकको मत प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्ने शुभ साइतलाई सहि उपयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

नेपालमा भएको एकदशक लामो जनयुद्धको कारण राष्ट्र र साहित्यका कर्णधार शक्तिहरु ठूलो संख्यामा विदेशिनु बाध्य भएका थिए र फलतः देश बाहिरै ररिरहेको अवस्था तथा रहने अवस्था हुनु र हामी नेपालीहरुको विदेशिने संस्कृति संगै सकारात्मक र नकरात्मक दुबै पक्ष रहेका छन् । राम्राराम्रा स्रष्टाहरु डायस्पोरामा रहनु निश्चय नै हाम्रो निमित्त राम्रो पक्ष पनि हो त्यसको आधारमा समय सापेक्ष नेपाली साहित्यले अझ राम्र्रो र प्रभावकारी साहित्य दिने आस गर्न सकिन्छ । डायस्पोरामा जति सम्भावना देखिन्छ त्यतिनै नवप्रतिभाहरु प्रति समाजको प्रभावकारी अभिभावकत्वको आवश्यकता छदैछ भने मातृभूमि नेपाल विकास प्रगति र समृद्धिको लागि संविधान सभा मार्फत संविधान निर्माण लगायत विभिन्न ऐतिहासिक चरणहरु पार गर्दै आइरहेको छ । यस महत्वपूर्ण घडिमा हामी विभिन्न मुलुकमा रहेका कलमकर्मीहरुले आफूरहेको मुलुकको बारेमा कलम चलाएर शिक्षामुलक जानकारीहरु प्रवाह गरेर नागरिकको हैसियत साहित्यकारहरुको धर्म पूरा गर्नुपर्ने ज्वलन्त आवश्यकता भएको छ ।

नेपालको सुवासना रहेको नेपाली हावापानी नेपाली दुःख सुख रहनसहन संस्कार सस्कृति बोलेको लेखिएको सबै भाषाका सिर्जनालाई नेपाली साहित्यको मान्यता संगै नेपाली साहित्यको क्षेत्र विस्तार भएको छ र समाज सबैको लागि छाता संगठन भन्दा विश्वब्यापी साझा संगठन बन्नु अनि केन्द्रको निर्देशन भन्दा प्रत्येक च्याप्टर स्वतः कि्रयाशिल हुनु यस समाजको सफलता प्रगति र लोकपि्रयताको कडी हो । हिजो जुन उद्देश्यले स्थापना भएपनि आज यस समाजको कार्यक्षेत्र विस्तार र ब्यापक बनेको छ । त्यसैले अनेक चुनौतीको बाबजुद पनि आगामी नेतृत्व सक्षम र योग्य चुनिनु आजको आवश्यकता बनेको छ । हाम्रा अभिभावक सहकर्मी सहयोगि तथा शुभचिन्तकहरुको सामुहिक प्रयत्न सल्लाह र सहमतिमा निम्नअनुसारको प्रतिबद्धता सहित उम्मेदवारीहरु घोषणा गरेका छौं ।

हाम्रो प्रतिबद्धताहरु

तत्कालिनः

१. विभिन्न लेखकले विभिन्न भाषामा नेपाल तथा नेपाली संस्कार संस्कृतिको बारेमा लेखेका लेख तथा पुस्तकमा

गल्ति कुराहरु बेग्रेल्ति पाइन्छन् यसर्थ उनीहरुलाई सहयोगिको रुपबाट सुधार गर्न सल्लाह सुझाव र दबाब

दिन कम्तिमा ३ देखि ७ जनाको टास्कफोस्र तयार गर्ने ।

२. अत्याधुनिक प्रविधिमा समेत नेपाली साहित्य प्रवेश गरिसकेको परिपेक्ष्यमा प्रविधिलाई माध्याम बनाएर विभिन्न

प्रकारको कि्रयाकलाप तथा प्रतियोगिताको आयोजना गर्दै विश्वभरको स्रष्टाहरु माझ उपस्थिती दर्शाउदै सिधै

सम्पर्कको पुल निर्माण गरि सहयोगि र अभिभावकत्व प्रदान गर्ने ।

३. नेपाल प्रज्ञा प्रतिष्ठानसंग समन्वय गर्दै डायस्पोरामा फैलिदै गएको नेपाली साहित्यको पहिचान र प्रतिष्ठाको

लागि प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा विभाग राख्न दवाद दिने ।

४. अनेसासको वेवपेजलाई अरु प्रभावकारी बनाउने ।

५. अनेसासको मुखपत्र अन्तर्दृष्टिलाई नियमित गर्ने र स्तरिय बनाउने साथै वितरण प्रणालीलाई सर्वशुलभ बनाउने।

६. अनेसासको पुरस्कारहरुलाई निरन्तरता र स्थायित्वको लागि उचित व्यवस्था गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको

बनाउन पुरस्कार राशीमा बृद्धि गर्ने ।

७। भाषा भाषि मातृभाषा साहित्य अन्र्तगत बर्षमा दुईवटा पुरस्कार प्रदानको लागि ब्यवस्था गर्ने ।

८. समयानुकुल र स्थानअनुकुल बनाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन एक कार्यकालमा एउटा विश्वब्यापी

सम्मेलन गर्ने ।

९. विभिन्न मुलुकमा रहेका च्याप्टरहरुलाई पहिचान दिने गरि अनेसासको विधानमा सशोधन गर्ने ।

१०. यस संस्थाको आजीवन सदस्य विस्तार गर्नेे ।

११. जहाँ नेपाली त्यहाँ अनेसास भन्नेू अभियान चलाई नेपाली रहेका प्रत्येक देशमा अनेसासको स्थापना गर्ने

तथा त्यहाँ रहेका साहित्यिक संस्थासंग समन्वय गरि सम्बद्धता प्रदान गर्ने ।

१२. साहित्य र संचार स्रष्टाको लागि स्रष्टाबाटै हेरचारू कार्यक्रम अन्तगर्त कुनैपनि साहित्यकारको प्रगतिमा

बधाई र दुःखद् घडिमा समवेदना दिन साथै विरामी स्रष्टाको लागि सहयोगको कार्यक्रम ल्याउने ।

१३. अघिल्ला कार्य समितिले गरेका राम्रा कार्य योजनाहरुलाई निरन्तरता दिने ।

दीर्घकालिनः

१४. घरदेशदेखि भौगोलिक दुरीमा रहेका कारण तथा अज्ञानताको कारण विदेशमा रहेका कतिपय नेपालीहरुले

आफ्ना बालबालिकालाई नेपाली तथा मातृभाषा सिकाउने नगरेको अवस्था पनि छ । यसर्थ उनीहरुलाई

नेपाली भाषा तथा मातृभाषा कला संस्कार र संस्कृतिको बारेमा संचेतना आउने विभिन्न कि्रयाकलापहरु

गर्ने ।

१५. नेपाली साहित्यलाई विभिन्न अन्य भाषामा अनुवाद गर्ने साथै दुई विशाल छिमेकी मुलुक चीन र भारतमा

बोलिने भाषा साहित्य सम्म न्यूनतम पहुच राख्न प्रयत्न गर्ने ।

१६. नेपाली राष्ट्र नै भाषा हो । हामी नेपालीहरुको एकताको माध्याम भाषा हो भने हाम्रो भाषिक एकताको प्रतिक

आदीकवी भानुभक्त हुन र उनको भग्नावशेष जन्मस्थलको पूर्ननिर्माण तथा संरक्षणको लागि सरकारलाई

दबाब सहित आवश्यक कार्यक्रम गर्ने ।

१७. प्रवासी नेपाली साहित्यलाई पनि नेपालको विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नेपाल

सरकारको सम्बन्धित विभागमा सुझाव तथा दबाब दिने ।

१८. प्रवासी नेपाली साहित्य सिर्जना र स्रष्टा अर्थात संमग्र नेपाली डायस्पोरिक साहित्यको सम्बन्धमा स्नाकोत्तर

तह (Master level) र विद्याबारिधि तह (Ph.D.) का अनुसन्धानकर्ताहरु मध्ये प्रोत्साहन स्वरुप

पहिलो ५ जनालाई केही प्रतिशत आर्थिक सहयोग गर्ने साथै खोजकर्ता सबैलाई कदर-पत्र प्रदान गर्ने ।

हाम्रो उम्मेदवारहरु

अध्यक्षः कमला प्रसाई

बरिष्ठ उपाध्यक्षः नगेन्द्र नेउपाने

क्षेत्रीय उपाध्यक्ष एसिया ः विश्वास दीप तिगेला ब्रुनाई

क्षेत्रीय उपाध्यक्ष युरोपः विमल गिरी वेल्जियम

क्षेत्रीय उपाध्यक्ष ओसेनिया तथा अपि्रुकाः दिपक विष्ट अष्ट्रेलिया

क्षेत्रीय उपाध्यक्ष उत्तर तथा ल्याटिन अमेरिकाः अनन्त रिसाल, अमेरिका

महासचिवः दिपक भेटवाल कतार

सचिवः हरी मानन्धर इजरायल

कोषाध्यक्षः सहमतिको लागि खुल्ला राखिएको छ ।

नेतृत्व चयन संगै विभिन्न क्षेत्र बर्ग र जातिलाई समेटेर समावेशि कमिटि बनाउने लक्ष्य रहेको छ । साथै नेपाली साहित्य फाँटका विशिष्ट ब्यक्तित्वहरु तथा अनेसासका अभिभावकहरुलाई समेट्दै सल्लाहकारहरुको पनि नियुक्ति गरिने छ ।

नेपाली कला साहित्य र संस्कृतिको लागि स्वयं सेवकको रुपमा काम गर्ने नयाँ जोस नयाँ जाँगरको साथमा हामी उम्मेदवारको रुपमा खडा भएका छौं । महिला तथा सज्जन सम्पूर्ण साहित्यकार अनेसासका सदस्यहरुमा हामीलाई भोट दिई विजय गराउन हार्दिक अनुरोध गर्दछौं ।

जय अनेसास ।

भवदीय

कमला प्रसाई

अध्यक्षको उम्मेदवार तथा

प्यानलका सबै उम्मेदवारहरु

२७ मे २०१०

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?