NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अनेसासकि अध्यक्ष उम्मेद्वार कमला प्रसाइको अपिल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kamala Prasai   
Saturday, 19 June 2010 15:45

न्यू योर्क- "यहाँहरु अनेसासमा सुधार भएको हेर्न चाहनु हुन्छ भन्ने मलाई विश्वास छ। यहाँहरु अनेसासले सम्पुर्ण नेपालीहरुले बोल्ने सबै भाषा-भाषीहरुको प्रतिनिधि संस्था बनेर काम गरोस् भन्ने चाहना पनि गर्नु हुन्छ भन्ने मलाई विश्वास छ।"

 

अनेसास- सुधारको निमित्त मेरो उम्मेदवारी

अनेसासलाई मायाँ गर्नुहुने आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन !

अनेसास- सुधारको निमित्त मेरो उम्मेदवारी

यहाँहरु अनेसासमा सुधार भएको हेर्न चाहनु हुन्छ भन्ने मलाई विश्वास छ। यहाँहरु अनेसासले सम्पुर्ण नेपालीहरुले बोल्ने सबै भाषा-भाषीहरुको प्रतिनिधि संस्था बनेर काम गरोस् भन्ने चाहना पनि गर्नु हुन्छ भन्ने मलाई विश्वास छ। अनि मलाई विश्वास छ यहाँहरु अनेसासले आफुहरु यसको सदस्य भएको अनुभुति देओस् भन्ने र सबैले यसबाट समान व्यबहार गरियोस् भन्ने चाहना गर्नु हुन्छ। मैले दुई वर्ष केन्द्रीय समितिमा रहेर अनुभव गरेको कुरा नै अनेसास भित्र व्यापक सुधार र सदस्यहरुको उचित सम्मान गर्नु पर्छ भन्ने हो।

INLS Presidential candidate Kamala Prasai (New York, USA). Photos courtesy: Prasai's facebook profile

अनेसास भित्र व्यापक सुधार गर्नको निमित्त म र हाम्रो समुहमा रहनु भएका साथीहरुले हामी विजय भएमा यहाँहरु सबैको राय-सुझाव लिएर नै काम गर्ने छौं।

जहाँसम्म यहाँहरुको सम्मानको कुरा छ, अनेसासले प्रकाशन गर्ने कुनै पनि सामग्री यहाँहरु सबैले समय-समयमा पाउनु हुने व्यवस्था गरिने छ। यहाँहरुको र बाल-बालिकाहरुका रचनाहरुलाईसमेत अनेसासको प्रकाशनमा समावेश गर्ने छौं।

अनेसासलाई पारदर्शी, समयानुकुल, समावेशी र सबैको प्यारो संस्था बनाउन कै निमित्त मैले उम्मेदवारी दिएकी हुँ। हाम्रो समुहमा रहनु हुने सबै साथीहरु क्षमतावान् र योग्य  हुदाँ-हुँदै पनि मैले अनेसासलाई नेतृत्व दिन सक्ने देख्न्नु भएकोले मलाई जिम्मेवारी दिनु भएको हो। म यसको निमित्त उहाँहरु प्रति आभारी छु। त्यस्तै, एउटा अति विशिष्ट श्रेणीको ज्ञानका धरोहर डा. मधु कृष्ण श्रेष्ठ (दाई)ले अनेसासलाई मैले अघि बढाउन सक्छु भनेर आफ्नो जुन भावना व्यक्त गरिदिनु भयो यसले मेरो साहसमा श्रीबृदि भएको छ। साथै मेरो हौसला बढाउन मलाई प्रत्येक दिन आउने मेरा अग्रजहरु तथा दाजुभाई तथा दिदीबहिनीहरुका इमेलहरु, टेलेफोन, सुझाव र सल्लाहहरुले मैले नैतिक विजय पाइसकेकी छु। एउटी नेपाली चेलीलाई यति धेरै माया र हौसला प्राप्त हुँदा कति खुशीको अनुभुति हुँदो रहेछ, बयान गर्ने शव्द नै पाउन मुस्किल पर्दोरहेछ।

अनेसासको शुभ-चिताउने हाम्रा अग्रज र दाजुभाई तथा दिदीबहिनीहरुको मायाँ र हौसलाले ममाथि एक किसिमको जिम्मेवारी पनि थपिएको महसुस भएको छ- त्यो के भने मैले हाम्रा साथीहरुसँग मिलेर अनेसासलाई सुधारोन्मुख् बाटोतिर लैजानु पर्नेछ।  त्यसैले म र मेरा साथीहरुको जित नै वास्तवमा सुधारको जित हो । मैले त हाम्रो जितलाई तपाईहरुकै जितसँग जोडेर हेर्न पनि थालेकी छु। हाम्रो जित भनेकै तपाईहरु सबैको जित हो, अनि अनेसासको वर्तमान र भविश्यको जित हो।

जय अनेसास!

कमला प्रसाई
अध्यक्ष पदको उम्मेदवार
http://www.kamalaprasai.com

हाम्रो समुहका साथीहरु:

कमला प्रसाई- अध्यक्ष (अमेरिका)
नगेन्द्र नेउपाने- वरिष्ठ उपाध्यक्ष (अमेरिका)
बिमल गिरी- उपाध्यक्ष युरोप (वेल्जिएम)
दीपक विष्ट- उपाध्यक्ष (ओसेनिया-अफ्रिका- अस्ट्रेलिया?)
दीपक भेट्वाल- महासचिव (कतार)

निर्विरोध:

अनन्त रिसाल- उपाध्यक्ष, ल्याटिन अमेरिका र उत्तर अमेरिका
हरि मानन्धर- सचिव, इजरायल
पूनम क्षेत्री- उपाध्यक्ष, एसिया (जापान)
क्रिशु क्षेत्री- कोषाध्यक्ष?

प्रसाइ समुहका महासविव उम्मेदवार दीपक भेटवाल (दोहा, कतार) को अपिल

आदरणीय अनेसासका साहित्यिक मनहरु,

न्यानो अभिवादन !

म बिगत ४ बर्षदेखि अनेसासको छातामुनी रहेर नेपाली भाषा साहित्यको आफुले सक्दो योगदान गर्दै आएको छु । हाल म अनेसास कतार च्याप्टरको अध्यक्ष र अनेसास केन्द्रिय समितीको सदस्य समेत रहेको छु ।

म यतिवेला अनेसास केन्द्रिय समितिको महासचिव पदको उम्मेदवारको हैसियतमा तपाईहरु समक्ष प्रस्तुत भएको छु । मेरो उम्मेदवारीलाई मैले मेरो निजी रहर भन्दापनि आवश्यकता ठानेको छु । एउटा जिवित संस्थाभित्र मेरो निजी रहरको के अर्थ हुन्छ र मेरो उम्मेदवारीलाई मैले मेरो निजि प्रतिष्ठाको बिषयसंग कहिल्यै जोडेर हेरेको छैन । तपाईहरुले पनि त्यहि रुपमा बुझि दिनुहुन अनुरोध गर्दछु । मभन्दा पनि अगाडी बढेर मेरो प्रतित्रद्दताहरु- अनेसासको पुजीलाई नेपाली भाषा र साहित्यको विकाशको लागी अफै उपयोगी बनाउने मेरो सोचहरु नै वास्तविक  उम्मेदवार हो भन्ने मलाई लाग्छ । २० बर्षे इतिहास बोकेको अनेसासलाई अझै पनि लठी टेकेर हिडाउने कुरुप अभ्यास भइरहेको छ । मेरो उम्मेदवारी यहि कुरुप अभ्यासको बिरुद्दमा छ । अनेसासको टाउको कहाँ छ, खुटा कहा छ अझै पनि एउटा भ्रमको बिषय छ । तसर्थ मेरो उम्मेदवारी अनेसासलाई आफ्नै टाउकोमा उभ्याउनको लागी र आफनै खुट्टामा हिडाउनको लागी हो भन्दा पनि हुन्छ । यसरी एउटा तन्नेरी संस्थालाई लौरी को साहारामा हिडाउन खोज्दै आत्मरति लिने चाहने लौरोबाजहरुको लागी मेरो उम्मेदवारी एउटा गतिलो झापड हो । तसर्थ निर्वाचनमा मेरो व्यक्तिगत जित वा हारको कुनै महत्व हुने छैन  भन्ने मेरो मान्यता रहको छ । कि मेरो सोच ले जित्छ कि मेरो सोचले हार्छ । कि नयाँ ले जित्छ कि पुरानो ले जित्छ ।

महासचिवको हैसियतमा संस्था भित्र मेरो जिम्मेवारी संस्थाको अभिलेखलाई दुरुस्त राख्नु तथा यसलाई पारदर्शि र व्यवश्थित बनाउनु हुनेछ । अहिलेसम्म व्यवश्थित  र पारदर्शि हुन नसकेको यस सस्थाको अभिलेखलाई म तीन महिना भित्र व्यवश्थित बनाएर सार्वजनिक गर्नेछु । शताब्दिको प्रविधिको जति कुरा गरे पनि आज अनेसासको आजिवन को को छन् ? कति छन् ? कसैले आधिकारीक रुपमा मुख खोलका छैनन् । अझ आजिवन सदस्यहरुको नामावलि प्रकाशन गर्न नहुने बासी तर्कहरुपनि सुनिदै छ । के अनेसास कुनै आतककारी संगठन हो ? जसको सदस्यहरुको नाम र संख्या गोप्य राखिन्छ । त्यति मात्र होइन अनेसासको आधिकारीक वेभ साइट कहिल्यै पनि केन्द्रिय समितिको मातहतमा आउन सकेन । म निर्वाचित भएको खण्डमा अनेसासको वेव साइटलाई ६ महिना भित्र केन्द्रको मातहतमा राख्ने कोशिस गर्नेछु । त्यति मात्र होइन संस्थाको कोष, बैक खाता पनि अहिलेसम्म बिधि सम्मत हिसावले पुर्ण रुपमा केन्द्रिय समितीको नियन्त्रणमा  आउन सकेको छैन । यि र यस्ता धेरै अव्यवश्थित र अव्यवहारीक प्रकि्रयाहरुलाई म बिधि र बिधान बमोजीम पुर्ण रुपमा संस्थागत गर्ने छु । साथै कोष सचलानको सर्वव्यापी मान्यता बमोजीम कोषको लेखा राख्ने काम सचिवको जिम्मामा र कोषको रेखदेख गर्ने जिम्मेवारी कोषाध्यक्षलाई दिई प्रत्येक तीन महिनामा अनेसासको कोषको विवरण सम्पुर्ण आजिवन सदस्यहरु माझ सार्वजनिक गर्नेछु ।


महासचिव पदमा निर्वाचित भएमा अनेसासले गर्ने हरेक महत्वपुर्ण निर्णयहरुमा अनेसासको सम्पुर्ण सदस्यहरुको राय लिने प्रयाश गर्नेछु । अनेसासको निर्वाचन पद्दतीलाई सरल, पारदर्शि र निष्पक्ष बनाउने कोशिस गर्नेछु । र दुई बर्षे कार्यकाल भित्र सवैले महसुस गर्ने गरी केहि नयाँ, केही फरक र केही परीवर्तन गर्ने गर्ने कोशिस गर्नेछु ।

तपाईहरुले आफनो अमुल्य मतको अधिकार प्रयोग गरी म लगायत मेरो समुहमा रहनु भएको सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउनु हुनेछ भन्ने आशा गर्नु मेरो अर्घेल्याई हुने छैन ।

भवदीय
दीपक भेटवाल
दोहा कतार
उम्मेदवार महासविव

मेरो समुहमा रहनु भएका उम्मेदवारहरु
कमला प्रसाई: अध्यक्ष, न्युयोर्क,  अमेरीका
नगेन्द्र न्यौपाने: बरीष्ठ उपाध्यक्ष, अमेरीका
बिमल गिरी:  युरोप उपाध्यक्ष, बेल्जियम
दीपक बिष्ठ: ओसेनिया, अफ्रिका, अष्टेलिया  
दीपक भेटवाल: महासचिव, कतार
हरी मानन्धर ईजरायल: सचिव निर्विरोध
अनन्त रीसाल: उपाध्यक्ष ल्याटिना अमेरीका निर्विरोध



प्रसाइ समुहका निर्बिरोध निर्बाचित सचिब हरि मानन्धर "बिवश" (इजरायल) को अपिल

नमस्कार साहित्यप्रेमीहरूमा ।

अनेसास एक साहित्यिक साझा बगैंचा हो जहाँ हरेक विधाका फूलहरू फुल्ने र फुलाउने गरिन्छ । जसरी हरेक बगैंचामा फूलहरू फुलाउन लगनशील, कर्मठ मालीहरू राखिन्छन् त्यसरी नै अनेसासमा पनि हरेक जिम्मेवार व्यक्तिहरूलाइ चुन्ने र २ बर्षे कार्यकालसम्म उक्त बगैंचा अझ आकर्षक ढंगले सजाउन सक्ने मालीहरूलाइ जिम्मा लगाउन सकिएन भने सुकेर जाने वा पुनः मलजल गर्न गाह्रो पर्ने अवस्था आइपर्न सक्छ ।

त्यसैले समयमा नै कर्मठ, योग्य, सक्षम, सहनशील, उदार भावना भएका, आँटिला र  जोशिला मालीहरूको पहिचान गर्न तिर लाग्नु हामी सबैको कर्तव्य हो । सहित्यिक सर्जकका रूपमा अगाडि बढ्नु भएका सबै सर्जकहरू उत्तिकै लगनशील, कर्मठ हुनुहुन्छ । फेरि पनि यिनै लगनशील, कर्मठहरूबाट पनि नम्बरी सुनको पहिचान गर्नु अति आवस्यक हुने गर्छ । सँगठनमा काम गर्ने मानिसहरूमा सहनशीलता, नरम स्वभाव, छिटो निर्णय दिन सक्ने क्षमता आदि भएका ब्यक्तिहरूको पहिचान हुनु पर्दछ ।

साहित्य एक स्वतन्त्र धार भएकाले कुनै बादहरूबाट अभिप्रेरित पनि नहुने सबैलाइ विदित नै छ । यसर्थ पनि साहित्य क्षेत्र एक सबै कुराबाट उन्मुक्त भैसकेको छ र अझै कही कतै यस्ता प्रभावहरू पाइएका छन् भने हामीले तुरून्त अन्तर्हृदयबाटै निर्मूल पार्नुपर्छ जस्ले साहित्यलाइ सदा उचो राख्न सकियोस् । मानिसहरू सर्वश्रेष्ठ प्राणी भएकाले हामीमा सबै गुणहरू सबल छन् मात्र यसको प्रयोगमा तलमाथि भैरहने प्रक्रिया हो । तसर्थ यस घडीमा एउटी नेपाली साहित्य प्रति सदा जीवन अर्पण गरिरहनु भएको श्रीमति कमला प्रसाइ र यस्तै उहाँका जस्तै उदार भावना र सक्रिय साहित्यमा जमिरहनु भएका सम्पूर्ण साथीहरूलाइ विजयको अग्रिम शुभकामना व्यक्त गर्दछु । र सम्पूर्ण साहित्यप्रेमी साथीहरूमा एउटी नेपाली आमाकी कर्मठ सुपुत्री, नेपाली भाषा साहित्यमा ज्यानको बाजी लगाएकी  एक नारीले प्रतिनिधित्व गरेको उहाँहरूको समूहलाइ पक्कै आफ्ना अमूल्य मत दिइ बिजय गराउनु हुनेछ भन्ने मैले आशा लिएको छु ।

डा. श्री मधु श्रेष्ठ जी भन्नुहुन्छ-“पुरूषसंग टक्कर लिदै अध्यक्ष पदमा महिलाहरुको प्रतिनिधित्व गर्ने अर्की साहसी उमेदवार कमला प्रसाइले भन्नु भयो - सहमति गराउन सक्नु हुन्छ भने अनेसासमा म तपाईंको नेतृत्व स्विकार्न तयार छु । कत्रो लचक्दारीपन र उदारता !!! वहाले मलाई उछिनेर चुनाव बिना नै जित्नु भयो । वहाकै भाषाशैलीमा वहालाई कम्तिमा एउटी नेपाली चेलीको सम्मान गर्न सकेको भए म वहाको ऋणी हुनु पर्ने थिएन आज । त्यहि अन्तरालमा एउटा ब्रहमचेतना खुल्यो - सायद नेतृत्व दिन तम्सने व्यक्ति त्यागी र लचकदार हुनै पर्छ, नत्र कसरी हुन्छ अग्रगामी काम संस्थाको हितकोलागि?”

जय अनेसास ।

With regards

Hari Manandhar "Bibash"
ISRAEL
Secretary
INLS Israel chapter
Editor
"MERO NEPAL"
A Nepelese Bi-monthly magazine

 

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?