NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by INLS Washinghton D.C. Metro Chapter   
Tuesday, 22 March 2011 19:46

वाशिङ्गटन डि.सी.- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्गटन डि.सी. मेट्रो च्याप्टरको पदस्थापन तथा शपथ ग्रहण एक कार्यक्रमकावीच आइतबार स्थानीय आर्लिङ्गटन पुस्तकालयमा सम्पन्न भएको छ ।


 

Newly elected INLS Washinghton D.C. Metro Chapter members. Photo courtesy: Gunaraj


प्रमुख निर्वाचन आयुक्त खेम भट्टचनले सर्वसम्मतरुपमा निर्वाचित कार्य समितिका पदाधिकारीहरुको नामावली घोषणा गर्नु भएपछि सभाका प्रमुख अतिथि अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुको साथै बधाई ज्ञापन गर्नु भएको थियो ।

च्याप्टरको नव निर्वाचित कार्यसमितिमा अध्यक्ष प्रकाश नेपाल, उपाध्यक्ष माजु निरौला, महासचिव विजय थापा, सचिव गुणराज लुइटेल र कोषाध्यक्ष खिमानन्द आचार्य हुनुहुन्छ ।

सोही सभास्थलमा बसेको नयां कार्य समितिको बैठकले खेम भट्टचन, रामप्रसाद खनाल र गोपाल रेग्मीलाई सल्लाहकारमा र विमला निरौलालाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ ।

सो अवसरमा साहित्यकार समालोचक तथा बाल्टिमोर कम्युनिटी कलेजका प्राध्यापक एच.बी. भण्डारीले नेपाली साहित्यको प्रबद्र्धन, संरक्षण र विस्तारमा कुटनीतिक नियोगको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । आफ्नो कार्यपत्रमा उहांले हामीले राम्रो गर्छु भनेर सपना देख्न थाल्नु पर्छ, दीर्घकालीन योजना बनाउनु पर्दछ, आपसी सूचना आदान प्रदानमा बढी ध्यान दिनु पर्दछ, कति काम भयो भएन भनेर अनुगमन पनि गर्नु पर्दछ र सवैले समाजप्रति जिम्मेवार हुनु पर्दछ भन्ने कुरामा जोड दिनु भयो । उहांले कूटनीति र साहित्य एक अर्काका पूरक भएकोले राजदूतावास लगायतका कूटनीतिक निकायहरुले साहित्यको विकासमा विशेष पहल गर्नु पर्ने सुझाव दिनु भयो ।

प्रमुख अतिथी राजदूत शर्माले कला, साहित्य र संस्कृतिको माध्यमबाट नरम, करम कूटनीति, सफ्ट डिप्लोम्यासी अघि बढाउन सजिलो हुने भएको भिजिट नेपाल कार्यक्रम पनि यही अन्तर्गत ल्याइएको र आगामी दिनमा साहित्यकारहरुसंग समन्वय गरी काम गर्ने कुरा बताउनु भयो ।

नव निर्वाचित कार्यसमितिका सदस्यहरुलाई अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक होमराज सुवेदी, अमेरिका नेपाल समाजका अध्यक्ष नगेन्द्र पौडेल, अन्तरराष्ट्रिय नेपाली कलाकार मन्चका अध्यक्ष रामप्रसाद खनाल, साहित्यकार भारती गौतमले नव कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।

समारोहमा साहित्यकारहरु भारती गौतम, आनन्द शर्मा, खिमानन्द आचार्य, राधिकादेवी रेग्मी र गुणराज लुइटेलले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रमका सभापति तथा च्याप्टरका निबर्तमान अध्यक्ष शरद निरौलाले नयां कार्य समितिलाई पदीय कार्यभार सुम्पिनु भएको थियो भने कार्यक्रमको संचालन विजय थापाले गर्नु भएको थियो ।

-INLS Washinghton D.C. Metro Chapter

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?