NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ हुँदै, प्रथम हुनेलाई १ हजार डलर नगद पुरस्कार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by ANA   
Monday, 16 May 2011 21:38

वासिङ्टन डिसी- "आगामी जुलाईको १३ मा अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो क्षेत्रमा हुन लागिरहेको एशोशिएशन अफ नेपलिज इन अमेरिका (ANA) को बृहत सम्मेलनको अबसरमा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा हुने अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कवि साहित्यकारहरुलाई आफ्नो कविता पठाउन हुन हार्दिक अनुरोध गर्दछौं ।"



पुरस्कार
१. प्रथम - 'हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार', प्रमाण पत्रसहित युएस् १००० डलर नगद
२. द्धितीय - 'शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार' प्रमाण पत्रसहित युएस् ३०० डलर नगद
३. तृतीय - 'बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार' प्रमाण पत्रसहित युएस २०० डलर नगद

नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमासमेत पठाउन सकिनेछ । तर सो कविताको नेपाली रुपान्तर पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद विनाको कविता स्वीकृत हुने छैन ।
२. कविता मौलिक कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सम्पर्क शुत्र स्पष्टसंग लेखिएको हुनु पर्नेछ ।
४. कविता टाईप गरिएको हुनु पर्नेछ र इमेलमार्फत पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित
रुपमा आएका कविताहरुलाई प्रतियोगितामा सामेल गरिने छैन ।
५. महोत्सवमा कविले आफूले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता जुन १५, २०११ भित्र देहायको ईमेलमार्फत आई पुग्नु पर्नेछ । त्यसपछि आएका कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।

इमेलमार्फत कविता पठाउने ठेगानाः

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it           
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

संयोजक
गोविन्दिसंह रावत
अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११

अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ को प्रेस विज्ञक्ति

आगामी जुलाईको १-३ मा अमेरिकाको वासिङ्टन डिसीमा हुन लागिरहेको एशोसिएशन अफ नेपलिज इन अमेरिका (एएनए) को २९ औं सम्मेलनको अवसरमा नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा अन्तरराश्ट्रिय नेपाली कविता महोत्सव २०११ भव्यताकासाथ सम्पन्न गर्न अबश्यक तयारी आरम्भ गरिएको छ ।

यस वर्ष उक्त कविता महोत्सबको तयारीकालागि देहाय बमोजिमका उत्तर अमेरिकाका सातजना साहित्यकारहरुको एउटा समिति गठन गरिएको छ । यस समितिबाट रोजिएका पहिलो चरणका कविताहरु गोप्यरुपमा गठन गरिएको एक निर्यायक समितिमा पठाइने छ । नेपाल र अमेरिकाबाट समाबेश गरिएको सो निर्णयक समितिले जुन ३० सम्ममा आपुनो निर्णय बुझाउने छ र सोको नतिजा महोत्सवको दिन कार्यक्रममा घोषणा गरिने छ ।

संयोजक समिित
१. गोविन्दिसंह रावत- संयोजक
२. गीता खत्री- सदस्य
३ प्रकाश नेपाल- सदस्य
४. कुसुम ज्ञवाली- सदस्य
५. बिटु केसी- सदस्य
६. पर्ल रेग्मी- सदस्य
७. ऋषि बस्ताकोटी- सदस्य

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?