Inside

All Time Top 50 News

व्यङ्ग्य लेखनका हस्ती, ईतिहासकार तथा नेपाली भाषासाहित्यका महारथी जनकलाल शर्मा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Sunday, 27 March 2011 18:14

काठमाडौं- जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए । तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो ।

Author late Janaklal Sharma. Photo courtesy: Narendraraj


उनी सारै पेचपरेपछि मात्रै मान्छेलाई घोचेर भन्थे र व्यङ्ग्य गरेर लेख्थे । अनि लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका पनि महारथी भए । उनको लेखनको सीपले उनी देशदेशान्तरमा सुपरिचित भए । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य छ त्यहीँत्यहीँ उनको लेखकीय व्यक्तित्व पुगेको छ । लेख्तालेख्तै यिनले दर्ुइ दर्जनजति पुस्तक लेखे । लेखेरै यिनले चार नम्बरको गोरखादक्षिण बाहु पाए । लेखेरै यिनले चार हजार रुपियाँ राशिको मदन पुरस्कार पनि पाए ।

जनकलाल शर्मालाई नचिन्ने नेपाली साहित्यकार प्रायः छैनन् । यिनलाई चिन्नेमध्ये वासुदेव शर्मा लुइँटेल पनि एक थिए । लुइँटेलले जसको नाउँ पनि त्यस मान्छेको केही न केही प्रवृत्ति जोडेर र उसलाई अलिक होच्याएर नै राख्ने गर्थे । त्यसैले उनले जनकलाल शर्मालाई धोवी भन्थे ।

'१९८३ साल वैशाख १७ गते जन्मेको हो मेरो छोरो भनेर दार्जिलिङको स्कुलमा नाउँ लेखाइदिएका थिए मेरा पिताले' भन्ने जनकलाल शर्मा यथार्थमा इलामको क्याबुङमा १९७८ साल वैशाख १७ गते नै जन्मेका थिए । यिनका बुबा आमाको नाउँ थियो गोविन्दप्रसाद उपाध्याय ढकाल र कौशल्यादेवी । यिनीहरु कृषि पेशामा आबद्ध थिए । तर ताक परेका बेला गोविन्दप्रसाद ढकाल जजमानी पनि गर्थे । आफ्ना आमाबुबाकै नेतृत्व र संरक्षणमा शर्माको वाल्यकाल र किशोरावस्ता टुङ.गिएको थियो ।

शर्मा नेपाल र नेपाली प्रति खुवै चासो राख्थे । त्यसैले यी नेपालका धेरै गाउँ डुले र त्यही परिवेशमा डुबेर यिनले 'हाम्रो समाज : एक अध्ययन' नामक एउटा वृहत् सामाजिक इतिहास लेखे । साथै यिनले आफू पुगेका ठाउँमा पाठकहरूलाई पुर्याए । अर्थात् भनौं यिनले नियात्रा पनि लेखिरहे । साथै यी एसिया र युरोपका केही देश पुगे र त्यस विषयमा पनि यिनले लेखे ।

शर्माले दार्जिलिङदेखि बनारससम्मका स्कुल तथा कलेजहरू पढे । अन्त्यमा यिनले भारतको उत्तर प्रदेशबाट साहित्यरत्नको उपाधी लिए र यी फेरि नेपाल पसे । नेपाल आएर उनले सुरुमै सरकारी जागीर खाए तर त्यस बेला यिनको पद मास्टर थियो । क्रमशः उनी पुरातत्व विभागको महानिर्देशकसम्म पनि भए । उनले अरु हाकिमजस्तै कुर्सीमा बस्ने काम मात्र गरेनन् । त्यहाँ जागीर खाएर उनले त्यसै सर्न्दर्भमा नेपालका विभिन्न ठाउँको भ्रमण गरे र पुरातत्वका ज्ञानहरू बटुले । अनि उनले त्यस विषयका लेखरचनाको पनि आविष्कार गरे । त्यही काममा लाग्दा भारतका महापण्डित राहुल साङ्कृत्यायनसँग पनि यिनको सर्म्पर्क भयो । यिनहिरुको एकअर्कासँग सम्बन्ध पनि कस्तो थियो भने राहुलले उनलाई लेखेका चिठीमात्र १०४ वटा फेला परे । शर्माकै कारण राहुलले तेश्रो पत्नीका रुपमा डा. कमला साङ्कृत्यायनसँग विहे पनि गरे ।

शर्माले महाकवि देवकोटालाई मामा भन्थे । शर्माका कारणले राहुलले देवकोटालाई भारतीय तीन कवि पन्त, प्रसाद र निराला बराबर नेपालका एकजना महाकवि देवकोटा लेखे । अनी त्यसै घडी राहुलले देवकोटालाई पागलको सङ्केत गरेर पनि लेखे । त्यो पढेर देवकोटाले जनकलाललाई उति नै खेर लछारपछार गरे । अनि त्यसै राति उनले 'जरुर साथी म पागल' भन्दै एउटा कविता पनि लेखे र भोलिपल्टै त्यो जनकलाललाई सुनाए ।

शर्मा पुस्तक प्रेमी थिए । हात बाहिर पुस्तक भएका बेला उनीसँग कलमकापी हुन्थ्यो । उनी लेखिरहन्थे । त्यो पनि भएन भने उनको जनसर्म्पर्कमा समय जान्थ्यो यात टेलिफोनमा उनी झुण्डिरहन्थे । तर उनी ध्यान गरेरचाहिं बस्नै सक्तैन थिए । साथै उनी साथीभाइ भेला पारेर रक्सी खुवाउँथे र आफू पनि खान्थे । विजुली खाएर यी टिल्ल मात्थे तर नाक र मुख भूईँमा जोत्तैन थिए । एक दिन बिजुली खाएर उनले भनेका थिए, 'एक पटक केशवराज पिँडाली बिजुली खाएर पिसाब गर्न गएका थिए । पिसाब गरिसकेपछि  उनले प्यान्टको टाँक (त्यस बेला प्यान्टमा फस्नर लाउने चलन थिएन) लगेर कोटको टाँक लगाउने ठाउँमा लगाएछन् । त्यसै कारण उनी शौचालयमै कुप्रो परेकापरेकै भएछन् । केही छिनपछि पनि पिँडाली फर्केर नआउँदा म उनलाई खोज्दै शौचालय छिरेँ । त्यहाँ उनलाई कुप्रो परेर बसेको देखेपछि हत्तपत्त बोकेर वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएँ । उनी इमर्जेन्सीको खाटमा सुताइए । डाक्टरले कैंचीले च्वाट्टै टाँक काटेर उनलाई बिदा दिए ।' त्यस दिन शर्माका कुरा सुनेर हाँस्नेहरूमा दार्जिलिङका डा.कुमार प्रधान, ईश्वरवल्लभ र नरेन्द्रराज प्रसाई थिए । उनको विशेष सोख नै हाँस्नु हो भनेझैं गरी उनी प्रायः हाँस्थे । उनको हँसाइमा पीडाको रूपरङ्ग देखिँदैनथ्यो । दिल खोलेर हाँस्नु उनको कला थियो ।


आफूलाई भेट्न आउनेलाई शर्मा हँसाइरहन्थे । उनी अरूलाई प्रायः व्यङ्ग्य पनि हानिरहन्थे । अनि उनलाई पनि अरूले अपमान गरिहिन्थे, त्यो पनि उनी सहिरहन्थे । उनी केही कुराको पनि प्रत्युत्तरचाहिँ छिट्टै दिँदैनथे । त्यसैले उनले दिने प्रयुत्तरहरू पनि छुट्तै जान्थे । पछिपछि आफ्ना निबन्धमा उनी आफूलाई अपमान गर्नेलाई हिर्काएर पनि आफ्नो मन शान्त पार्थे ।

शर्माले २००२ सालमा (चन्द्रकला) संग बिहे गरे । यी दम्पत्तिबाट तीन छोराछोरी जन्मे । उनलाई २०४३ सालमा पत्नीशोकले छोप्यो । त्यसपछि मात्र उनले आफ्नो सक्कली जुनी बुझे ।

शर्मा हरेक प्रकारका खानाका सौखिन थिए । जुवा खेल्नेको विरोधी थिए । कसैले उनका विषयमा कुरा गर्दा उनी थाहा पाइहाल्थे 'यो के भन्दै छ -' उनी आफूलाई र्सकाएको रहेछ भने तुरुन्तै बुझथे र भन्थे 'मसँग तपाईं के पटयाउन लाग्दै हुनुहुन्छ !" उनी खुलस्तका चौबीस क्यारेडका सुन थिए ।

शर्मा प्रायः सबै कुराका सोखिन थिए । बजारमा राम्रो कलम निस्केको छ भने त्यो उनका घरमा पनि देखिन्थ्यो । राम्रा किताब, राम्रो लाइट, राम्रो चिम र भान्सामा प्रयोगमा आउने राम्राराम्रा सामानहरू किन्नमा पनि उनको विशेष रुचि थियो । उनी पैसाले माल किन्दैनथे, मालका लागि पैसा तिर्थे । उनका घरमा एउटा असल छोरो सुमन र एउटी असल बुहारी रम्भा पनि थिए । वास्तवमा उनको घर नै मनमोहक थियो । उनी बराबर भन्थे 'कसैको सभ्यता हेर्नुपर्छ भने त्यस घरको शौचालय, घरमूली स्त्रीको कुर्कुच्चो र काम गर्ने मान्छेको कपडा हेरे पुग्छ ।'

शर्माको सुत्ने कोठामा पनि पुस्तकका र्याक नै र्याक हुन्थे । उनको बैठककोठा त पुस्तकालय नै थियो । तर उनी कसैलाई एउटै पुस्तक दिँदैनथे । कसैलाई पुस्तक दिँदा लामो तमसुक नै लेख्नुपर्थ्यो । त्यसरी उनले पुस्तकहरूको आदर गरेका थिए । तर उनको शेषपछि त्यहाँको पुस्तकालय, दराज र पुस्तकहरु खण्डित भएर हरेक कोठाकोठामा शरण पर्न थाले ।

नेपाली साहित्याकाशका प्रखर, निष्ठावान् र माथिल्ला कोटीका साधक शर्मा सिर्जनामा नै जोतिदा जोतिंदै थला परे । २०५६ साल माघ १६ गते अथवा शहीद सप्ताहको अन्तिम दिन उनी पनि र्स्वर्ग गए ।

-Narendraraj Prasai in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.