NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Global Fedration for Nepali Literature (GFNL)   
Wednesday, 30 March 2011 11:20

ब्रुनाई- विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक २८ मार्चमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

 

Updated: यसैबिच, तेस्रो बैठकले निर्णय गरे बमोजिम अव विश्वब्यापी अडियो गजल प्रतियोगिता २०६८ सुसम्पन्न हुने भयो । पुरस्कार तथा कार्यक्रम प्रायोजन गरिदिन सम्पूर्ण शाखा, सम्बन्धन प्राप्त संस्थालगायत सबै सस्था ब्यक्तिलाई अनुरोध गर्दछौं । पुरस्कार प्रायोजन गर्ने संस्थालाई सह-आयोजक वा सहयोगि संस्थाको रुपमा राखिने पनि निणर्य भएको छ ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो । बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनकोलागि महासंघले निर्माण गरेको 'नेपाल सम्बन्धि सूचना सुधार कार्यदल'मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत) लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मासहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फ्रेन्च, चाइनिजलगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो ।

महासङ्घले प्रदान गर्ने सम्मान तथा पुरस्कारको सम्बन्धमा प्रारम्भिक प्रतिवेदन कार्यदलका सदस्य उमा सुवेदी (इजरायल) ले कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रत्येक स्रष्टा तथा साहित्यिक संघसंगठनहरुसम्म पुर्याउन र पुग्नकोलागि विश्वब्यापी अनलाइन साहित्यिक प्रतियोगिता गर्ने निणर्य भयो । उक्त प्रतियोगिताकोलागि संयोजक महासचिव तिगेला (ब्रुनाई) लाई तोक्यो भने आर्थिक कार्यदलको संयोजकमा अध्यक्ष डा. माधुर्य (रसिया) र सदस्यमा गोविन्दप्रसाद गौतम (रसिया) लाई छनौट गर्यो । त्यस्तै गरि, शाखाहरुलाई क्रियाशिल तथा विस्तार गर्नकोलागि पनि अध्यक्ष संयोजक र केदार सुनुवार (अफगानिस्तान), नम्रता गुरागाई (अमेरिका) सदस्य रहेको कार्यदल निर्माण भयो ।

कार्यक्रमको शुरु र अन्तमा गरि दुइ चरणमा राखिएको सिर्जना बाचन कार्यक्रममा विभिन्न १७ जना स्रष्टाहरुले आआफ्नो सिर्जना बाचन गरेका थिए । वैठकमा रसिया, सेसेल्स, कतार, अमेरिका, इजरायल,  अफगानिस्तान, ब्रुनाई, मलेशिया, बेल्जियम, चीन र वेलायतबाट सहभागिता रहेको थियो ।

हालसम्म महासङ्घको विभिन्न ९ मुलुकमा ११ वटा शाखाहरु निर्माण भई संचालनमा रहेका छन् भने शाखाहरु बन्नेक्रम निरन्तर चलिरहेको छ ।

विश्व नेपाली साहित्य महासंघ
केन्द्रिय समिति

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?