Inside

All Time Top 50 News

Mani Bangdel: कविता: मेरो मातृभूमि र मातृत्वको काख PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Mani Bangdel   
Wednesday, 30 April 2008 23:31

 

 

Mani Bangdel 

मैले छोडेर आउँदा मेरो देशमा 
चाँप, गुराँस, चम्पा, बेलि र चमेली 
फुलेको हुन्थ्यो झकमक्क
माछापुछ्रेको सितल पवनसँग
फेवा र बेगनासलाई चुम्दै 
तराई पहाड बहकिएर बसाउँथ्यो मगमग
मिरमिरेमा सुर्यको किरणसँगै
शितका थोपाहरु बोकेर मार्फाको थाप्लोमा
स्याउका दानाहरु टल्किन्थे टह टह 
ज्यामिरका केस्रा झैं मिलेका
पहाडी खेतका गराहरुमा
चिराखे र दुर्मालिका बालाहरु झुल्थे लहलह
कुमारीको िसंउदो जस्तै स्वच्छ
हिमाली भेगबाट मधेस लाग्ने
क्षितिज पारिको एक सुर्को बादल झैं झरनाहरु
सौन्दरीय प्राकृति छटा नियालेर
प्रफुल्ल हुने गर्दथ्यो मनको बह
बुद्धको हत्केलामा शान्तिको दीप जल्दा
निस्फिक्री निसङ्का लालाबालहरु
आफ्नै सँसार बनाएर खेल्दा
हर्षको आँसुले नभरिएको
कहिल्यै हुँदैनथ्यो मेरी आमाको गह
तर अहिले त खै कसको सराप लागेर हो
मेरो तेत्तिसकोटि देवताहरु पनि चुपचाप भई
चाँप गुराँसको बदला 
मंसाहारी सुनगाभा फक्रिनाले
जताततै आलो रगत गन्हाउँछ रे
बेलि चमेलिको बास्ना बोकेर 
गाउँ बेंसि बहकिने माछापुछ्रेको पवन
हिजोआज बम र बारुदको गन्ध लिएर 
मेरो देशको परिक्रमा लगाउँछ रे 
हिमाल बगेर मधेसको यात्रा गर्ने 
खहरेहरुमा कपास झैं हिउँको सट्टा 
सिसाको गोलिबाट छतबिछत भई
छटपटिएको खुन ढिका ढिकामा बग्छ रे 
लैबरिको भाका घन्किने रानीबनमा 
हिज-आज बेवारिसे लासको
निर्दोस आत्माहरु धुरु धुरु रुन्छन्‌ रे
बाँकी रहेको काठे, झोलुंगे, गोरेटो र घोडेटो
भत्किने विश्वासमा दुर्गमेहरुको भबिष्य 
अन्धकारतिर लम्किन थालेको छ रे 
त्यसैले परदेशिएको छोरो एकपटक हेर्ने आशामा 
मेरी बृद्ध आमा चाउरिएको छाला
निधारमा गाँठो पारेर साँझ बिहान 
टाढा टाढा गोरेटोमा 
मेरो आक्रिती नियाल्छिन्‌ रे
मधुरिई सकेको आँखामा
फरियाको सप्कोले पुछदै
ज्योति बढाउने कोशिस गर्छिन्‌ रे
बिबस र लाचार म यहाँ
मेरो मातृभुमि र मातृत्वको काख बिहिन
एकलो एकलो फगत एकलो छु ।

-Mani Bangdel, New York

Photo courtesy: Mani Bangdel

Published date: May 1, 2008. Published by www.usnepalonline.com

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.