NEWS: बिबिसी नेपाली सेवा ::

Inside

Rashmi Thapa Magar: कविता: सिगरेटको मोल, धुँवा र मेरो प्रेम PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Rashmi Thapa Magar   
Monday, 28 June 2010 17:48

वाह !

एउटा सिगरेटको मोल कति पर्छ?

२५ पैसा !

त्यहीं २५ पैसाको मूल्य भित्रको धुँवासंग

तिम्रो माया
तिम्रो अतीत
तिम्रो मुस्कान
तिम्रो खुशी
तिम्रो सपना
तिम्रो पाइला
तिम्रो आँखा
तिम्रो बाचा

यावत खोज्नु
थुक्क मुर्ख-

पागल प्रेमी म !

From the upcoming poetry book "याद"

-Rashmi Thapa Magar
Toronto, Canada

Rashmi Thapa. Photo: eEyeCam.com

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

avatar 3h
0
 
 
25 paisa hoina hai. 25 cents hola. 25 paisa bhanda nepali 25 paisa bujhinchha, US-Canada kaa nepali heru le bhujhe pani Nepal kaa heru chai hansdachhan.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Aadi Yakthumba
0
 
 
wow! i liked the poem, its simply the best.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Daadaa Ghare
0
 
 
रश्मी जि,

यो कविता पढेर
अनि फोटोको फैलिएको काख देखेर
एउटा मुक्तकको कमेन्ट दिन मन पर्‍यो
स्वीकार होस है. . . . . . . . .

= = x =

भो न अब त प्रिय,
कति रम्छौ बादलुको घुम्टोभित्र ?
बिर्सिदेउ त्याहाँका स्वर्गका परी
पर्खाई लामो भो
तिम्रो प्रियतमालाई
संसार आट्नेगरी फैलिएकी छु
बिन्ती छ धर्तीमै झरिदेउ
यो फैलिएको काखमा पर्ने गरी

बस् .. .. ..

कलम नरोकियोस साधुवाद छ !

शुभचिन्तक,
डाँडाघरे
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Rashmi Thapa
0
 
 
यहाँलाई सलाम छ !

कविता र मेरो खाली काखलाई सम्झी लेखेको
मिठो मुक्तक सुझाबलाई
मेरो सलाम छ,
सलाम !

धेरै रोएं, रुँदा रुँदै
आँसुको थोपा सागरमा मिले जस्तो लाग्यो

धेरै कराएं, धेरै चिच्च्याएं
चिच्याउँदा चिच्याउँदै
भिडैभिडको संसारमा प्रिय तिमीलाई बोलाए जस्तो लाग्यो

बस्,

धेरै खोजें
अब त प्रिय तिमीलाई खोज्दा खोज्दै
औँसीको जून र बर्षादको बादलुको तरंग भित्र हराए जस्तो लाग्यो

त्यसैले त प्रिय,
संसार अट्ने गरी फैलिएको छु
धर्तिमा झरी देउ भनी आश्वासन नदेउ प्रिय
बिन्ती छ मेरो
बिन्ती छ।
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dada Ghare
0
 
 
रश्मी जि,

तपाईंको जवाफि मुक्तकको जवाफमा अर्को मुक्तक हेर्नोस है त ।

डाँडाघरे

आरु फुल्छ बैशाख मास
चाँप फुल्छ कठ्याङ्ग्रिने माघमा
भमराको हजुर जातै त्यस्तो
सधैं खोज्छ फुलै फूलको बास
तर तिम्रो प्यासी भमरा चाहिं
भुल्न खोज्छ तिमी फूलको रागमा
खुला राख दिलको ढोका भित्र जान देउ
आउंदैछ पागलप्रेमि न्यानो काखमा रम्न
ज्वालामुखि चाहनालाई सक्छौ के त थाम्न ?
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Rashmi Thapa
0
 
 
आरुको फूल जस्तै
अनि
चाँपको फूल जस्तै
बर्शौं फूलेर पनि झरी सकें
तर प्रिय न त तिमी
आरुको फूलको बास्नामा रमाउन आयौ
न त प्रिय कठाङ्ग्रिने मासमा फूल्ने
चाँपको सुगन्धमा उड्न आयौ
त्यसैले प्रिय
तिम्रो झुठो ज्वालामुखी चाहनालाई
उजाडिएको काख
अनि
टुक्री सकेको मनको ढोकालाई साथ दिन आउँछु भनी
घरी घरी तर्साउन नआउ
त्यसैले प्रिय अब त
फूल झरी सक्यो
अनि
सुगन्धको रात हराइ सक्यो
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dada Ghare
+1
 
 
पीरतिको धुन तिमीलाई

स्वीकृतीको आभाष पाएँ
अघि बडें छुन तिमीलाई

संयोगको त्यो अतित सम्झी
अब छंदै छैन रुन तिमीलाई

आउ संगसंगै रमाएर बाचौं हामी
दिउंला मीठो पीरतिको धुन तिमीलाई

एक्लो जीवन जीउन गाह्रो होला
बिन्ति मेरो जीवनसाथी हुन तिमीलाई
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Rashmi Thapa
0
 
 
तिम्रो पिरतीको धुन सुन्ने आसै आसमा
यो मनको धुन टुटी सक्यो
तिम्रो जीवन साथी बनी संगै जिउने आसै आसमा
एक्लो जीवन जिउन बानी परी सक्यो
तिम्रो साथ लिइ बाँच्ने आसै आसमा
जिन्दगीको घुम्टोले डाँडा काटी सक्यो
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Dada Ghare
0
 
 
मन थाम्ने गर - (गजल)

कल्पनाको सुखी संसारभित्र मात्र कति रम्छौ ?
जीवन जिउन यथार्थको संसारमा पनि रम्ने गर

पीरतिको धुन यो दिंदा दिंदै मनको धुन किन तोढ्छौ ?
एक्लो जिउनु ब्यार्थै हुन्छ साथीसंगीसंग पनि रम्ने गर

जिउने आशा राख्दा धैर्यताको बाँधलाई किन तोढ्छौ ?
जिन्दगीको घुम्टोसंगै आफ्नो मनलाई पनि थाम्ने गर

-डाँडाघरे
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Basu Parajuli
0
 
 
i saw some article that wass published on 21 oct.2011 in Nagarik Daily news paper , Nepal. so if you are keen itnrested in handicraft Business in Canada plz do't forget logon this my home page www: buttonpalace.com( which is pioner handicraft Indtustry in Nepal)
Thanks
Basu parajuli
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?