NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल र भारतका ६ जना साहित्यकारहरुलाई नइ पुरस्कार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 16 February 2010 00:21

काठमाडौं- नइ प्रकाशनले विभिन्न क्षेत्रमा रहेर वाङ्मयको उल्लेखनीय सेवा गर्ने ६ जनालाई जनही १० हजार रूपियाँ राशिका २०६६ सालका नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली सङ्गीतको श्रीवृद्धिका लागि तीन दशकदेखि समर्पित हुँदै स्वरका माध्यमले जनमन छुन सफल रामा मण्डललाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, तीन दशकअघिदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लेखन र समाजसेवामा महत्वपूर्ण योगदान दिनुहुने श्रीमती पुष्पलता आचार्यलाई नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

झन्नै तीन दशकदेखि नेपाली वाङ्मयको साधनामा समर्पित रहँदै निबन्ध, प्रबन्ध, स्तम्भ लेखन तथा साहित्यक पत्रकारितामा समेत महत्वपूर्ण योगदान दिनुहुने जयदेव भट्टराईलाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुको हीत, मर्यदा र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएउनु हुने नीलहीरा समाजका अद्यक्ष तथा संविधानसभासद् सुनीलबाबू पन्तलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

तीन दशकदेखि नेपाली भाषासाहित्यको साधनामा समर्पित रहँदै लघुकथा, कविता र निबन्ध लेखनका साथै चिकित्साक्षेत्रमा समेत महत्वपूर्ण योगदान दिनुहुने डा. रवीन्द्र समीरलाई नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, भारतको दार्जीलिङ निवासी श्रीमती नीना राईद्वारा लिखित 'अन्तर्दृष्टिका रङहरू' नामक कृतिका लागि नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा बसेको बैठकले यी पुरस्कारको घोषणा गरेको हो । यी पुरस्कार आगामी चैत ४ गते काठमाडौंमा प्रदान गरिने छन् । नइ प्रकाशनका १८ वटा पुरस्कारलाई हरेक वर्ष ३ चरणमा प्रदान गरिन्छ ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?