Inside

All Time Top 50 News

देशविदेशका ७ जना ब्यक्तित्वहरुलाई नइ देरुनीख पुरस्कार प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 14 May 2013 20:35

Special: 8 photos: काठमाडौं- देशदेशान्तरका सात जना महानुभावलाई २०७० सालको नइ पुरस्कार प्रदान गरिएको छ ।


Save

 

NAI Prakashan honored 7 distinguished personalities with NAI Awards in Kathmandu. Photos courtesy: NAI Prakashan

तीन लाख रूपियाँ राशिको नइ देरूख अन्तर्राट्रिय पुरस्कार फ्रान्सका मानवशास्त्री प्रा.डा. गेरार्ड टोफाँलाई प्रदान गरिएको छ ।

यसैगरी दुई लाख रूपियाँ राशिको नइ देरूनीख अन्तर्राट्रिय पुरस्कार नेपाली मुलका अमेरिकाका नागरिक समाजसेवी डा. हरिहर शर्मालाई प्रदान गरिएको छ ।

L to R: Dharmaraj Thapa, Prof. Dr. Jagdishchandra Regmi, Mohansundar Shrestha, Indira Rana Magar and Dr. Rachana Rai. Photos courtesy: NAI Prakashan.

यी दुबै पुरस्कार नेपाल र नेपालीकालागि विशिष्ठ योगदान गर्ने विदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिन्छ ।

वाङ्मयकर्मी जनकविकेशरी धर्मराज थापालाई एक लाख रुपिया राशिको 'नइ खरा सुकीर्ति पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीलाई पचास हजार रूपियाँ राशिको 'नइ खरा प्रदीप्ति पुरस्कार' प्रदान गरिएको छ ।

Tofin Frence with NAI Award in Kathmandu. Photos courtesy: NAI Prakashan.

दृश्यविहीन भएर पनि साङ्गीतिक जागरणमा समर्पित शरोदवादक मोहनसुन्दर श्रेष्ठलाई पचास हजार रूपियाँ राशिको 'नइ खरा सुरभि पुरस्कार' प्रदान गरिएको छ ।

समाजसेवी इन्दिरा राना मगरलाई पच्चीस हजार रुपिया राशिको 'नइ खरा गौरव पुरस्कार' प्रदान गरिएको छ ।

प्राकृतिक चिकित्सक डा. रचना राईलाई पन्ध्र हजार रुपियाँ राशिको 'नइ खरा पौरख पुरस्कार' प्रदान गरिएको छ ।

उक्त पुरस्कारहरु नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती तथा विश्वनारी नेपाली साहित्य रत्न डा. वानीरा गिरीले प्रदान गर्नु भएको हो।

यी पुरस्कार खनूपरुदे 'रामबाबू'बाट स्थापना गरिएका हुन् । रामबाबू प्रसाई अस्वस्थ हुनु भएकाले समारोहमा उपस्थिति हुन सक्न भएन ।

समारोहमा यज्ञप्रसाद आचार्यद्वारा लिखित 'फ्यूजनको जगमा शिलान्यास' नामक कथासङ्ग्रहको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती र विश्वनारी नेपाली साहित्य रत्न डा. वानीरा गिरीले लोकार्पण गर्नुभयो ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, विश्व नारी नेपाली साहित्य रत्न डा. वानीरा गिरी, डा. सत्यमोहन जोशी, डा. मोदनाथ प्रश्रित, साहित्यकार तथा राजनीतिज्ञ यज्ञप्रसाद आचार्य र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा मन्तव्य प्रकट गरिएको थियो ।

नइ प्रकाशनका सत्ताईस वटा पुरस्कारहरु हरेक बर्ष तीन चरणमा प्रदान गरिन्छन् ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.