Inside

All Time Top 50 News

देशविदेशका १० जना नेपाली प्रतिभालाई नइ पुरस्कार प्रदान गर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 05 February 2014 20:12

अमेरिका निवासी नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने
Special: 10 photos:
काठमाडौं- नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्रष्ट्रिय क्षेत्रका दस जना प्रतिभालाई २०७० सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन् ।


Nai Prakshan honoring 10 Nepalese: L to R: Krishna Das Mahayogi, Bijay Chalise, Prof. Dr. Kapil Lamichhane, Pramod Pradhan, Dr. Laxman P. Gautam, Lila Luitel, Jujukaji Ranjit, Ram P. Panta, Neelam Karki Niharika and Umesh Pandey 'Niruta'. Photos courtesy: Nai Prakashan

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

धर्मसंस्कृतिको सम्वर्धन, संरक्षण र जागरणमा समर्पित श्री १००८ डा. कृष्णदास महायोगी सिद्धबाबालाई नइ चन्द्रधन पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

नेपाली भाषा तथा साहित्यको स्तरीय सृजनाका निम्ति विजय चालिसेलाई नइ ईश्वरवल्लभ पुरस्कार र प्रा.डा. कपिल लामिछानेलाई नइ धनरुप पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

त्यसैगरी, नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति प्रमोद प्रधानलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यको समालोचना लेखनमा महत्त्वपर्ण योगदान गरेवापत डा. लक्ष्मणप्रसाद गौतमलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ ।

साथै, नारी स्रष्टाको खोज, अध्ययन र अनुसन्धानमा समर्पित लीला लुइटेललाई नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

आधुनिक सङ्गीतको महिमा वृद्धि गराउने योगदानका निम्ति जुजुकाजी रञ्जितलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

रामप्रसाद पन्तलाई साहित्य सृजना तथा साहित्यिक पत्रकारिताका निम्ति नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यमा सदैव जागरूक अमेरिका निवासी नीलम कार्की निहारिकालाई नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तारमा योगदान पुर्याएबापत तेस्रो लिङ्गी उमेश पाण्डे 'निरुता' लाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ ।

यी पुरस्कार आगामी फागुन २२ गते काठमाडौंमा प्रदान गरिने छन् ।

नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका पच्चीस वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

-Narendraraj Prasai in Kathmandu

Read related news:

-http://www.usnepalonline.com/literature/

-नौ जना बालबालिकालाई 'नइ देरुनिखपु बाल पुरस्कार' प्रदान

-देशविदेशका ७ जना ब्यक्तित्वहरुलाई नइ देरुनीख पुरस्कार प्रदान

-देशविदेशका ९ जना प्रतिभालाई नइ पुरस्कार प्रदान

-नौ जना बालबालिका 'नइ देरुनिखपु बाल पुरस्कार' द्वारा सम्मानित

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.