NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

माओवादीदेखि राजावादीसम्म, अध्यारोबाट उज्यालोतिर: यसरी बिते प्रसाईंका ५६ बर्ष PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 13 April 2011 03:24

मन पर्ने उक्ती "संसारमा सबैभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें"
काठमाडौं- म छक्क परेको छु, आजै मैले छपन्न वर्ष पार गरिसके छु । बाह्र वर्षसम्म मेरै जन्म थलो ताप्लेजुङको हाङ्पाङमा मैले मेरो आँसु र हाँसो ओछ्याएर विताएँ । अनि पन्ध्र बर्षसम्म झापाको शनिश्चरेमा साइकल र घोडा कुदाएर मैले केही सुखद् समय पनि कटाएँ ।



त्यही समयमा म मेरी ठूलीमाका छोरा शिवप्रसाद शिवाकोटीको नेतृत्वमा माओ त्सेतुङ जिन्दावाद भन्दै हिंड्न थालें । तर मैले मेरा दाजु नन्दकुमार प्रसाईका प्रेरणाले बाह्र वर्षको उमेरअघि नै माओ त्सेतुङको बिल्ला लगाएर हाङपाङको सरस्वती हाइस्कुल जाने गरेको थिएँ।

 

काठमाडौंतिर

२०२७ सालको मङ्सिर महिनामा झापाको सालबारीमा शिवप्रसाद शिवाकोटीका साला खड्ग दाहाल र म प्रहरीसँगको लाठी मुङ्ग्रीमा परेपछि मलाई त्यहाँ बसेर पढ्न कठीन भयो । अनि मेरी दिदी नीरा सिटौला र भिनाजू नीलकृष्ण सिटौलाको सदविचारले म सोह्र वर्षको उमेरमा काठमाडौं छिरें । त्यति खेरको मेरो आपतविपतले म राजसंस्थामा लागेछु। दुर्योधनसँगको वचनमा बाँधिंएका कारण कर्ण दुर्योधनकै दलमा समर्पित भए जस्तै म पनि त्यस्तै भएको छु भन्दा मलाई फिटिक्कै ग्लानी छैन ।

Author Narendraraj Prasai. Photo courtesy: Narendraraj

सोह्रदेखि छपन्न वर्षसम्मको समय मेरो आँसु र हाँसोमा वितेको मैले महसुस गरेको छु । त्यही बेला मलाई गीतकार हुने पनि मौका जुर्यो । अरुणा लामाको स्वरमा "हाँसीहाँसी जलीरहें" पनि मेरो त्यही कष्टकर भाकाको उपज थियो, तापनि मैले सुकमित गुरुङको स्वरमा आबद्ध "मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ" जस्तो सुखद गीत पनि लेखें । यही क्रममा मेरा पौने दुई सयवटा जति दुखान्त भाकाका गीत तयार भए भने करीव दुई दर्जनजति रोमान्टिक गीत पनि लेख्न भ्याएछु । वास्तवमा गीत त्यस बेलाको मेरो जीवनलाई गितशील बनाउँने एउटा बुटी थियो । यथार्तमा कसैलाई भन्न नसक्ने मेरो हृदयको व्यथा नै गीतिभाकामा प्रस्तुत हुन थाल्यो । मलाई लाग्छ, शायद त्यसरी गीतमा मैले मेरा भावना पोख्तै नहिंडेको भए म आजको यो अवस्थामा आइपुग्ने थिइँन होला ।

बिरहको विगत

मेरो विगत सुक्खमा वितेन । त्यति बेला कहिले म आर्थिक हाहाकारमा चिरिएँ, कहिले म पारिवारिक पहिरोमा बगें र कहिले साहित्यिक यात्रामा पनि अनायसैको चट्याङमा परें । अनि यी प्राय: घटना मेरा जीवनमा टाँस्सिएको राजनीति कै कारणले पनि भएको थियो । औसरवादी हुन नचाएको पुरस्कार अझै पनि मैले परोक्ष र प्रत्यक्ष जताबाट भए पनि भोग्नु परिरहेको छ । तर जेजस्तो स्थितिको धारमा रेटिनु परेतापनि मैले आफूलाई पिपलपाते कलामा बदल्नै सकिन । त्यसो त मैले मेरो साहित्यलाई राजनीतिमुक्त कित्तामा सुरक्षित राखेको हुँदा मलाई अरुका राजनीतिक नारा र जुलुसले कुनै पनि प्रकारको प्रभाव दिन सकेन । यहीक्रमले म हिंडिरहें, हिडिरहें र फेरि पनि हिंडिरहें ।

मैले लेखेका किताव कक्षा छदेखि एम्एसम्मका पाठ्यक्रमसम्म

अब त मैले लेखेका केही किताव पनि कक्षा छदेखि एम्एसम्मका पाठ्यक्रममा लाग्न थाले । नेपालभित्र मात्र होइन भारतका विभिन्न शिक्षणसंस्थाहरुमा पनि मेरा किताव भाइबैनाले पढने गर्छन् । झन्नै पाँच दर्जनजति लेखन र सम्पादनका मेरा कृतिहरु साहित्यको मन्दिरमा चढिसकेका छन्। अझै मेरा एक दर्जन कितावका पाण्डुलिपीहरु मुद्रणमा जाने बाटो खोज्दै मसँग सुरक्षित छँदैछन् । मबाट अरु पनि लेखन जारी छँदै छ । दैनिक अन्नपूर्ण पोष्टको साप्ताहिक स्तम्भकारका रुपमा पनि म आबद्ध छु । साथै त्रिमूर्ति निकेतन र नइ प्रकाशनप्रति पूर्ण बफादार हुनुचाहिं मेरो नैतिक कर्तव्य नै हो।

मेरो मनमा कसैप्रतिको रिस छैन । किनभने म अफ्नो काममा नै रुचि राख्छु। म कसैलाई झुटो आश्वासन पनि दिन्न किनभने मलाई ज्यूदै मर्न डर लाग्छ । म केही बढी परिश्रम पनि गर्छु किनभने मैले गर्नु धेरै छ । त्यसैले म बिहान छ बजे उठिसक्छु र राति बाह्र वजेअघि नै सुतिसक्छु । अनि त मेरो छोरो कञ्चनजङ्घाले बराबर लेख्ने र भाषण गर्ने गर्छ "मलाई मेरा बुबाको परिश्रम र लगन मन पर्छ ।" तर सधैं उ मलाई भन्ने गर्छ "बुबा धेर नघोटिनु नि !" मेरी कान्छी छोरी अनुकृतिकालाई तिम्रो बुबाको नराम्रो बानी के छ भनेर कसैले प्रश्न गर्दा उस्ले भन्दिरैछे "बुबाको जोतिएर काम गर्ने बानी मलाई पटक्कै मन पर्दैन ।" आज बिहानै मेरो छोराले आएर मलाई भन्यो "बुबा आजदेखि काम आधा घटाउनु ल !" मैले ल भनिदिंदा इन्दिरा, प्रिया, अनुकृतिका, सुमित्राराज्यलक्ष्मी चौधरी र अनूप थापाले वेस्सरी ताली बजाएका थिए । अनि सबैको लहलहैमा लागेर मेरी ९३ वर्षीय आमाले पनि ताली बजाउनु भएको थियो ।

मन पर्ने उक्ती "संसारमा सबैभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें"

मेरी आमा भागीरथा प्रसाई मेरै साथमा हुनुहुन्छ । उहाँ पढ्न सक्नु हुन्न तर मैले लेखेका कुरा कहिलेकाहीं म उहाँलाई सुनाउने गर्ने गर्छु । केही दिन म त्यस कामबाट चिप्लेर हिंडें भने उहाँ भन्नु हुन्छ "छोरा तैंले लेखेको मलाई पनि सुना न !" त्यसैले उहाँले बुझे पनि र नबुझे पनि म उहाँलाई मेरा लेख सुनाउने गर्छु । मेरी आमा उहाँको हरेक पलमा मेरो अस्तित्व गाँस्न चाहानुहुन्छ । शायद त्यसैले नै मलाई बचाएको हुनुपर्छ । मैले मेरी आमाको अहोरात्र आशिरवाद पाएर नै म यत्तिको भएको छु जस्तो मलाई लाग्छ। भोल्टेयरले भनेको एउटा कुरा मलाई सारै चित्त बुझेको छ र मैले मेरी आमाको फोटो मुनी त्यही कुरा लेखेर मेरा कोठामा राखेको छु "संसारमा सबैभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें ।" किनभने मैले मेरी आमाको सम्पूर्ण दुक्ख देखेको छु र नदेखेको जति सुनेको पनि छु । अनि त म कुनै पनि क्षणमा आमा छाड्न सक्तिन । अनि मैले जति नै सुसेली बजाए तापनि मेरी आमाको सम्पूर्ण कार्यकर्ताका रुपमा चाहिं इन्दिरा नै देखा परेकी छिन् ।

पिरतीको गाँठो

मेरी पुरोधिका इन्दिरा मेरो जीवनमा घाम भएर झुल्किन् । क्रमश: हामी माझको प्रेम पनि विशिष्ट भएर प्रस्तुत हुन थाल्यो । यो जुनीमा मैले इन्दिराको गुन तिर्न नसक्ने अवस्थाको उनले मेरो टाउकामा ऋणको भारी बोकाई सकेकी पनि छिन् ।

Narendraraj Prasai and Indira Prasai, co-founders of Nai Prakashan (www.nai.com.np). Photo courtesy: Narendraraj

जुनदिनदेखि इन्दिराको पाइलो मेरा घरमा पस्यो, त्यसदिनदेखि उनले मेरी आमाको सम्पूर्ण जीवनरक्षा गर्ने काम गरिन् । त्यतिमात्र होइन उनले कञ्चनजङ्घाको संरक्षकत्व ग्रहण गरिन् । त्यसैले अहिले मेरो संसार झलमल्ल छ । आर्थिक रुपमा पनि सम्पूर्ण ब्यबहार मेरा छोरा कञ्चनजङ्घा, बुहारी प्रिया र इन्दिराबाटै धानिन्छ । उनीहरु तीनैजना क्याम्पसमा पढाउँछन् । अमेरिकामा गीताञ्जली छे, बेलायतमा निकेतिका छे । उनीहरुबाट पनि मलाई विविध सहयोग र सद्भावना बराबर भैरहेको छ । मेरी कान्छी छोरी अनुकृतिका त मेरो सेक्रेटरी नै भै हाली ।

अझ उज्यालोतिर


मेरो जीवन आज सुखद दिनमा रुपान्तर भएको छ । वास्तवमा यस्तो दिन कुनै बेला मेरो कल्पनाको पहुँचभन्दा बाहिरको कुरा थियो । त्यसैले आजको यो मेरो सानो संसार मेरालागि सपना नै जस्तो पनि भएको छ । सपनाकै कुरा गर्ने हो भने पनि इन्दिरा र मेरो माया, विश्वास र समर्पणको प्रतीककारुपमा स्थापित नइ प्रकाशन पनि विपनामा नै फक्रने क्रममा छ ।

-Narendraraj Prasai in Kathmandu

We wish him very happy birthday !- USNepalOnline Team

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?