NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रव्यापी गजल महोत्सव सम्पन्न, ६ गजल कृतिहरु विमोचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kaman Dewan   
Monday, 15 March 2010 18:47

झापा- नेपाली साहित्यको लोकप्रिय विधा गजलको संस्थागत विकास तथा थप आयामहरुका सम्वन्धमा अन्तरकि्रया गर्ने उद्देश्यले झापाको दमकमा गत फागुन २८ र २९ गते 'गजल परिक्रमा' नामक राष्ट्रव्यापी गजल महोत्सव सम्पन्न भएको छ ।

वरिष्ठ गजलकार तथा प्राज्ञ वुँद राना मगरले उद्यघाटन गर्नु भएको उक्त महोत्सवमा पूर्वाचलका अधिकांश जिल्लाका अतिरिक्त राजधानी पशिचम नेपालका पर्वत, चितवन, कैलाली, स्याङजा, रौतहट जिल्लाहरुवाट तथा भारतको दार्जिलिङ, सिक्किम र नेपाली भाषी भूटानी साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका वीच चुलाचुली इलामका गजलकार विवश वलिभद्र कोइरालाको 'काँचको मुटु', दमक झापाका गजलकार डिकेश लामाको 'मग तृष्ण', एलिना सङ्ग्रौला, अम्बिका कडरिया, दीपिका मिश्र र दीपा दाहालको 'दर्पण', वाँझो गजल मन्च इलामको 'गजल यात्रा', भूटानी गजलकार बुद्धिमान सम्हाम्फेको 'संगम' र खोटाङका राजन समीप राईको 'समीप' नामक गजल कृतिहरु विमोचित गरिएका थिए ।

गजल गायनसमेतलाई महत्व दिइएको उक्त कार्यक्रममा भूटानका ख्याती प्राप्त गायक प्रताप सुब्बा, युवा गायक शिव परियार लगायतले गजल गाएर मनोराजन प्रदान गरेका थिए ।

गजलको विकास र विस्तारकाबारे गजलकार केशव आचार्य, रेडियो नेपालका नवीन दाहाल, लोक गायक एलपी जोशी, प्रकाश आङ्देम्बे लगायतले बोल्नु भएको थियो ।

महोत्सवको आयोजना गजल नेपाल पूर्वाचल गजल मन्च, भेटघाट चौतारी, गन्तव्य थिएटर र भूटान गजल मन्चले संयुक्त रुपमा गरेका थिए ।

-Kaman Dewan in Dharan

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?