NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राणाशाही परिवारमा जन्मेका अमर साहित्य साधक बालकृष्ण सम PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Narendraraj Prasai   
Tuesday, 09 February 2010 23:44

काठमाडौं- राणाशासनको जल्दोबल्दो बेलाका साहित्यकार ह्दयचन्द्रिसंह प्रधानले बालकृष्ण समको नाटकको समालोचना गर्दा समलाई प्रधानले 'मौसूफ, लेखिबक्सेको, पढिबक्सेको, हजूर' जस्ता दरबारिया आदरार्थी शब्दहरुको प्रयोग गरे तर समलाई त्यो पटक्कै मन परेन, किन?

Great Nepalese literary figure Balkrishna Sam. Photo courtesy: Narendraraj Prasai


जहानियाँ एकतन्त्रीय राणाशासक परिवारमा नै बालकृष्ण समका बुबा समरशमशेर जबराको जन्म भएको थियो । समरशमशेर तथा आमा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्रका रुपमा समको जन्म संवत् १९५९ माघ २४ गते ज्ञानेश्वरमा भएको थियो ।

समका बाजे जनरल डम्बरशमशेर अत्यन्तै मापाका कठोर र क्रुर थिए । एउटा तानाशाही परिवारभित्र पनि दयालु, नरम र शिष्ट व्यक्तित्वको अवतरण हुँदो रहेछ भन्नुको प्रमाण समरशमशेरका छोराहरु पुष्करशमशेर र बालकृष्ण समको जन्मले स्पष्ट पार्यो ।

बालकृष्णशमशेर जबराको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा सम्पन्न भएको थियो । त्यस स्कुलमा दशौं कक्षासम्मको अध्ययन गरिसकेपछि उनले कोलकाताबाट म्याटि्रक उत्तीर्ण गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए । त्यहाँ उनले विज्ञान विषय लिएर पढ्न थाले । तर त्यसै बखत उनी सैनिक सेवामा प्रवेश भए । यी सैनिक सेवामा सुरुमा नै कप्तानमा भर्ना हुन पुगे । काम गर्दै जाँदा क्रमशः उनी सैनिक सेवामा असन्तुष्ट पनि हुँदै गए किनभने त्यस बेला समको गहिरो झुकाव नै साहित्य, कला र संस्कृतिमा थियो । सैनिक सेवामा आफ्नो असन्तुष्टि हुँदाहुँदै पनि उनी लेफ्टिनेन्ट कर्णेल चािहं भए ।

बालकृष्ण शमशेरले लेफ्टिनेन्ट कर्णेल भइसकेपछि सैनिक सेवालाई चटक्कै छाड्ने निधो गरे । परिणामस्वरुप यी वाङ्मयसेवामा नै आबद्ध हुन थाले । त्यस बेला उनको उदारतालाई राणाशाहीहरु पटक्कै देख्न सक्तैनथे । साथै नेपाली जनताचाहिँ समलाई 'राणा' को पगरीमा गुथ्ने गर्थे । त्यस बखत समसँग जनता पनि राणा भनेर त्रसित थिए । वास्तवमा त्यस बेला समको स्थिति अत्यन्तै नमज्जाको थियो तर यसो हुँदाहुँदै पनि उनी साहित्यमा लिप्त भए । एउटा सुखसयलमा हुर्केका र बढेका व्यक्तित्वमा पनि सरस्वतीको अनन्त साधना थियो । अनि उनी त्यसैमा समर्पित भएर आफ्नो अभिरुचिमा जुटेका थिए । हुँदाहुँदै यी नेपाली साहित्यमा एउटा अमर रत्नका रुपमा स्थापित भए । अनि त्यसैको परिणामस्वरुप उनलाई त्रिभुवन विश्वविद्यालयले पीएचडी उपाधि पनि समर्पण गर्यो ।

बालकृष्ण सम नेपाली भाषामा मौलिकताका प्रेमी थिए । संवत् १९७० सालमा स्थापित 'गोरखा भाषा प्रकाशिनी समिति' लाई समकै ओजस्वी नेतृत्वका कारणले 'नेपाली भाषा प्रकाशिनी समिति' मा रुपान्तर गराइएको थियो । केही कालसम्म त्यही प्रकाशिनी समितिका अध्यक्ष भएर उनले नौला र महत्वपूर्ण कार्यहरु गरे । त्यहाँ उनले विशाल सुधार गरे । वास्तवमा राणाकालीन युगमा पनि यिनले जनता र राष्ट्रका लागि काम गरे । संवत् २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा नेपाली पढाउने गर्थे । उनले यो क्रम निक्कै समयसम्म खेपेका थिए ।

राणाशासनको जल्दोबल्दो बेलाका साहित्यकार ह्दयचन्द्रिसंह प्रधानले बालकृष्ण समको नाटकको समालोचना गरेका थिए । त्यस समीक्षामा समलाई प्रधानले 'मौसूफ, लेखिबक्सेको, पढिबक्सेको, हजूर' जस्ता दरबारिया आदरार्थी शब्दहरुको प्रयोग गरे । तर त्यस समीक्षामा आधारित त्यस्ता शब्दहरु समका लागि अप्रिय भए । त्यसैले समले त्यस समालोचनाको बारेमा भनेका थिए 'साहित्यमा त्यस्ता शब्द प्रयोग नगर्नु राम्रो हुन्छ ।'

बालकृष्ण सम जनताका पक्का प्रतिनिधि थिए । त्यसैले उनले सैनिक सेवालाई पनि चटक्कै छाडिदिए । त्यसपछि उनी जनसमूहमा मिस्सिन लागे र जनतासँग गर्दन जोडेर हिँड्न थाले । अनि उनले आफुसँगसँगै आफ्ना छोरा जनार्दन समलाई पनि हिँडाउन थाले । यी बाबुछोराको काम, व्यवहार र पद्धति राणाका लागि सहन सक्ने विषय थिएन किनभने समहरु आफ्ना धारणा जनताका धारणामा आबद्ध गरी भाषण गर्दै हिँड्थे । परिणामस्वरुप बालकृष्ण सम र जनार्दन सम पक्राउ परे । समलाई जेलखाना चलान गरिएपछि समले त्यहाँ आफ्नो धारणालाई साकार पार्ने प्रतिज्ञा गरे । समले त्यस बेला आफ्ना प्रतिज्ञालाई तीन चरणमा विभाजित गरे:

१ सामन्ती पाराका स्वस्ति, कुर्णेश गोडामा ढोग्नेजस्ता चलनका सट्टा सबैलाई नमस्कार गर्ने

२ सबैमा समानता, सह्दयता र तपाईं शब्दको प्रयोग गर्ने

३ भादगाउँले टोपीलाई राष्ट्रिय पोशाक मान्ने ।

बालकृष्णशमशेर जबरा जेलमा थुनिएपछि उनले जेलभित्र विभिन्न घटना देखे । जीवनमा मान्छेले मान्छेलाई कसरी सताउँदो रहेछ भन्ने उनले जेलभित्रै प्रत्यक्ष घटना हेरे । जेलभित्र कैदीलाई आँखा चिम्लेर कुटेको क्षण उनका लागि चिरस्मरणीय दुःखद घटना बन्यो । उनीसँगै पक्राउ परेका न्हुच्छेमानले खाएको कुटाइले उनी नै दुःखित बने । न्हुच्छेमानले कुटाइ खाईखाई मर्नुपरेको घटनाले उनको भावना नै विह्वलित, शोकाकुल र व्यथित भयो । २००७ सालको जनक्रान्तिको सफलतापछि उनी पनि जेलमुक्त भए । त्यसपछि उनी आफ्नो समवेदना र सहानुभूति अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गए । अनि त्यही कारणले त्यसै दिनदेखि उनले शमशेरको 'शेर' लाई चट्टै काटेर आफ्नो थर 'सम' लेखे ।

बालकृष्ण सम बहुआयामिक व्यक्तित्वका धनी थिए । त्यसैले यी नेपाली साहित्याकाशैभरि सम्मानित भए । यिनको योगदानका कारणले यी सर्वत्र पुजिए । प्रजातन्त्रपछि मात्र होइन उनी २००७ सालअघि पनि जनप्रिय थिए । सम सधैं जनताका माझमा थिए । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली परिवेशप्रति समको अपार माया, गहन भरोसा र अनुपम श्रद्धा थियो ।

२००७ सालको क्रान्तिपछि समको व्यक्तित्वले झनै झाङ्गिने अवसर पायो । त्यसपछि उनी रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए । साथै उनी राजसभा स्थायी समितिका सदस्य पनि भए ।

नेपाली वाङ्मय संसारमा बालकृष्ण सम एउटा अमर प्राज्ञका रुपमा स्थापित भए । उनी एउटा उच्चकोटिका लेखक थि,ए सफल चित्रकार थिए र कुशल अभिनेता थिए । सम एउटा दार्शनिक थिए । उनले लेखेका कैयौं रचनाहरु दर्शनमा आधारित छन् । साथै उनले कैयौं नाटकमा आफुलाई मन्चित पनि गरे । उनी जेजे विषयमा हात हाल्थे सफल हुन्थे । उनी एउटा कुशल चित्रकार पनि थिए । उनले कैयौं चित्रहरुको पनि निर्माण गरे । चित्रकारितामा पनि समले खूबै प्रशंसा पाए, नाउँ कमाए र त्यसैमा पनि आफुलाई स्थापित गराए ।

समले नेपाली माटामा गर्नु गरे । यिनले नेपाली वाङ्मयमा हात हालेर नेपाली कला, संस्कृति र साहित्यलाई विश्वको कला, संस्कृति र साहित्यको हाराहारीमा पुर्याए । परिणामस्वरुप उनले नेपालबाट सम्मान पनि पाए । नेपाली वाङ्मयको उत्कृष्ट र उच्चकोटिको सेवा गरेबापत सम गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भए । उनले राजकीय पदक र त्रिभुवनजयन्ती पदक पनि पाए । नेपाली साहित्यको गरिमालाई नेपालका डाँडापाखा, सहर र बेंसी पुर्याएबापत उनलाई 'त्रिभुवन प्रज्ञापुरस्कार' पनि समर्पण गरियो । साथै नेपाली भाषा, साहित्य, कला, संस्कृतिको उन्नति र विकासमा लामो समयदेखि उल्लेखनीय सेवा गरी नेपाल राष्ट्रको गौरव विदेशमा समेत पुर्याएबापत सम 'पुथ्वी प्रज्ञापुस्कार' बाट पनि सम्मानित भए । त्यस पुरस्कारबाट सम्मानित हुने पहिलो स्रष्टा सम नै थिए ।

नेपाली भाषा र साहित्यको सेवाको सिलसिलामा समले नेपालका विभिन्न भूभागको भ्रमण गरे। साथै उनले नेपालका तर्फबाट विभिन्न सभा, समारोह र सम्मेलनमा भाग लिनका निम्ति भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रुस र अमेरिकाको भ्रमण गरे ।

बालकृष्ण समको व्यक्तित्वलाई मुख्यतया तीन भागमा विभाजित गरिन्छ; क- सांस्कृतिक व्यक्तित्व, ख- कलात्मक व्यक्तित्व, र ग- साहित्यिक व्यक्तित्व । उनको सांस्कृतिक व्यक्तित्वमा अभिनयले प्रमुख भूमिका खेलेको पाइन्छ भने उनी गीत गाउनमा पनि निपुण देखिन्छन् । समको कलात्मक व्यक्तित्वले चित्रकलाको भूमिकालाई उल्लेख गरेको पाइन्छ । उनका व्यक्तित्वमध्ये साहित्यिक व्यक्तित्वले चाहिँ देशदेशान्तरमा अहम् भूमिका निर्वाह गरेको छ । वास्तवमा सम आयरलैन्डमा जन्मेका भए यीट्स र बर्नार्ड शा हुन्थे अमेरिकामा जन्मेका भए टी.एस. एलियट हुन्थे र रुसमा जन्मेका भए मिखाएल शोलोखेभभन्दा ठूला पनि हुन्थे । तर एउटा गरिब र पछौटे देशमा जन्मेर बालकृष्ण सम नेपालभित्र मात्रै थन्किन पुगे । यति हुँदाहुँदै पनि उनी आफ्ना यात्रामा कहिल्यै नथाकी नेपाली माटामा करिब आठ दशक हिँडिरहे । त्यहीक्रममा उनका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।

नाट्यसम्राट् बालकृष्ण समको महिमामा संचारग्राममा उनको पूर्णकदको सालिक उभ्याइएको छ जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरु पनि विराजमान छन् ।

-Narendraraj Prasai and Indira Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?