NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Desh Subba   
Tuesday, 16 February 2010 15:04

हङकङ- हङकङस्थित कंघन रेष्टुरेन्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा आयोजित 'हङकङमा नेपाली साहित्य' विषयक अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

उक्त अवशरमा नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवमा सहभागी हुन आउँनु भएका प्राज्ञ तथा बरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टरार्इ प्रमुख अतिथी तथा धरानबाट आउँनु भएका भाषाशास्त्री प्रा.डा.टंक प्रसाद न्यौपाने विशेष अतिथी र साहित्यकार तथा पत्रकार प्रदीप सेमी मेन्याङवो अतिथीको रुपमा सहभागी हुनुहुन्थ्यो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा प्राज्ञ तथा प्रा.डा.गोविन्दराज भट्टरार्इले 'उत्तरआधुनिकता एक नयाँ विश्वपरिस्थितीमा नेपाली चेतनाको सन्दर्भ' शिर्षकको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। हङकङमा नेपाली साहित्य र प्रा.डा.भट्टरार्इको कार्यपत्र माथी भाषाशास्त्री प्रा.डा.न्यौपानेले टिकाटिप्पणी गर्नु भएको थियो। साथै साहित्यकार तथा पत्रकार मेन्याङवोले हङकङमा नेपाली साहित्यले अत्यान्तै चाँडो फड्को मारेको देख्दा आफुलाई गौरव लागेको कुरा वताउँनु भयो।

अन्तर्क्रिया कार्यक्रमको दौरानमा बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र कवियत्री इप्सुल मगरले कविता वाचन गर्नुभएको थियो । प्राज्ञ तथा समालोचक प्रा.डा.गोविन्दराज भट्टरार्इको कार्यपत्रमा जिज्ञासा उठाउँदै कथाकार प्रदीप कन्दङवा, कवि किराँती भोगेन एक्ले, संगीतकार दिनेश सुब्बा लगायतले उत्तरआधुनिक साहित्य लेखनमा आफुलाई लागेका प्रश्न राख्नु भएको थियो । वहाँहरुको जिज्ञास मेटाउँने क्रममा प्राज्ञ तथा समालोचक प्रा.डा.भट्टरार्इ र भाषाशास्त्री प्रा.डा.न्यौपाने दुवैले पालैपालो विभिन्न विचारहरु पेश गर्नु भएको थियो ।

अन्तर्क्रिया कार्यक्रमको सञ्चालन नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले र स्वागत मन्तव्य सदस्य डि.वि.पालुङवाले दिनु भएको थियो । अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले गर्नु भएको थियो ।

-Desh Subba in Hong Kong

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?