NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ बर्ष मनाउने साहित्यकारहरुको नौलो शैली PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 12 April 2010 11:39

काठमाडौं- बुधबारदेखि बिक्रम सम्बतको नयाँ साल अर्थात् २०६७ सुरु हुँदैछ । नयाँ बर्ष मनाउने नेपालीहरुका आ-आफ्ना शैली छन् । तर यसपाली नेपाली साहित्यकारहरुले मनाउने नयाँ बर्ष चाँही नौलो छ।

धर्मभीरुहरु मन्दिर जालान् र नयाँ बर्षमा आफ्नै सुख सम्बृद्धिको कामना गर्लान् । आधुनिक युवा पंक्तिले फोन एसएमएस र इमेल वा फेसबुकबाट नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नेछ । अनि मदिरा सेवन गर्नेहरु चाहिँ नवबर्षको पूर्व सन्ध्यामा आयोजना गरिने 'न्यू एयर इभ' मा गरेको ड्रिङ्गक्सका कारण नयाँ बर्षको दिन बुधबार बिहानसम्म झुम्म परिरहेका हुनेछन् ।

तर त्यसै दिने केही साहित्यकारहरुले भने नयाँ शैलीले नया बर्षको सुरुवात गर्दैछन्। उनीहरु त्यस दिनदेखि बिहान बिहान राजनीतिक पार्टीका नेताहरुको घर घर र दैलो दैलोमा पुग्नेछन् । तर नेताहरुको घर दैलोमा पुगेर उनीहरुले नेताहरुले जसरी भोट माग्ने छैनन् । बरु उनीहरुले माग्नेछन्, नया सम्बिधान । २०६७ जेठ १४ गते नयाँ सम्बिधान जारी गर्नुपर्ने दिन भएपनि नयाँ सम्बिधान जारी हुने सम्भावना कम हुँदै गएकाले उनीहरुले त्यसदिनदेखि नेताहरुको घर धाउने कार्यक्रम बनाएका हुन् ।

नयाँ बर्षको पहिलो दिनदेखि पारिजात स्मृति केन्द्रले समयमै जन सम्बिधान जारी गर्नकालागि दबाब दिन नेताहरुको घर घरमा पुगी कविता बाचन गर्ने कार्यक्रम तय गरेको छ । पहिलो दिन उनीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नयाँ बजारस्थित निवासमा पुगी कविता बाचन गर्नेछन् । त्यहाँ कविता पाठ गर्ने कविहरुले कविता मार्फत समयमै नयाँ सम्बिधान ल्याउनकालागि भूमिका खेल्न प्रचण्डलाई सुझाव दिनेछन् । प्रत्येक नेताहरुका घरमा पुगेर कविहरुले यसरी नै आधा घण्टा कविता बाचन गर्ने कार्यक्रम बनाएका छन् ।

नयाँ बर्षका दिन प्रचण्डकहाँ पुगेर कविता बाचन गर्ने कार्यक्रम बनाएपनि अन्य नेताहरुकहाँ कहिले जाने भन्ने तय भएको छैन । अन्य नेताहरुले साहित्यकारहरुलाई समय दिएपछि उनीहरुकहाँपनि जाने योजना उनीहरुले बनाएका छन् । २०६२-०६३ को जनआन्दोलनमा मात्र होइन २०४६ र २०३६ को आन्दोलनमासमेत भूमिका निर्वाह गरेको साहित्य जगतले नयाँ सम्बिधान निर्माण गर्नकालागि दबाब दिन बनाएको यो कार्यक्रम साँच्चिकै रचनात्मक खालको छ । तर के अरु नेताहरुले उनीहरुलाई समय दिएर उनीहरुका कविता चाहिँ सुन्लान् त ?

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?