Inside

All Time Top 50 News

"यस कारण म लामा हुन सकिनँ"- एनआरएन पूर्व अन्तरराष्ट्रिय अध्यक्ष देबमान हिराचन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devman Hirachan   
Tuesday, 25 June 2013 11:39

"मलाई राखेको पाल नै काटेर म त भागेर घर आएँ"
Exclusive: 2 photos;
हिमाली भेगमा बस्ने अन्य जातिमा जस्तै थकाली जातिमा पनि लामा र झुमा बन्ने चलन छ । यो चलनअनुसार छोराहरुमा माहिलोले लामा बन्नुपर्छ भने छोरीहरुमा माहिलीले झुमा बन्नुपर्छ । लामा र झुमा बनाइने माहिलो माहिलीहरुलाई ४-५ वर्षकै उमेरमा गुम्बामा लगेर चढाइन्छ ।


 

An autobiographical book by NRNA ICC ex-president Devman Hirachan. Photo courtesy: Devman Hirachan facebook profile

परिबारका माहिलो भएकाले मलाई पनि ४-५ वर्षको उमेरमै लामा बनाउने कुरा भएछ । लामा बनाउन भनेर मलाइ गुम्बामा लगिएछ । मलाईचाहिँ लामा हुन पटक्कै मन थिएन । म त पढ्न चाहन्थें । बुबा-मुमा र दाइ-भाइसँगै बस्न मन पराउँथें, साथीसङ्गीसँग हाँसखेल गरी जिउन चाहन्थे । मलाई त लामा हुनु भनेको जेलमा कैद हुनुझैं लाग्यो । हो, जनावरलाई जङ्गल र चरनमा नछाडी खोरमा थुनिराख्नुझै अनुभूति भयो । त्यसैले मलाई राखेको पाल नै काटेर म त भागेर घर आएँ ।

हुन त त्यसपछि पनि मलाई लामा बनाउन लाने कोसिस नभएको होइन । माहिलो भएर जन्मिएकाले मलाई बनाइयो भने धर्म, परम्परा र संस्कार पनि बच्ने र पुण्य पनि कमाइने भने लागेको हुन सक्छ, परिवार र समाजलाई । तर मैले आफ्नो अन्तर्मनमा लागेको पीडाअनुसार विद्रोह गरिरहें । मैले परिवारजन र समाजसामु अड्डी लिएँ, मलाई मारे पनि म लामा हुन त जाँदै जान्न । मेरो जिद्दीसामु कसैको पनि केही सीप लागेन । त्यसैले मात्रै म लामा हुनबाट बचेको रहेछु । नत्र अहिले पनि म कुनै गुम्बा वा बौद्ध मठमा लामा जप्ने लामा भएर बसिरहेको हुन्थें होला ।

देखेँ सबैकोअनुहार,
म गर्न सक्दिनँ कसैको विस्वास,
सबैको कुरा बुझेँ
सबैलाई चिनेँ, सबैलाई देखेँ
यो समय यस्तै छ, यो दिग्दार
संसार देखेर म अघाएँ
त्यसैले म चाहन्छु मेरो एकान्त जीवन ।


त्यसबेला लामा हुन नमाने अथवा लामा जीवनबाट मुक्त हुन चाहने कारण देखाउनु पथ्र्यो । लामा नहुने हो भने कि त ऊ शारीरिकरुपमा धेरै अस्वस्थ भएको हुनु पथ्र्यो । अलिकति बेसी उमेरको भए कुनै केटीसँग लागेर 'अपवित्र' भएको उदाहरण देखिनु पथ्र्यो । यी र यस्ता कारण देखाएर पनि लामा हुनबाट बच्न सकिन्थ्यो । तर, मैले त स्वविवेकले देखेरै विद्रोह गरेको हुँ । गाउँलेहरुको भाषामा केटौले जिद्दी गरेर लामा नबनेको हुँ ।

NRNA ICC then president Devman Hirachan with Nepalese leaders in Kathmandu in 2011. Photo courtesy: Devman Hirachan facebook profile

अहिले फर्केर हेर्दा लाग्छ, मलाई लामा बन्न किन मन नलागेको होला? बालापनका इच्छा- आकाङ्क्षाले तानिएर गुम्बातिर आकर्षित नभएको त पक्कै हो । तर ममा पुरानो बाटोमा लुरुलुरु नहिँड्ने प्रवुत्ति पनि रहेछ, त्यसकालागि अड्डी लिन सक्नुपर्ने रहेछ, जिद्दी गर्न सक्नुपर्ने रहेछ, परे विद्रोह नै पनि गर्न सक्नु पर्ने रहेछ, सायद, लामा नबने मेरा निर्णयसँगै ममा अड्डी लिने, जिद्दी गर्ने र विद्रोह गर्ने स्वभाव झँयागिएको हुन सक्छ ।

भनिन्छ, सुधार या उन्नति गर्न इच्छा-शक्ति र सिक्ने संकल्प चाहिन्छ । ती एक प्रकारका साधारण अभिलाषा हुन् । ती अभिलाषा पूर्तिकालागि साहसपूर्ण र सक्रिय प्रयत्न चाहिन्छ ।

अहिले पनि जब मेरो मनले 'यो काम गर हिराचन' भन्छ, तब म त्यस काममा डुबेरैलागि पर्छु । आफ्नो विवेकले देखेको काममा कहिले पनि मेरो हार्ने बानी छैन, पछि हट्ने प्रवृत्ति छैन ममा । ती काम जसरी भएपनि गर्नेपर्छ, गरेपनि सबै कुरा फत्ते हुन्छ भन्ने मेरो अनुभव छ । पढाई, जागिर, व्यपार-व्यवसाय र गैर आवासीय नेपालीहरुको संगठनका काममा पनि डुबरै लागें । र, बोलेरभन्दा गरेर देखाउने पुरानो अठोटले मलाई अझै निर्देशित गर्दै आएको छ ।

मेरो किताव 'कर्म' को आत्मकथन पेज ८३ बाट ।

मेरो एकान्त जीवन

मेरो एकान्त जीवन
जब म बिहान उठ्छु अनि चौतर्फी सुनसान देख्छु
त्यतिखेर मलाई आफूमा केही न केही
अतासिएको भान हुन्छ, यो दुःखद् जीवन
किन पाएछु?
न त कुनै ठाउँबाट सहारा पाउँछु,
दिनहरु आउँछन्, बित्दै गर्छन्,
तर म कसैबाट पनि सहारा पाउँदिनँ
यो देखेर मलाई दिग्दार लाग्छ,
यसैले म खोज्छु मेरो एकान्त जीवन

पानीको मूल फुटेझैं आत्माबाट
दुःखको भावना छुट्छ,
त्यति बेला आफ्नो वेदनाप्रति सान्त्वना
दिन कोही देख्दिनँ,
दिन जति-जति बित्छन्,
सारा शरीरका अङ्ग थाकेझैं, लाग्छ,
दिग्दार छ यो जिन्दगी,
त्यसैले म चाहन्छु मेरो एकान्त जीवन

पृथ्वीका सबै सृष्टि आफ्नै काममा
व्यस्त देखिन्छन्,
कोही केमा त, कोही केमा
यो मेरो छट्पटिएको वेदना
किन कसैले वास्ता गर्दैनन्?
म आफैंले सम्झन्छु र देख्न चाहन्छु
उही मेरो एकान्त जीवन

देखेँ सबैकोअनुहार,
म गर्न सक्दिनँ कसैको विस्वास,
सबैको कुरा बुझेँ
सबैलाई चिनेँ, सबैलाई देखेँ
यो समय यस्तै छ, यो दिग्दार
संसार देखेर म अघाएँ
त्यसैले म चाहन्छु मेरो एकान्त जीवन ।

यो कविता मैले सन् १९७९ मा लेखिएको हो, जुन मेरो किताव 'कर्म' मा छ ।

-Devman Hirachan

Note: देबमान हिराचन गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समिति (NRNA ICC) का पूर्व अध्यक्ष हुन्। उनी जापानदेखि नेपालसम्म ब्याबसायमा एक सफल नेपाली हुन्।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.