Inside

All Time Top 50 News

'अनेसास' को चुनाबी मैदानबाट हटे एक अध्यक्ष र एक महासचिब उम्मेद्वार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 11 June 2010 01:52

Exclusive: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०१०-१२ कोलागि हुन लागेको केन्द्रिय कार्य समितीको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार रसियाका साहित्यकार डा. मधु श्रेष्ठ र महासचिबका उम्मेद्वार ब्रुनाइका साहित्यकार एबं NepaliLiterature.com का प्रधान सम्पादक विश्वासदीप तिगेलाले समाजको ब्रिहत्तर हितकालागि भन्दै आ-आफ्नो उम्मेद्बारी फिर्ता लिएको घोषणा गरेकाछन्।

 

INLS Presidential candidate Dr. Madhu Shrestha. Photo courtesy: Dr. Shrestha.

समाजको आगामी जुन २८ देखी जुलाई १० बिच हुन लागेको केन्द्रिय समितीको निर्वाचनको उम्मेद्बारीको फिर्ता लिने अन्तिम मिती जुन १० तारिख भिड्किनै लाग्दा उनिहरुको यो उम्मेद्बारी फिर्ताको घोषणा आएको हो।

INLS General Secretary candidate Bishwasdeep Tigela. Photo courtesy: Tigela

यि दुई उम्मेद्वारहरु डा. श्रेष्ठ र तिगेलाको उम्मेद्बारी फिर्तापछि अब चुनाबी मैदानमा अध्यक्षका दाबेदार न्यू योर्ककि साहित्यकार कमला प्रसाइ र कोलोराडो (USA) का साहित्यकार ज्ञानेन्द्र गदाल तथा महासचिब पदमा न्यू योर्ककि साहित्यकार गीता खत्री र कतारका साहित्यकार दिपक भेट्वाल भिड्ने पक्का पक्की भएको छ।

INLS Presidential candidates: Gyanendra Gadal (Colorado, USA) & Kamala Prasai (New York, USA). Photos courtesy: Gadal & Prasai's facebook profile

समाजको महत्वपूर्ण मानिएको अध्यक्ष र महासचिब पदका अलावा चुनाव हुन लागेको अन्य पदहरुमा बरिस्ठ उपाध्यक्ष, क्षेत्रीय उपाध्यक्ष ओसियाना र क्षेत्रीय उपाध्यक्ष युरोप पदमा चुनाव हुनेछ। बरिस्ठ उपाध्यक्ष पदमा बेल्जियमका कृष्ण बजगाइ र अमेरिकाको नर्थ क्यारोलिना राज्यका साहित्यकार नगेन्द्र न्यौपानेबिच प्रतिस्पर्धा हुँदैछ ।

Candidates for INLS General Secretary: Gita Khatri (New York, USA) & Deepak Bhetwal (Doha, Qatar). Photos courtesy: Gita & Bhetwal

Senior VP candidates: Krishna Bajagai (Belgium) & Nagendra Neupane (USA). Photos courtesy: SahityaGhar.com

क्षेत्रीय उपाध्यक्ष युरोप पदमा बेलायतकि जयन्ती राइ र बेल्जियमका बिमल गिरी बिच तथा क्षेत्रीय उपाध्यक्ष ओसियाना पदमा अफ्रिकाको साउथ अफ्रिकाकि साहित्यकार रन्जना उदास र अस्ट्रलियाका दिपक बिष्ट बिच प्रतिस्पर्धा हुँदैछ ।

समाजका संस्थापक अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीले समाजको अध्यक्षलगायतका बिभिन्न पदमा उम्मेद्वारहरुबिच तिब्र ध्रुबिकरण र प्रतिस्पर्धा हुने स्थिती आएकोप्रति आफु सकारात्मक रहेको बताउनु भएको छ।

उम्मेद्बारी फिर्ताको अन्तिम समय बिहीवार मध्यरातपछि युएस नेपाल अनलाइनसंग कुराकानी गर्दै पूर्व अध्यक्ष सुबेदीले विश्वभर छरिएर रहेका नेपाली डायस्पोराका नेपाली साहित्यकारहरुबिच अनेसासप्रति बढेको चासोले संस्थालाई अघी बढन मद्द्त पुग्ने बताउनु भयो।

INLS founding President & Board of Trustee Chair Homanath Subedi. Photo: eEyeCam.com

चुनावमा जस्ले जिते पनि नयाँ नेत्रित्वले सबैलाई समेटेर लैजानु पर्ने दायित्व रहेको स्मरण गराउनु हुँदै पूर्व अध्यक्ष सुबेदीले अघिल्लो समितीले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो।

Note: चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष, महासचिब र अन्य उम्मेद्वारहरुबारे रिपोर्ट लेखिदैछ, पर्खनुहोस्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Read our related news:

-अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) को निर्वाचन सरगर्मी, अध्यक्ष र महासचिब पदमा ३/३ प्रतिपर्धी खडा

 

निर्वाचन अप्डेटकोलागि हाम्रो साहित्य सेक्सन हेर्दैजानुहोला:

http://www.usnepalonline.com/literature/

 


अध्यक्ष पदका उम्मेदवार डा. मधु श्रेष्ठद्वारा जारी उम्मेद्बारी फिर्ता गर्दाको पत्र:

सहमतिको नास्ताल्जियामा "विथ ड्र" एउटा आकस्मिक "ब्रेक" !

नोबेल पुरस्कार विजेता विश्वप्रशिद्ध रुसी साहित्यकार वोरिस पास्तर्नाक भन्नुहुन्थ्यो - "म सबैतिरबाट पराजित छु, यो नै मेरो जीत हो.." | मैले खोजेको जीत अनेसासको थियो जो सक्षम,योग्य र सक्रिय साहित्यप्रेमी मित्रहरुको सिङ्गो सहमतिबाट बनेको हुनुपर्थ्यो | हाम्रो सहमति प्रस्ताव आएदेखि आजसम्म अनेसासमा छाएको सन्नाटा एवं असिम मौनताले दिन खोजेको एउटै सन्देश हुनसक्छ: हामी १-२ जनाले अभिव्यक्त गरेको स्वप्निल भावना नै अनेसाससँग सम्बद्ध सम्पूर्णप्राय: महानुभावहरुको स्वीकारोक्ति थियो , नत्र गम्भीर आवाजहरु आउने नै थिए र यी सुन्दर मौनताहरु अस्तित्वमा आउने नै थिएनन् |

पृथ्वीको अर्कै भेगमा बस्ने एकजना सहृदयी मित्रको अस्तिको इमेलमा लेखिएको थियो: " माधुर्यजी, यो चुनावमा जितेर पनि इज्जत छैन, हार्दा त झनै इज्जत जान्छ..." र लामो समयकोलागी ब्युँझे म ! मेरो उपस्थितिको सन्दर्भमा कुरा हारजीतको थिएन र मैले सम्झन पुगें वोरिस पास्तर्नाकलाई |

अब मेरो मानसपटलमा अतितका क्षणहरु कुनै नाटकको दृश्यजस्तै लागिरहे: सहमतिको आरसीसी "ढोका खुला " राख्ने उमेदवारहरु, उत्तरी भोटभन्दा पनि टाढा भोटको खानी, भोटरहित निमुखा च्याप्टरहरु कुनै ऐतिहासिक ग्रन्थका र असहमतिमा आत्महत्यारत समयका अभागी सेकेन्डहरु !

त्यो दृश्यमा मेरो उपस्थिति प्रिय बिडम्बना बनी दियो मेरोलागि भने 'इन्डिकेटर' बनी दियो म जस्तै स्वच्छ आकाश खोज्ने मेरो वर्गकोलागि अस्तित्वका गाथाहरुमा ! नमरी स्वर्ग देखिन्न भन्नेहरुलाई यो बस्तुस्थिति एउटा प्रतितर्क भएर उभिरहेछ | पर्दा खुल्नुअघि 'इन्डोर्समेन्ट' मार्फत मलाई जित्ने सहृदयी मुटुहरु, छाडी दिनुस् भनी अनुरोध गर्ने उमेद्वारहरु, द्विविधामा छटपटाइरहेका पवित्र भोटहरु र 'सहमति' भनेर बहुलाईरहेका निरिह आत्माहरुले मेरो उपस्थितिलाई क्षमा दिनु हुनेछ भन्ने कुरामा आसावादी हुँदै वहाहरुप्रति म श्रद्दापूर्ण आभार प्रकट गर्न चाहन्छु | पुरषसंग टक्कर लिदै अध्यक्ष पदमा महिलाहरुको प्रतिनिधित्व गर्ने अर्की साहसी उमेदवारले भन्नु भयो - सहमति गराउन सक्नु हुन्छ भने अनेसासमा म तपाईंको नेतृत्व स्विकार्न तयार छु | कत्रो लचक्दारीपन र उदारता !!! वहाले मलाई उछिनेर चुनावबिना नै जित्नु भयो| वहाकै भाषाशैलीमा वहालाई कम्तिमा एउटी नेपाली चेलीको सम्मान गर्न सकेको भए म वहाको ऋणी हुनु पर्ने थिएन आज | त्यहि अन्तरालमा एउटा ब्रहमचेतना खुल्यो - सायद नेतृत्व दिन तम्सने व्यक्ति त्यागी र लचकदार हुनै पर्छ, नत्र कसरि हुन्छ अग्रगामी काम संस्थाको हितकोलागि ? र मैले अनेसास अध्यक्ष पदको यो साल पनि 'फेरवेल' मनाए किन कि अर्को पुरुष उमेद्वारको अनुरोध थियो - तपाईंले आफ्नो उमेद्वारी त्यागेर मलाई सहयोग गर्नुस् | बस्, म आज्ञाकारी भै दिएँ " सर्वे भवन्तु सुखिन .. " जप्दै !

यो कथाको जिउँदो पात्र म - अध्यक्षमा उठ्नु मेरो अधिकार थियो भने सहमतिको आव्हान गर्नु मेरो कर्तब्य | भाइ विश्वासदीप तिगेला पनि सहमतिकै महायज्ञमा समाहित भएको देखें स्वत:स्फूर्त, यसरी भेटिने रहेछन् चौपारीमा ज्यानहरु ...

गुट, फुट र वैयेक्तिक स्वर्थमुलक राजनीतिबाट मुक्त हुँदै अब अनेसास अति नै सौहार्द्रमय, सहमतिपरायण हुदै उन्नतिपथमा लम्केको दृश्यहरु देख्न आतुर छु : अग्रजहरुको कदर, नेपाली डायस्पोरा साहित्यको विकास, अन्तर्दृष्टिमा नेपाली मातृभाषा-भाषीको निर्वाह, च्याप्टर हरुको हक-हित र इज्जतकोलागी बैधानिक व्यवस्थापन, अन्य संघ संस्थाको अस्तित्वलाइ अनेसासमा समाहित गर्नेहरुलाई सम्मान र 'टोकन अफ अप्प्रेसियसन' ......

यी अनुभूतिका क्वान्टम लहर एकाएक अनेसासको साइटमा ठोकिन्छ र मेटिन्छन् स्वेच्छाले फेरी पनि मेरा 'प्रोफाइल' र 'अपिल' जब सत्यतालाई साक्षी राख्दै एउटा डिजिटल पत्र मनको मसीले यसरी कोरिन्छ एउटा निर्जीव पर्दामा:

Respected Chairman and EC members,
INLS, Washington D.C.

Please withdraw my candidecy for INLS president for term 2010-12.
Thank you for kind cooperation !

With best regards,
Dr.Madhu Shrestha
(President, INLS Russia Chapter)
NOTE: PLS confirm withdraw of my candidecy !

आदरणीय संस्थापक-सदस्यहरु , संरक्षण समितिका महानुभावहरु, अनेसासको गौरवमय झण्डामुनि आवद्ध संसारभरिका सम्पूर्ण साहित्यप्रेमी सदस्यहरु , सर्जक मित्रहरु, नेपाली वांगमयप्रति समर्पित श्रष्टाहरु, नेपाली साहित्यिक विकासका योगदाता र शुभचिन्तकहरु, महिला एवं सज्जनबृन्द !
अहिलेलाई विदा हुने आज्ञा चाहन्छु ...
जय अनेसास !

भवदीय,
डा. मधुकृष्ण श्रेष्ठ

(उमेदवार: अध्यक्ष, अनेसास)
अध्यक्ष, अनेसास रसिया च्याप्टर

सम्पर्ककोलागि:
इमेल : madhurya@hotmail.com
मोवाइल फोन : +७ ९१० ४६८ २८ ७१
मस्को, रसिया
अध्यक्ष-पदको उमेद्वारीबाट नाम फिर्ता लिएको मिति : जून १०, २०१

महासचिब पदका उम्मेदवार
विश्वासदीप तिगेलाद्वारा जारी उम्मेद्बारी फिर्ता गर्दाको पत्र:

श्रीमान निर्वाचन आयुक्त
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज निर्वाचन आयोग,
वासिङटन डि. सी.
अमेरिका

विषयः उम्मेदवारी फिर्ता सम्बन्धमा

महोदय

यस आयोगले प्रकाशन गरेको समय सिमा भित्र तोकिएको शर्त पूरा गरेर महासचिव पदको लागि दर्ता भएको मेरो उम्मेदवारी स्वेच्छाले फिर्ता गरेको छु ।

जुन उत्साहले उम्मेदवारीमा सहभागि बनेको थिए उस्तै उत्साहका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को कल्याणको लागि मेरो उम्मेदवारी छोडेको छु ।

आगामी कार्यकालको लागि विजय बन्नुहुने सबै उम्मेदवार ज्यूहरुमा अग्रिम शुभकामना पनि टक्राउन चाहन्छु साथै केही आग्रहहरु पनि स्मरण गराउन चाहान्छुः

१. विश्वभर स्वतस्फूर्त वा सम्पर्कको माध्यामले बनेका अनेसास च्याप्टरलाई विधानत मान्यता दिनुहोला । उनीहरुलाई अनेसासको बारे यथार्थभन्दा फरक बुझेको वा फसिएको भ्रम हुन नपाओस ।
२. केन्द्रिय समिति बनाउदा क्षेत्रगत, जातिगत, बर्गगत समेटेर समावेसि बनाउने कोसिस गर्नुहोला ।
३. आजीवन सदस्य र च्याप्टर बीचको महत्व र भिन्नतालाई पहिचान गरि समस्या समाधान गर्नुहोला । कानुनत: अमेरिकामा दर्ता भएको संस्था भएपनि यथासम्भव सबैलाई समेट्ने प्रयत्नहोस ।
४. अनेसास भित्र रहेको चरम राजनीति र असमझदारीलाई अन्त्य गर्ने कोशिस गर्नुहोला ।
५. अनेसासलाई अमेरिकामा रहेका नेपालीहरुको मात्र संस्था हो भन्ने सर्वसाधारणको भ्रमलाई समयमै निवारण गर्नुहोला ।
६. अनेसासलाई ब्यक्तिगत तथा पारिवारिक नातागोता भित्रको संगठन भनी लाग्ने गरेको आरोपलाई ख्याल राख्दै आगामी कार्यहरुमा ध्यान दिनुहोला ।

७. केन्द्रिय निर्वाचनमा च्याप्टरहरुलाई पनि मतदान गर्ने अधिकार दिनुहोला । जाबो भोटिङको अधिकार नै दिन नसक्ने तर निर्देशन दिन मात्र खोजेर हुदैन । अन्यथा च्याप्टरहरु स्वतन्त्र हुनसक्छन् वा अर्कै संजालमा जान सक्छन् ख्याल राख्नुहोला । लगभग ९५ प्रतिशत भोटर्स अमेरिकामा रहने, विश्वभर छरिएर रहेका च्याप्टरहरुलाई भोटिङ अधिकार नदिने अनि देशविदेशबाट चुनावको लागि उम्मेदवारी दिने ब्यवस्था र प्रोत्साहन गर्नु आफैमा अप्ठ्यारो कुरा भयो यसर्थ भविश्यमा च्याप्टरहरुलाई पनि भोटिङ अधिकार र आजीवन सदस्यहरुलाई पनि अधिकार हुने प्रकारले - एक च्याप्टर एक भोट गन्ने र आजीवन सदस्यहरुको दश भोटको एक च्याप्टर मान्ने ब्यवस्थाहोस भन्ने आग्रह छ ।
८. अनेसासले हालसम्म आर्जन गरेका ठू-ठूला उपलब्धिहरुलाई जोगाउदै अरु राम्रो कामको लागि सक्रिय रहनु होला ।

यसपटक उम्मेदवारी सम्मको मेरो दौडान अत्यन्तै खोजमुलक र उपलब्धिमुलक रह्यो र आगामी दिनमा पनि अनेसास भित्र र बाहिर बसेर विश्वभर छरिएरका डायस्पोराका नेपाली सिर्जना र स्रष्टालाई समेट्न के कस्तो कार्य गर्नुपर्छ । कस्तो संघ, संस्था चाहिन्छ र संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा म हरदम लागि रहने छु ।

मेरो उम्मेदवारी सहमतिमा जान दबाब दिनुको लागि थियो र केहीहद दबाब पनि पुग्यो यद्यपी चाहिए जति पुग्न नसक्नुले चाहेको परिणाम निस्कन सकेन । सहमति विना बन्ने नयाँ नेतृत्वलाई प्रसस्तै समस्याहरु आउन सक्छ त्यसैले सहमतिमा जाँउ भनेका थियौ/ थिए अफसोच आवश्यक पर्ने न्यूनतम आधार सम्म पनि सहमति हुन सकेन त्यसैले अरुहरुलाई सजिलोहोस भन्नको लागि अनेसासको समग्र कल्याणको लागि मैले निर्वाचन आयोगको सिमा भित्र रहेर मेरो उम्मेदवार फिर्ता लिएको छु ।

उम्मेदवारीकै क्रममा खुल्ला हिर्दयले शुरुमै मलाई शसर्त छोडि दिन्छु भन्नु हुने विश्व अटाउने मनलाई सम्झि रहेको छु, सम्झि रहने छु । अनेसासलाई आफ्नै पेवा ठानेर आवेगमा आउनु हुनेहरुमा पनि सहानुभूति छ । प्रत्येक्ष अप्रत्येक्ष यहा सम्म आउन सहयोग गर्नुहुने अग्रज महानुभावहरुको सहयोग र सद्भाव प्रति पनि आभारी छु । केही समय पर्खनुहोस जसरी हुन्छ तपाईलाई निर्विरोध ल्याउछौ भन्ने अग्रजहरुको प्रतिबद्धता प्रति पनि उच्च सम्मान ब्यक्त गर्दै देशविदेशमा हुनु भएका साथिहरुबाट आएको नैतिक दबाबको कारणले पनि यो उम्मेदवारी फिर्ताको कदममा अघि बढ्न विवश छु ।

सम्भवत सहमतिको समयावधि सिद्धिएको छ यद्यपी कोसिश गर्नुहोला मेरो सधै सहयोग र सद्भाव छ । यहाहरुको जोस जाँगर कहिल्य नघटोस । म सधै स्वस्थ सहयोग र सल्लाहको लागि अनेसास लगायत विश्वभरका स्रष्टा सर्जकहरु संग सम्पर्कमा www.nepaliliterature.com मार्फत रहिरहने छु ।

अन्तमा, विभिन्न देशमा रहेका प्रवासी नेपाली साहित्य संस्थाहरु बीच अनेसासले राम्रो सम्बन्ध राख्न सकोस । जेजस्तो पृष्ठभूमि बोके पनि साहित्यको लागि अनेसासको योगदानहरु उत्कृष्ट छन् । सबैको साझा संस्था बन्नेक्रम निरन्तरहोस । नेपाली कला, साहित्य र संस्कृतिको लागि अझ महत्वपूर्ण काम गर्न सकोस हार्दिक-हार्दिक शुभकामना ।

गल्ति भएमा माफि चाहन्छु ।

जय प्रवासी नेपाली साहित्य

विश्वास दीप तिगेला, Ph 006738893020
महासचिव- अनेसास वेलायत च्याप्टर

regards,

Biswasdip Tigela (biswas.com.np)
Chief Editor
www.nepaliLiterature.com
www.nepaliSamachar.com

अध्यक्ष पदका उम्मेदवार डा. मधु श्रेष्ठद्वारा जारी षणा तथा प्रतिबद्धता पत्र:

मेरो हार्दिक अपिल: अनेसासलाई साहित्यिक एकताको केन्द्रविन्दु बनाऔँ !


आदरणीय संस्थापक-सदस्यहरु , संरक्षण समितिका महानुभावहरु, अनेसासको गौरवमय झण्डामुनि आवद्ध संसारभरिका सम्पूर्ण साहित्यप्रेमी सदस्यहरु , सर्जक मित्रहरु, नेपाली वांगमयप्रति समर्पित श्रष्टाहरु, नेपाली साहित्यिक विकासका योगदाता र शुभचिन्तकहरु, महिला एवं सज्जनबृन्द !

मानवीय सभ्यताको पृष्ठभूमि हेर्दा कुनै पनि देशको भाषा, साहित्य, कला र संस्कृति त्यहाँ बसोवास गर्नेहरुकोलागि भावना-अभिव्यक्तिको सशक्त मध्यम मात्र होइन मौलिक पहिचान र सम्पदा बनिरहेका हुन्छन् | यस अर्थमा, संसारको जुनसुकै स्थानमा बसोबास गर्नु परेपनि तिनको संरक्षण, संवर्द्दन र विकास गर्नु भनेको आफ्नो समग्र अस्तित्वको जगेर्ना गर्नु हो, राष्ट्रकै भावनात्मक सीमा विस्तार गर्नु हो - आज भन्दा दुई दशक अघि यो चेतनालाई भौतिकीकरण गर्दै स्थापना भएको अनेसास आज ५ दर्जन जति शाखाहरुमा झाँगिनु निसन्देह रास्ट्रिय र अन्तररास्ट्रिय गौरवको विषय हो |

साहित्यमा हाम्रा भावना, अनुभूति, दर्शन, चेतनाको सौन्दर्यआदिको समयसपेक्ष प्रतिविम्व झल्कने हुदा यो मानव जीवनको ऐतिहासिक दस्तावेज पनि हो | हजार वर्ष पुरानो मानिएको हाम्रो भाषाको आधुनिक साहित्यिक विकास झन्डै एक शताव्दी देखिएता पनि सबैकोलागि यो सुलभ हुन थालेको हिजो मात्रै हो जुनबेला संसारका देश-महादेशहरु अत्याधुनिक संचार प्रविधिका कारण सिङ्गो साइवरग्रामका टोलहरुमा परावर्तित भए | यही परिप्रेक्ष्यमा, हामी आज हाम्रो भाषा, कला, संस्कृति, राजनीति, अर्थतन्त्र, विज्ञान र प्रविधिको विकास मार्फत सुखी जीवन र सुन्दर भविष्यको कल्पना गरिरहेका छौं, डिजिटल युगको साक्षी बनेर साहित्य-सिर्जनामा अमूल्य समय खर्चिरहेका छौं, साहित्यमै हामीले हाम्रो अस्तित्व देखिरहेका छौं, सहित्यको नाममा विविध प्रयोगहरु गरिरहेकाछौं, अन्तत: सबै साहित्यनुरागीहरुको भित्री जात र गोत्र पनि एउटै हुने हुँदा आज हामी सिर्जनात्मक एकताको खुला बहस र अन्तिम घडीसम्म आपसी सम्बाद चलाईरहेका छौं....
पेशागत दृष्टिकोणले हेर्दा म एक सामान्य प्राविधिक भएपनि साहित्यसँगको मेरो साइनो-इतिहासले तीन दशक पार गरि सकेछ | भित्ते पत्रिकाबाट शुरु भएको मेरो साहित्यिक उपस्थिति थुप्रै कागजी पत्रपत्रिका, पुस्तक र सिडी हुदै आज साइबर साहित्यमा समाधिस्थ छ |

सेवा-भाव, लगनशीलता, सिर्जनशीलता, बिगतका वर्षहरुमा केन्द्रिय महासचिव तथा उपाध्यक्ष पद बहन गरि सकेको, जस्तोसुकै परिस्थिमा पनि रसिया च्याप्टरको अस्तित्व जोगाउदै ऐतिहासिक महत्वका कार्यक्रमहरु अघि बढाउदै अनवरत रुपमा संस्थाको नेतृत्व गरेको र अन्य सामाजिक संघसंस्थाहरुमा जिम्मेवारी पदको अनुभव बटुलिसकेको कारणले सन् २०१०-१२ अबधिकोलागि अनेसास जस्तो गरिमामय संस्थालाई अध्यक्षको रुपमा नेतृत्व दिनसक्ने मेरो आत्मविश्वासलाइ पहिलोचोटी न्याय दिने निर्णय गरेको छु | अग्रजहरुको सम्मानमा हामीले व्यक्तिगत महत्वाकांक्षा त्याग्दै सेवा र योग्यताको आधारले मात्र अगाडी बढ्दा पनि अनेसासलाई "साझा-अन्तरराष्ट्रिय-साहित्यिक" संस्थाको रुपमा बकाइदापूर्वक सशक्त रुपमा अघि बढाउदै आजका सबै सक्षम र सक्रिय उमेदवारहरुलाई समावेश गरी अनेसासको अक्षुण एकतालाइ व्यबहारमा उतार्न सकिने सम्भावनाहरु स्विकार्दा अतिशयोक्ति नहोला मेरो धारणा छ | अन्तत: संस्थालाई अल्पकालीन योजना मात्र होइन शाखाहरु लगायत सिङ्गो संस्थाको समग्र विकास गराउने खालको दिर्घकालिन सोच, समझदारी, सहमति, एकतामा बाँधिएको अग्रगामी सक्रियता नै चाहिएको छ | यसको प्राप्तिकोलागि सबैबाट पहल हुने कुरामा म बिश्वस्त छु र सक्षम साहित्यनुरागी मित्रहरुलाई अनेसासमा आबद्द हुन म हार्दिक अनुरोध पनि गर्दछु |

तपाईंहरुको विश्वासको मतदानले मेरो उमेदवारिलाई समर्थन गर्दै अनेसासको केन्द्रीय अध्यक्षमा विजय गराएको खण्डमा साझा-सक्रिय मित्रहरुको सहयोगमा अनेसासको उत्तरोत्तर विकासकोलागि निम्नलिखित योजनाहरु कार्यान्वयन गर्ने प्रतिवद्दता सहर्ष व्यक्त गर्न चाहन्छु -

विशेष योजना :

१. विभिन्न साहित्यिक संघ-संस्था वा साहित्यिक व्यक्तिहरुसंगको सहकार्यमा क्रमवद्द ढंगले प्रत्येक महादेशमा अनुसन्धान र अध्ययन गरी डायस्पोरा नेपाली वांगमयको अनुसन्धानमुलक साहित्यिक कृति र अभिलेख प्रकाशन गर्ने;

अल्पकालीन योजना:

२. नेपाली भाषा लगायत नेपालका सबै भाषाहरुको व्यवहारिक सम्मान झल्काउदै त्यसको प्रवर्द्दन एवं विकासलाई प्रोत्साहित गराउने उद्देश्यले अनेसासको मुखपत्र अन्तर्दृष्टिको प्रत्येक अंकमा कम्तीमा पनि एउटा मातृभाषाको रचना समावेश गर्ने; पत्रिकालाई स्तरीय, नियमित र सुलभ बनाउने;
हरेक कार्यकालमा एक पटक सबै च्याप्टरहरुको परिचय र प्रगति विवरण सहित अन्तर्दृष्टिको विशेषांकको रुपमा स्मारिका निकाल्ने;
३. अनेसास साहित्य मात्र नभई नेपाली कला र संस्कृतिप्रति पनि आवद्द भएकोले त्यस सम्बन्धी विविध कार्यक्रमहरु तर्जुमा गरी संस्थाको लक्ष्यलाइ जीवन्त बनाउने;
४. गैर आवासीय नेपाली रास्ट्रिय एवं अन्तररास्ट्रिय समन्वय परिषद तथा विध्यमान सबै साहित्यिक एवं सांस्कृतिक संघ-संस्थासंग हातेमालो गर्दै सम्बन्ध विस्तार गरी संयुक्त रुपमा विविध साहित्य प्रतियोगिता, गोष्टी र सांस्कृतिक कार्यक्रमआदिको आयोजना गर्ने;

नियमित योजना:

५. भानु जयन्ती, लक्ष्मी जयन्ती समारोह तथा सर्जकहरुलाई मान, सम्मान र पुरस्कार व्यबस्थापन लगायत अन्य राम्रा एवं महत्वपूर्ण कार्यक्रमहरु जो संस्थाको ऐतिहासिक परम्पराको रुपमा स्थापित भै सकेका छन् तिनलाई नियमित र सशक्त बनाउदै केहि रोचक कार्यक्रमहरुलाइ च्याप्टरहरुमा समेत विस्तारित गराउने
६. समसामयिक रास्ट्रिय र अन्तररास्ट्रिय परिस्थितिमा आवश्यक बक्तब्य जारि गर्ने, सम्बन्धित घटना अनुसार वधाई, शुभकामना, समवेदनाआदि व्यक्त गर्ने,
७. जीवनोपयोगी लेख-रचना एवं मल्टिमेडिया सामग्रीहरुको सम्प्रेषण गरी संस्थाको वेभ-साइटलाई परिमार्जित, पठनीय र आकर्षक बनाउने

दीर्घकालीन योजना:

८. अन्तररास्ट्रिय साहित्यिक संघ-संस्था वा प्रज्ञा प्रतिस्ठानसंगको सहकारितामा एउटा कार्यकालमा कम्तीमा एक पटक अन्तरराष्ट्रिय साहित्य समाजको आधुनिक ढंगले अन्तररास्ट्रिय साहित्यिक सम्मेलनको आयोजना गर्ने;
९ . अनेसासद्वारा पुरस्कृत पुस्तकहरु मध्ये कुनै कृतिको उच्च मुल्यांकन भएमा एउटा कार्यकालमा कम्तीमा एउटा पुस्तकको अंग्रेजी वा अन्य कुनै अन्तररास्ट्रिय भाषामा अनुबाद गर्ने;

सांगठनिक सुदृढिकरण सम्बन्धी योजनाहरु :

१०. केन्द्र र च्याप्टरहरुविचको दुरी हटाइ सौहार्द्रमय वातावरण कायम गर्न एउटा कार्यकालमा समसामयिक विषय बस्तुलाई लिएर प्रत्येक च्याप्टरका प्रतिनिधि समाबेश गरी एउटा कार्यकालमा कम्तीमा २ पटक बिस्तारित बैठक बस्ने;
११.केन्द्रीय विधानको सांगठनिक ढांचा र मूल बुंदाहरुमा नबाझिने गरी स्थानीय बिशेषताअनुरुप अनेसास च्याप्टरहरुको बिधान बनाउन प्रेरित गर्ने;
१२. संस्थाको बैधानिक जीवनमा च्याप्टरहरुको हकहितलाइ सुरक्षित गराउने र आजीवन सदस्यसंख्या वृद्धिमा पहल गर्ने, गराउने

संस्थाकोलागी आबश्यक कार्यक्रमहरुको सूची यतिकैमा टुंग्याउन सम्भव छैन, तर यहाहरुको शुभकामना, सद्भावना , साथ,सहयोग र समर्थनले अनेसासलाई सफलताको गन्तब्यमा डोर्याउने सम्भावना छ | समयले यतिखेर व्यक्तिविशेषको होइन समग्र अनेसासको विजय-ढोका ढकढक्याई रहेछ | यहाहरुकै अमूल्य मत, स्वविवेक र समझदारीको आसा गर्दै म संस्थाको विधान एबं नियम मुताविक अनेसास मार्फत आगामी कार्यकालसम्म यहाहरुको सेवा गर्न प्रतिक्षारत छु |

जय अनेसास !

भवदीय,
डा. मधुकृष्ण श्रेष्ठ
(उमेदवार: अध्यक्ष, अनेसास)
अध्यक्ष, अनेसास रसिया च्याप्टर
सम्पर्ककोलागि:
इमेल : madhurya@hotmail.com
मोवाइल फोन : +७ ९१० ४६८ २८ ७१
जून ३, २०१०, मस्को, रसिया

महासचिब पदका उम्मेदवार विश्वासदीप तिगेलाद्वारा जारी उम्मेदवारी घोषणा तथा प्रतिबद्धता अपिल

आदर्णिय अनेसास संस्थापक आजीवन सदस्य च्याप्टर पदाधिकारी स्रष्टा सर्जक शुभ चिन्तक तथा अभिभावक ज्यूहरु

साहित्य समाजको दर्पण हो । भाषा साहित्य तथा संस्कृतिको समृद्धिले हाम्रो आफ्नो सभ्यता र सुसंस्कृति झल्कन्छ । हाम्रो पहिचान प्रतिष्ठा यिनै हाम्रो साहित्य र संस्कृतिको पाटो संग पनि जोडिएको हुन्छ । त्यसैले ब्यक्तिगत सुसंस्कृत भएर मात्र हुदैन जब राष्ट्र समृद्ध हुदैन साहित्य र संस्कृतिलाई समुन्नत बनाउन सकिन्दैन तब सम्म आत्मा गौरबको साथ जिउनको निम्ति चहिने पहिचान अस्थित्व र प्रतिष्ठा सधै ओझेलमा पर्दछ । त्यसैले ब्यापक सामान्य वा अरुचीको विषय नै भएपनि यस पटकको अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनले प्रत्येक नेपालीको लागि प्रत्येक्ष अप्रत्येक्ष महत्व राख्दछ । यसर्थ यथास्थानबाट सबैले यस निर्वाचनको लागि सहयोग सकि्रयता र सद्भाव राखिदिनु हुन हार्दिक अनुरोध गर्दै सहमति र सर्वसम्मतीको पद्धतीबाटै अनेसासको प्रगति हुन्छ भन्ने मान्यता राख्दै यस पटकको चुनाव/समितिमा महासचिवको जिम्मेवारी बहनगर्न उम्मेदवार/उत्साहित बनेको छु ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सन् १९९१ मा स्थापना भएको एउटा विशुद्ध साहित्यिक संस्था भएकोले पूर्व अग्रज नेतृत्वहरुको पहल र समयको परिवर्तन संगै आज विश्वका विभिन्न २६ मुलुकमा गरि जम्मा ५९ च्याप्टरहरु निर्माण भएको अवस्था साच्चै नै नेपालीको लागि गौरवको विषय हो र अहिले सम्म संसारको सबैभन्दा ठूला र भौगोलिक रुपबाट संसारभर फैलिएको एक शसक्त भावानात्मक साहित्यिक संजाल बनेको छ । यस समाजले विभिन्न देशान्तरमा विभिन्न कि्रयाकलापहरु नियमित गर्दै आएको छ र अहिले सम्मको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालीहरु माझ भावानात्मक एकता गराउनु हो । दुई दशक लामो यात्रामा यस समाजले जति उपलब्धिहरु हासिल गर् यो त्यति नै भावि जिम्मेवारी बढेर गएको छ । गम्भिर र महत्वपूर्ण जिम्मेवारीहरुलाई पूरा गर्नको लागि यस पटक नवौ सन् २०१०-२०१२ कार्यसमितिको लागि जोड्तोड्ले निर्वाचन हुन गइरहेको छ । नेपाली साहित्य आकाश अहिले निर्वाचनमय बनेको छ । यो चुनौती र अवसर दुबै हो यसर्थ सबै स्रष्टा सर्जकहरुमा आफ्नो विवेकको मत÷अभिमत प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्ने शुभ साइतलाई सहि उपयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

नेपालमा भएको एकदशक लामो जनयुद्धको कारण राष्ट्र र साहित्यका कर्णधार शक्तिहरु ठूलो संख्यामा विदेशिनु बाध्य भएका थिए । फलतः हामी÷उनीहरु देश बाहिरै रहेको अवस्था छ । यसर्थ हामी नेपालीहरुको विदेशिने संस्कृति संगै सकारात्मक र नकरात्मक दुबै पक्ष रहेका छन् । राम्राराम्रा स्रष्टाहरु डायस्पोरामा रहनु निश्चय नै नेपाली डायस्पोरा साहित्यको निमित्त राम्रो पक्ष पनि हो । स्रष्टाहरुको संख्यात्मक बृद्धि संगै गुणात्मक बृद्धि हुदै गएको आधारमा समय सापेक्ष नेपाली साहित्यले अझ राम्र्रो र प्रभावकारी साहित्य दिने आस गर्न सकिन्छ ।

डायस्पोरामा जति सम्भावना देखिन्छ त्यतिनै नवप्रतिभाहरु प्रति समाजको प्रभावकारी अभिभावकत्वको आवश्यकता तड्कारो बन्दैछ भने मातृभूमि नेपाल विकास प्रगति र समृद्धिको लागि संविधान सभा मार्फत संविधान निर्माण लगायत विभिन्न ऐतिहासिक चरणहरु पार गर्दै आइरहेको छ । यस महत्वपूर्ण घडिमा हामी विभिन्न मुलुकमा रहेका कलमकर्मीहरुले आफूरहेको मुलुकको बारेमा कलम चलाएर शिक्षामुलक जानकारीहरु प्रवाह गरेर नागरिकको हैसियत साहित्यकारहरुको धर्म पूरा गर्नुपर्ने ज्वलन्त आवश्यकता भएको छ ।

नेपालको सुवासना रहेको नेपाली हावापानी नेपाली दुःख सुख रहनसहन संस्कार सस्कृति बोलेको लेखिएको सबै भाषाका सिर्जनालाई नेपाली साहित्यको मान्यता संगै नेपाली साहित्यको क्षेत्र विस्तार भएको छ । अनेसास सबैको लागि छाता संगठन भन्दा विश्वब्यापी साझा संगठन बन्नु अनि केन्द्रको निर्देशन भन्दा प्रत्येक च्याप्टर स्वतः कि्रयाशिल हुनु यस समाजको सफलता प्रगति र लोकपि्रयताको कडी हो । हिजो जुन उद्देश्यले स्थापना भएपनि आज यस समाजको कार्यक्षेत्र विस्तार र ब्यापक बनेको छ । त्यसैले अनेक चुनौतीको बाबजुद पनि आगामी नेतृत्व सक्षम र योग्य चुनिनु आजको आवश्यकता बनेको छ । अभिभावक सहकर्मी सहयोगि तथा शुभचिन्तकहरुको सामुहिक प्रयत्न सल्लाह र सहमतिको आधारमा अनेसासको केन्द्रिय महासचिव पदमा साझा उम्मेदवार बनेको छु । सहमति वा चुनावबाट म छनौट भएको खण्डमा समितिको सबै सदस्यहरुको सर्वसम्मतिबाट निम्नअनुसारको कार्यहरु गर्ने प्रतिबद्धता गर्दछु ।

मेरो प्रतिबद्धताहरु

तत्कालिनः

१। विभिन्न लेखकले विभिन्न भाषामा नेपाल तथा नेपाली संस्कार संस्कृतिको बारेमा लेखेका लेख तथा पुस्तकमा
गल्ति कुराहरु बेग्रेल्ति पाइन्छन् यसर्थ उनीहरुलाई सहयोगिको रुपबाट सुधार गर्न सल्लाह सुझाव र दबाब
दिन कम्तिमा ३ देखि ७ जनाको टास्कफोस्र तयार गर्ने ।
२। अत्याधुनिक प्रविधिमा समेत नेपाली साहित्य प्रवेश गरिसकेको परिपेक्ष्यमा प्रविधिलाई माध्याम बनाएर विभिन्न
प्रकारको कि्रयाकलाप तथा प्रतियोगिताको आयोजना गर्दै विश्वभरको स्रष्टाहरु माझ उपस्थिती दर्शाउदै शिधै
सम्पर्कको पुल निर्माण गरि सहयोगि र अभिभावकत्व प्रदान गर्ने ।
३। नेपाल प्रज्ञा प्रतिष्ठान संग समन्वय गर्दै डायस्पोरामा फैलिदै गएको नेपाली साहित्यको पहिचान र प्रतिष्ठाको
लागि प्रज्ञा प्रतिष्ठानमा डायस्पोरा विभाग राख्न माग गर्ने ।
४। अनेसासको वेवपेजलाई अरु प्रभावकारी बनाउने ।
५। अनेसासको मुखपत्र अन्तर्दृष्टिलाई नियमित गर्ने र स्तरिय बनाउने साथै वितरण प्रणालीलाई सर्वशुलभ बनाउने

६। अनेसासको पुरस्कारहरुलाई निरन्तरता र स्थायित्वको लागि उचित व्यवस्था गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको
बनाउन पुरस्कार राशीमा बृद्धि गर्ने ।
७। भाषा भाषि मातृभाषा साहित्य अन्र्तगत बर्षमा दुईवटा पुरस्कार प्रदानको लागि ब्यवस्था गर्ने ।
८। समयानुकुल र स्थानअनुकुल बनाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन एक कार्यकालमा एउटा विश्वब्यापी
सम्मेलन गर्ने ।
९। विभिन्न मुलुकमा रहेका च्याप्टरहरुलाई पहिचान दिने गरि अनेसासको विधानमा सशोधन गर्ने साथै अनेसासको
निर्वाचन प्रणाली लगायतमा सुधार गर्ने ।
१०। यस संस्थाको आजीवन सदस्यता विस्तार गर्नेे ।
११। ूजहा नेपाली त्यहा अनेसास भन्नेू अभियान चलाई नेपाली रहेका प्रत्येक देशमा अनेसासको स्थापना गर्ने
तथा त्यहा रहेका साहित्यिक संस्था संग समन्वय गरि सम्बद्धता प्रदान गर्ने ।
१२। ूसाहित्य र संचार स्रष्टाको लागि स्रष्टाबाटै हेरचारू कार्यक्रम अन्तगर्त कुनैपनि साहित्यकारको प्रगतिमा
बधाई र दुःखद् घडिमा समवेदना दिन साथै विरामी स्रष्टाको लागि सहयोगको कार्यक्रम ल्याउने ।
१३। अघिल्ला कार्य समितिले गरेका राम्रा कार्य योजनाहरुलाई निरन्तरता दिने ।

दीर्घकालिनः
१४। घरदेशदेखि भौगोलिक दुरीमा रहेका कारण तथा अज्ञानताको कारण विदेशमा रहेका कतिपय नेपालीहरुले
आफ्ना बालबालिकालाई नेपाली तथा मातृभाषा सिकाउने नगरेको अवस्था पनि छ । यसर्थ उनीहरुलाई
नेपाली भाषा तथा मातृभाषा कलाा संस्कार र संस्कृतिको बारेमा संचेतना दिनको निम्ति विभिन्न कि्रयाकलापहरु
गर्ने ।
१५। नेपाली साहित्यलाई विभिन्न अन्य भाषामा अनुवाद गर्ने साथै दुई विशाल छिमेकी मुलुक चीन र भारतमा
बोलिने भाषा साहित्य सम्म न्यूनतम पहुच राख्न प्रयत्न गर्ने ।
१६। नेपाली राष्ट्र नै भाषा हो । हामी नेपालीहरुको एकताको माध्याम भाषा हो भने हाम्रो भाषिक एकताको प्रतिक
आदीकवी भानुभक्त हुन र उनको भग्नावशेष जन्मस्थलको पूर्ननिर्माण तथा संरक्षण गरि साहित्यिक पर्यटक स्थल
आस्थाको स्थलको रुपमा विकास गर्न सरकारलाई सुझाव सहयोग सहित दबाब दिने ।
१७। प्रवासी नेपाली साहित्यलाई पनि नेपालको विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नेपाल
सरकारको सम्बन्धित विभागमा सुझाव तथा दबाब दिने ।
१८। प्रवासी नेपाली साहित्य सिर्जना र स्रष्टा अर्थात संमग्र नेपाली डायस्पोरिक साहित्यको सम्बन्धमा स्नाकोत्तर
तह (Master's Level) र विद्याबारिधि तह (Ph.D.) का अनुसन्धानकर्ताहरु मध्ये प्रोत्साहन स्वरुप
पहिलो ५ जनालाई केही प्रतिशत आर्थिक सहयोग गर्ने साथै खोजकर्ता सबैलाई कदर-पत्र प्रदान गर्ने ।

म किन उम्मेदवार ?

विगत डेढ दशक देखि अनवरत नेपाली साहित्य र नेपाली समाजको लागि यथासक्दो काम गर्दै आएको छु । झण्डै आधा दर्जन साहित्यिक संस्थाहरुमा आबद्ध छु । विगत ५ बर्ष देखि नेपाली साहित्यको लागि सम्भवत सबैभन्दा उच्च श्रेणीको वेभसाइट www.nepaliLiterature.com को संचालक एवं प्रधान सम्पादकको काम गर्दै आएको छु । विश्वब्यापी अनलाइन वेभक्याम कविता प्रतियोगिता पहिलो २०६३ र दोस्रो २०६४ भब्यताको साथ सम्पन्न साथै विश्वका १८ मुलुक र नेपालको ३८ जिल्लाबाट गरि जम्मा १७७ जनाले सहभागिता जनाएको भर्खरै सम्पन्न विश्वब्यापी रेडियो गजल प्रतियोगिता २०६५ लगायत विभिन्न च्यारिटीको काम गर्दै धेरथोर अनुभव सगाल्दै नेपाली साहित्यलाई अझ संमृद्ध बनाउ भनी विभिन्न कार्य गर्दै आएको हुनाले यस साहित्यिक संस्थालाई पनि सहयोग गरेर नेपाली हुनुको दायित्व पूरा गरौ भन्ने अभिप्रायले उम्मेदवारी बनेको छु ।

नेतृत्व चयन संगै विभिन्न क्षेत्र बर्ग र जातिलाई समेटेर समावेशि कमिटि बनाउनु पर्दछ । साथै नेपाली साहित्य फाँटका विशिष्ट ब्यक्तित्वहरु तथा अनेसासका अभिभावकहरुलाई समेट्दै सल्लाहकारहरुको पनि नियुक्ति गरिने छ ।

अनेसासको विस्तार संगै अझ ब्यापकताको खाँचो महशुस भएको छ भने त्यति नै यसका चुनौतीहरु पनि बढेका छन् । आफ्नो चुनौतीहरुबाट पन्छिएर आँखा चिम्लिएर अनेसास कहिल्य बस्न मिल्दैन । विश्वभर फैलिएका च्याप्टरहरुको आसहरु निरासामा जान दिनु हुदैन यसर्थ पनि गम्भिर जटिल समस्याहरुलाई पहिचान गरेर समाधान खोज्न नयाँ दृष्टिकोणले हेर्न नयाँ नेतृत्वको आवश्यकता परेको हो ।

वर्तमान परिवेशमा अनेसास सहमतिमा जानु सबैभन्दा उत्तम विकल्प हो भने आजसम्म जानेर वा नजानेर बढेका च्याप्टरहरुलाई जिम्मेवारी बोध कर्तब्य बोध दायित्व बोध आफ्नत्व बोधको लागि सबैलाई अवसर र सम्मान दिनु पर्दछ ब्यक्ति होइन अनेसासको कल्याण हुनु पर्दछ भन्ने मान्यता राख्दै मेरो उम्मेदवारी सहमतिको लागि कुनै बाँधक नहुने र सबैको सम्मानजनक सहमतिको लागि पहल गर्ने स्पष्ट पार्न चाहान्छु ।

नेपाली कला साहित्य र संस्कृतिको लागि स्वयं सेवकको रुपमा काम गर्ने नयाँ जोस नयाँ जाँगरको साथमा उम्मेदवारको रुपमा खडा भएको छु । सम्पूर्ण अनेसासका आजीवन सदस्य साधारण सदस्यहरु च्याप्टर पदाधिकारी संस्थापक पदाधिकारी तथा साहित्यकारहरुमा मलाई केन्द्रिय महासचिवको निमित्त सहमति-भोट दिएर विजय गराउन हार्दिक अनुरोध गर्दछु ।

जय अनेसास ।

भवदीय

विश्वास दीप तिगेला
उम्मेदवार - महासचिव अनेसास केन्द्रिय समिति
महासचिव अनेसास वेलायत च्याप्टर
biswasdip@ymail.com, 00673889302
२४ मे २०१० ब्रुनाई

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.