NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साहित्यकारद्वय ध्रुव सापकोटा र अमर न्यौपाने पद्मश्री साहित्य पुरस्कारद्वारा सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Khemlal Harikala Lamichhane Award Committee   
Sunday, 29 August 2010 08:12

चितवन- खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने पद्मश्री साहित्य सम्मान २०६६ संयुक्तरुपमा ध्रुव सापकोटाको 'अकल्पनीय' उपन्यास तथा अमर न्यौपानेको आख्यान 'पानीको घाम' लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कारको राशी रु १५०,००० रहेकोछ ।

कथा र उपन्यास विधामा आफ्नो विशिष्ट शैली भएका ध्रुव सापकोटा नेपाली आख्यान साहित्यमा लामो इतिहास बोकेका स्थापित लेखक हुनुहुन्छ । सिक्किम, तिब्बत र नेपालको  फराकिलो भूगोलमा फैलिँदै शरणार्थी समस्यामा जागरुक रहेर मानवीय अस्तित्वगत पीडालाई उहाँको उपन्यासले सुन्दर शैली र परिष्कृत भाषामा उजागर गरेको छ ।

त्यसैगरी, अमर न्यौपानेको 'पानीको घाम' नेपालगञ्जको साहित्यिक अध्ययन हो । नेपालगञ्जमा आधारित रहेर बृहत्तर राष्ट्रिय आकाङ्क्षामा प्रतिवद्ध हुँदै आख्यानले समसामयिक सार्थकता पाएकोछ । ताजा आञ्चलिक निरीक्षणको सहायता लिएर सृजना गरिएको यो कृति लेखनको प्रविधीमा प्रभावकारी हुनुका साथै अग्रगमनको मागलाईसमेत पुरा गर्ने किसिमको छ । प्राय: निमुखा समुदायमा केन्द्रित रहेर लेखिएको 'पानीको घाम' नितान्त नौलो र मार्मिक छ ।

लेखकद्वयका दुवै कृति जीवन्त छन्, जीवनका उज्याला र अँध्यारा पक्ष समेटिएका छन्, सहित्यको सिर्जनात्मकतामा सचेत तथा सिर्जनाको स्वगत स्वच्छ स्वरुप स्थापित गर्न सफल छन् ।

वि सं २०६३ मा स्थापित पद्मश्री साहित्य सम्मान यस अघि 'दश गजामा उभिएर' कृतिकालागि गणेश रसिकलाई (२०६३), 'हिमवतखण्ड' कालागि भानुभक्त पोखरेललाई (२०६४) तथा 'समय हराएको बेला' कालागि कृष्ण बराललाई (२०६५) प्रदान गरिएको थियो । यस अघि मोफसलमा रही साहित्य साधन गर्ने स्रष्टालाई मात्र दिइने गरिएको पद्मश्री साहित्य सम्मानलाई यो वर्षदेखि मुलुकव्यापी गरिएको छ ।

मिति: १३ भदौ २०६७

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान
टाँडी, चितवन

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?