NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री नेपाल, प्रचण्ड, नायिका मनिषा कोइरालालगायत थप ६ जनालाई महाकवि शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendraraj Prasai   
Wednesday, 06 January 2010 06:47

काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले महोत्सवका लागि आआफ्नो क्षेत्रबाट विशेष उल्लेखनीय योगदान पुर्‍याउने छ जना महानुभावहरूलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

महाकवि देवकोटा शताब्दी महोत्सवलाई महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा प्रधानमन्त्री माधवकुमार नेपाललाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गरिने भएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शताब्दी महोत्सवका लागि महोत्सवको आरम्भमा नै प्रदान गर्नुभएको विविध सहयोगका लागि 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी, महोत्सवले पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, खनूपरुदे 'रामबाबू', नायिका मनिषा कोइराला र जीवा लामिछानेलाई आआफ्नो क्षेत्रबाट पुर्‍याएको विशेष योगदानका लागि 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रतिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

महाकवि देवकोटा शताब्दी सम्मान' आगामी मार्च १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रथम अन्तरराष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनका अवसरमा प्रदान गरिने भएको छ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री माधवकुमार नेपाल र समापन प्रधानन्यायाधीश अनुपराज शर्माबाट हुने भएको छ ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?