NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कवि नवराज सुब्बाको "बीच बाटोमा ब्यूँझेर" माथि विचार गोष्ठी PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Nepal Srasta Samaj   
Monday, 15 June 2009 06:33
काठमाडौं - नेपाल स्रष्टा समाज काठमाडौंद्वारा बिराटनगरका कवि नवराज सुब्बाको कविता सड्ग्रह "बीच बाटोमा ब्यूँझेर" माथि विचार गोष्ठीको आयोजना गरियो ।
 
Poet Nawaraj Subba speaking at the workshop. Photos courtesy: Nepal Srasta Samaj
 
कवि सुब्बाको कविता सड्ग्रहमाथि चार जना समालोचक तथा कविहरुले कविताका विभिन्न पक्षमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डा. कृष्णप्रसाद दाहालले कविताको भाषा र शैलीमा र समालोचक प्रा. लीला लुइँटेलले कविताको नारीपक्षमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कवि शैलेन्द्र साकारले नवराज सुब्बाका कवितामाथि समीक्षा गर्दै उनका कविता अर्गानिक कविता हुन् जो विशुद्घ नेपाली माटो र वातावरणका उपज हुन् भन्नु भयो । यसैगरी कवि विप्लव ढकालले सुब्बाका कविताका नोष्टालजिया पक्षमा प्रकाश पार्दै कविताको एउटा मूलश्रोत उनको अतीत अर्थात् जन्मस्थानमा वितेका बाल्यकाललाई लिएको पाइएको कुरा बताउनु भयो ।
 
 

विचार गोष्ठीमा दार्जिलिडका साहित्यकारहरु विन्ध्या सुब्बा, मणिकुमार सुब्बा, काठमाडौबाट कथाकार परशु प्रधान, चन्द्रप्रसाद भट्टराइ, पवन आलोक, विराटनगरबाट विवश पोखरेल, गण्डकीपुत्र, हेटौडाबाट गणेश पौडेल, गीता पन्थ लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त गोष्ठीमा विदेश तथा मुलुकका विभिन्न क्षेत्रका साहित्यिक संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो । समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टर्राईले साहित्यकारहरुको यस्ता भेटघाट र विचार विमर्शलाई आगामी वर्षरूमा निरन्तरता दिइने कुरा बताउनु भयो ।

सन् १९६१ को अक्टोबर १ मा ताप्लेजुङ्को हाङ्पाङ गाउमा जन्मिएका कबी सुब्बा पेशाले स्वास्थ्य कर्मी हुन्। उनका यस अघी 'जीवन मेरो शब्दकोशमा' कबिता सङ्ग्रह र 'मनको माझेरी' लेख सङ्ग्रह प्रकासित भाईसकेका छन् भने उनले जन स्वास्थ्य सम्बन्धी पुस्तक र दर्जनौ अनुसन्धान मुलक लेख प्रकासित गरेकाछ्न्।
 
Read more about the poet at: http://www.nrsubba.com.np

-Nepal Srasta Samaj in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?