NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कविहरुको कविता सुनेर प्रचन्ड दङ्ग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 14 April 2010 12:41

Exclusive: काठमाडौं- तोकिएकै समयमा सम्बिधान निर्माण, राजनीतिक सहमति र शान्तिकालागि दबाब दिन पारिजात स्मृति केन्द्रले नयाँ बर्षको पहिलो दिन एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा कविता बाचन गरेको छ ।

Maoists leader Prachanda listening poetry from poets at his residence. Photos: Sitaram

केन्द्रले बिहीबार बिहान नेकपा एमाले का अध्यक्ष झलनाथ खनालको निवासमा कविता बाचन गर्ने कार्यक्रम बनाएको छ ।

कविता बाचनकालागि कविहरु बिहान सात बजे अगावै प्रचण्ड निवास पुगेका थिए । त्यसपछि कविता बाचनको व्यानर टाँगेर कार्यक्रम सुरु गरिएको थियो । उनको निवासको आँगनमा कविता बाचन कार्यक्रम सम्पन्न भएको थियो । चर्चित कविहरु श्रबण मुकारुङ्ग, धीरेन्द्र प्रेमर्षि, लक्ष्मी माली, बिमला तुम्खेवा लगायतले प्रचण्ड निवासमा कविता बाचन गरेका थिए ।


Prachanda listening poetry.

आफ्नो निवासमा आएर कविहरुले कविता बाचन गरेपछि माओवादी अध्यक्ष प्रचण्डले जनताको आवस्यकता र भावनालाई सम्बोधन गर्ने सम्बिधान निर्माणकालागि एकिकृत माओवादी प्रतिबद्ध रहेको जाकारी दिएका थिए । अग्रगामी सम्बिधान निर्माणकालागि अन्य राजनीतिक दलहरुलाईपनि घच्घच्याउन उनले कविहरुसँग आग्रहसमेत गरे ।



कविहरु कविता बाचनकालागि नयाँ बर्षको पहिलो दिन आफ्नो निवास आइदिएकोमा प्रचण्ड निकै खुसी देखिन्थे । नयाँ बर्षलाई साँच्चिकै नयाँ बनाइदिएकोमा उनले कार्यक्रम आयोजक पारिजात स्मृति केन्द्रलाई हार्दिक धन्यवादसमेत दिए । कविहरुको कविता सुन्न प्रचण्ड निवास वरिपरिका स्थानीयबासीपनि आएका थिए ।

जसले बन्दुकको नालबाट नयाँ नेपालको नयाँ ईतिहास कोर्न सफल भयो अब कलमको सुमधुर आवाज सुन्न पनि वाध्य हुनु पर्‍यो। यसलाई नयाँ बर्षको शुभ संकेत मान्ने कि?

हाम्रो पनि नयाँ बर्षको कवितामय शुभ कामना सबैलाई !

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?