NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Ananta Risal: गौतम बुद्ध र अद्यात्म निर्वाण ! PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Ananta Risal   
Wednesday, 26 May 2010 21:32

सिद्धार्थ हौ गौतम् बुद्ध, संसारको ज्ञानी
बैराग्यले दर्वार छाड्यौ, संझी बुझी जानी !
अध्यात्मका गुरु, शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता !


 


जन्म्यौ आँफै कल्पनाले, रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु !
संसारको चक्र-शुरु परिक्रमा, अन्त
छैन तिम्रो जन्म-मृत्‍यु, नियमले सन्त !

कर्म के हो? फल के हो? जीवन् प्रवचन
मीठा तिम्रा बोली ज्ञान बाणी र बचन !
अनुयायी कति कति-मौखिक् परंपरा
लुम्बिनीमा जन्म तिम्रो, धन्य धन्य धरा !

भगवान् हे ! बिष्णु लियौ नवौँ अवतार
वैरागले काटी जरा, मार्ग भव-द्वार
सिद्ध पैग़ंबर खोल्यौ, पायौ भोग्यौ दु:ख
चर्चा, शिक्षा, अभ्यासमा जीवनको सुख !



अवतरण् लिइ आयौ, प्रयोजन शिष्ट
पाप-अविश्वाश हटे उत्साह विशिष्ट !
धर्म समाज् लौकिकता पुन:रक्षा गर्न
प्रेम-गर्छौ नियम छ, न दीन बिहिन !

माग्दैनौ क्यै लिने हैनौ दिने दिने मात्र
तप योग साधनामा मन दिने पात्र !
द्वेश, ईर्ष्या आडंबर नराखेमा पुग्छ
बयान र बाणी सुन्दा हाम्रो शीर झुक्छ !

दण्ड दियौ दुष्टलाई मौन भाव सून्य
स्तूप गुम्बा जताततै घुमे तीर्थ पूण्य !
शाक्य राजा सुद्धोदन्का रानी महामाया
जित्यौ जीव-ईश्वरको ओहो मोह-माया !



राजकुमार्को विलास् जीवन,छाड्यौ दु:खमानी
यसोधरा राहुल् बने शिष्य ठूला ज्ञानी !
दुख जरा-रोग वृद्ध जीवन हो जान,
कपिल्वस्तु नगरी हो,संसारकै शान !

हत्या,बली-कुरितीको मार्ग सफा फाँड्यौ
भिक्षु संत न्याय प्रेम समाजमा बाँड्यौ !
भोको प्यासा पथिक झैँ राजर्सी ब्रह्मर्षी
त्यागी, जोगी, लामा, मुनि, संन्यासी तपस्वी !

अहिंसाको पक्ष सधैँ अस्तित्वको खोज
दिव्य जन्म पवित्र छन् सूक्ष्म ईश ओज !
रुढिबादी परंपरा बिरोधको माग
घमण्ड र रिस-राग, भस्म गरी खाग !

तप,ध्यान समाधिको, मध्यमार्ग-आधा
वैराग्य र भोग त्यागी, लियौ बाटो साधा !
पिपलको बोट मुनी, मुनि आत्म-खोजी !   
बोध-गया गयौ मुक्त, आदर्श जो रोजी !

कसम् खायौ सत्यताको पायौ खोजी सार
आलोकले आत्मज्ञान, हट्यो जीवन्-भार !
घ्रिँणा, भ्रम, लोभलाई जिती समाजमा
धर्म, संघ खोली आज पुग्यौ संसारमा !

भिन्न जाती सिद्धांतका अनुशासन् भेष
गंगा बिहार् नेपालमा उत्तर्को प्रदेश !
बोली पाली आर्य जस्तै लीला तिम्रो शेष
बुद्ध धर्म संघ-चर्चा - प्रवाह प्रवेश !



अङ्गुलिमाल् अलाभक् धर्मान्तरित् भए             
लूटेरा र चोरै पनि शिष्य बन्दै गए !
खुल्ला ढोका जात छैन चेत-संरचना !
पूजा प्रेम नियमको सजीब अर्चना !

भिक्षा दान सन्तुष्टीमा संयमको गर्व
जे जे मिल्छ त्यही खाए बुद्धत्वको मार्ग
निर्मल र प्रभावको दिव्य-स्पष्ट-ज्योत
प्रकाशका शुभ अंङ्ग अलौकिक श्रोत !



उत्कृष्टका आठै पद, चार आर्य सत्य
दुख हुन्छ हुन्छ तर जान त्यस्को तत्थ्य !
सोच बुझ बोल गर राम्रो आजीविका
दण्ड प्रयास् राम्रो मन शान्त एकाग्रता !

शरीरको मरण छ-आत्मा बुझी चाख
अनित्य यो जीवनमा नैतिकता राख !
परमात्मा तिमी बीच कोही देव छैन
मध्यस्थमा स्वर्ग-बीच हुने केही हैन !



विश्व सारा तिम्रा लागि,एउटै समान
तन्त्र मन्त्र जन्त्र यन्त्र बुद्ध भगवान !
आत्मरुप शिव तिमी विश्वरुप श्याम
कृष्ण क्राईष्ट अल्ला स्वामी, सबका आराम !

भारत ब्याङ्कक् चाइना पुग्यौ एसियाका तारा
श्रीलँका र बर्मा भरी तिम्रै गुण सारा !
धनी थियौ दर्बारका गरीबको प्यारा
शान्ति सुख संवृद्धिको, प्रतीक् चिन्ह नारा !



आस्तिक् नास्तिक् सबैमा छौ शुद्ध तिम्रो भाव
आकाश झैँ ठूला छाती छैन क्यै अभाव !
योगा संयम् ध्यान आशन्, योगी प्राणायाम
ईश्वरीय अंश वंश तिमी चारैधाम !

मान्छे जूनी लिए पछी बाँची मर्नु पर्छ
देवताको कर्म सके फेरि झर्नु पर्छ !
बुद्ध भन्नु बन्नु यौटै ईश्वरको साथ
सचेतन निर्वाण यो बोधी आत्मसात !!

15 May 2010

-Ananta Risal in New Jersey

Author's disclaimer: All the images are being retrieved from the Google-Images- resources and web sites.

[बुद्ध जयन्ती पूर्णिमा नजिक आउँदैछ! विश्वलाई अद्यात्म शिक्षा र निर्वाणको रहस्य दिने, योग र ध्यानका प्रतिपादक संरक्षक र प्रबर्धक भगवान बुद्धका सिद्धान्तलाई अझ संसारमा प्रचार र प्रसार गरौँ! उहाँका दिब्य महान बाणीहरुलाई अंमेरिकी,विदेशी साथी-भाइहरुसंग चर्चा गरौँ! संसारका लागि एउटा नैतिक मार्ग बनोस्! बुद्धलाई मूर्ति र मन्दिर भित्र मात्रै सिमीत नराखौँ-उहाँ त सबैको सचेतन मन मन्दिर रुचाउनु हुन्छ! दरवारको विलासी पन भन्दा गरीबको पवित्र दिल कोठरीमा रम्नु हुन्छ, उदार हृदयको स्वच्छतामा जम्नु हुन्छ| बुद्ध त हामी सबैको साझा संपत्ती हो, विद्या हो, आत्म स्वरुपको ज्ञान, ईश्वरीय अनुग्रह हो! बुद्धलाई तिब्बत र बोध-गयामा मात्र सीमित नगरौँ - कपिलवस्तु र लुम्बिनीका आँखाले मात्र नहेरौँ! सिद्ध, लामा र भिक्षुको मात्रै अधिकार नठानौँ! बुद्ध जातीय संघठन होईन यो मानवतावादको उकृष्ट आदर्श हो ! भगवान बुद्धका आशिर्वादले सबै अंगुलीमाललाई सद्-बुद्धि दिउन् र चिर-स्थाई हिंसा रहित नेपाललाई पुन: अग्रगमनका लागि मार्ग दर्शन गरुन्! सहमतीय प्रणालीले ऐक्यबद्धता पाओस्, जीवनमा चाँडै नै परिपक्क निर्णय गरिउन्! नयाँ नेपालमा लेखिने संविधानमा हिंसाको, विभाजन, विखण्डन र द्वेशको कुनै क्लेश नपरोस्! भलै बुद्धको अहिंसा मानवतावादी प्रचार र साधनामा दरबारको सुख नमिल्ला, राजनैतीक प्रतिष्ठा नहोला तर अद्यात्म बैभव र चिर-स्थाई सुख अवश्य मिल्नेछ ! ]

Poet Ananta Risal. Photo: eEyeCam.com

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?