NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Dalbahadur Gurung: कविता: दलबहादुरलाई प्रधानमन्त्री बन्नु पर्‍यो रे ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dalbahadur Gurung   
Saturday, 21 August 2010 19:29

पाल्पा- पाल्पाका कवि दलबहादुर गुरुङलाई प्रधानमन्त्रीको कूर्ची चाहियो रे ! किन उनी नै प्रधानमन्त्री बन्नु पर्‍यो त? उनी लेख्छन्- "दुई-दुई ठाउँमा चुनाव हार्ने प्रधानमन्त्री बन्छन् भने, म त चुनावमै भाग नलिएको स्वच्छ छविको मान्छे, मैले प्रधानमन्त्रीको कूर्ची ताक्नु कुनै अपराध हो र ?" लौ पढौं उनको पेचिलो कविता:


यो दलबहादुरलाई प्रधानमन्त्रीको कूर्ची चाहियो

यो दलबहादुरलाई प्रधानमन्त्रीको कूर्ची चाहियो
के दलबहादुरले प्रधानमन्त्री बन्छु भन्नु आठौ आश्चर्यको विषय हो र ?
दुई-दुई ठाउँमा चुनाव हार्ने प्रधानमन्त्री बन्छन् भने
म त चुनावमै भाग नलिएको स्वच्छ छविको मान्छे
मैले प्रधानमन्त्रीको कूर्ची ताक्नु कुनै अपराध हो र ?
प्रधानमन्त्रीकालागि कहाँ दरखास्त हाल्नुपर्ने हो मलाई थाहा छैन
उतिवेला दरबारबाट प्रधानमन्त्रीकालागि स्वच्छ छविको मान्छे माग्थे
विचरा हिजो प्रधानमन्त्रीको आवेदन माग्नेले
आज नागार्जुनमा पूख्यौली मान्छे हेरेर दिन काट्दै होलान्
म सवैसंग आग्रह गर्छु, निवेदन गर्छु, सबैको पाउ पर्छु-
म यो देशको प्रधानमन्त्री हुन पाम
कोमल वलीले पोइला जाम पाम भन्न पाउँछिन् भने
मैले प्रधानमन्त्री हुन पाम भन्दा
आकाशै खस्छ
कि धर्ती चिरिन्छ ?

जुङ्गाको लडाई भएको यो देशमा
मैले जावो प्रधानमन्त्रीको कूर्ची त मागेको हुँ
मैले हरिद्वारमा घुम्ने पण्डा राष्ट्रपति मागेको छैन
दुई-दुईपटक शपथ खानुपर्ने उपराष्ट्रपति मागेको हैन
त्यही जावो कठपुतली र नालायक प्रधानमन्त्री बन्छु भनेको मात्र त हुँ
मलाई प्रधानमन्त्रीको कूर्ची नै चाहिन्छ,
धेरै कुरा भन्दिन, अरु कुरा जान्दिन,
मुखभन्दा बढी मुड्की चलाउने मान्छे म
मैले भन्द्या छु-
जावो प्रधानमन्त्री बन्न आमरण अनसन बस्न नपरोस् ।
मैले किरिया खाएरै भन्छु-
प्रधानमन्त्रीको शपथ नखाएसम्म  
मैले अनसन तोड्दिन, ज्यान गएनि तोड्दिन
लौजा जे-जे होला होला प्रधानमन्त्री नभई छोड्दै छोड्दिन
मेरो अनसन तोड्न नाथे प्रभुहरु आउलान्
खल्तिखल्तिमा प्रधानमन्त्रीको ललीपप लिएर
खबरदार मैले यही मन्चबाट भन्द्याछु
प्रभुहरुले त्यस्तो गल्ति नदोहोर्याउन्
चावी आफूले राखेर खोक्रो तालारुपी प्रधानमन्त्री बन्नु मलाई छैन ।
संविधान बनोस् नबनोस् मलाई मतलव छैन
गाईजात्रे संविधान सभाको मलाई चिन्तापनि छैन

मेरो एकसू्त्रीय माग छ-
म प्रधानमन्त्री हुनैपर्छ, बन्नैपर्छ  
प्रधानमन्त्री बन्नु मेरो शोख हो, भोक हो
जनतालाई बलिको बोको बनाएरैपनि
म प्रधानमन्त्री नभई छोड्दिन
मेरो मागको सुनुवाई नभए
मैले चक्काजाम गरिदिन्छु
नेपाल बन्द गरिदिन्छु
त्यसैले मैले यही मन्चबाट भन्द्याछु
अझ कडा कदम चाल्न नपरोस्
जावो फिस्टे प्रधानमन्त्री बन्न
यो मेरो घुर्की होइन
यो मेरो सर्वोच्च निर्णय हो
तपाइँलाई लाग्ला-
दलबहादुर प्रधानमन्त्री भए के-के गर्ला
गर्छ हजुर यो गौ प्राणीले भुसुक्कै गर्छ
नातावाद-कृपावादलाई जरैदेखि उखल्ने छ
आफ्ना साला, जेठान, मामा, भान्जालाई राजदूतदेखी मन्त्रीसम्म बनाउन प्रयास गर्नेछ
जोसुकैको शुभ-विवाहमा जन्त नगई अन्त जाने छैन
सभा समारोह उद्घाटनमामात्र होइन वर्थडेमा केक काट्नपछि हट्ने छैन
वायुप्रदूषण र जलवायु परिवर्तनलाई रोक्न
हात्ती चढेर देशाटन गर्ने छ
हात्तीले धुँवा नफाल्ने भएकोले ओजोनतहमा भ्वाङ पर्ने छैन
त्यसपछि कार्वनको ब्यापार हुने छ
छिमेकीले मुलुक मिच्दा टुलुटुलु हेरेर बस्ने छैन
त्यसैले राष्ट्रिय स्वाधीनताकालागि
दशगजामा सिस्नुकोबार लगाउने छ
कसैले बार नाघेर आएमा
बहादुरीताकासाथ उसलाई ढाकाटोपी पहिर्याइ नेपाली नागरिकता दिइने छ ।
जनसेनाहरुलाई नेपाली सेनामा ल्याइनॆ छ र नेपाली सेनालाई जंगलमा पठाइने छ

त्यतिमात्र होइन हजुर
म प्रधानमन्त्री भएँ भने
जनतालाई राहतस्वरुप
नून र सुनको हल्का भाउ बढाइने छ
चिनी र चापत्तिको मूल्य चढाइने छ
मेरो सरकारले लोडसेडिङग सके घटाउने छ नसके बढाउने छ
मेरो मुख्य कर्तव्य जनमत संग्रह हुनेछ
जनमत संग्रहमा जनताहरुले भारत वा चीनको पक्षमा मतदान गर्नेछन्
नागरिक सर्वोच्चता र वहुमतको कदर गर्दै
मेरो देश कुनै एउटा देशमा मिसिने छ
अन्तिममा म
२१ औं शताब्दीको प्रगतिशील लेण्डूप दोर्जे बन्ने छु
आशा छ,
छिट्टै तपाइँहरुले
सुनको दरवारमा बस्ने यो दलबहादुरको सुन्दर सपना  
प्रधानमन्त्री बनाएर पूरा गरिदिनु हुनेछ ।

-दलबहादुर गुरुङ, पाल्पा
Dalbahadur Gurung in Palpa

 

 

Poet Dalbahadur Gurung. Photo courtesy: Haribahadur Saru

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar bikash.
0
 
 
hajur yo kabita ramro lagyo,,,,yestai gari naya ....sasmaran.. lakhdai garnus,,,
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?