NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Dr. Govinda Koirala: कविता: दारु-पानी नै किन? PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Dr. Govinda Koirala   
Tuesday, 13 April 2010 08:45

पानीको अथाह भण्डार भएको देशमा
पानी नै किन चाहियो र ?
यहां दारु त पाइएकै छ।
खोला नाला र झरनाले झनझनाएको परिवेसमा
बत्ती बाल्ने बिजुली नभए के भो र ?
यहां टायर बाल्न पाइएकै छ।



अंध्यारोमै गर्ने काम बग्रेलति भएको ठाउंमा
उज्यालो नभए के भो र ?
यहां निर्दोष र निमुखाको अस्मिता लुटन पाइएकै छ।
जुनकिरीको पछि पछि लाग्ने बानि भै सकेको ठांउमा
खाल्डा खुल्डि पुर्ने काम नै किन चाहियो र ?
टेबुल मुनिबाट लिने दिने काम पाइएकै छ।

बुद्धलेपनि जन्मथलो छाडेर हिडेको देशमा
शान्ती र प्रगति नहुदैमा के भो र ?
मिठो मिठो सपना बांडन पाइएकै छ।
टोपिनै नचाहिने सगरमाथालाइ पनि आज लाज लागेको बेलामा
आफ्नो नग्न रुप न देख्दैमा के भो र ?
जुन र तारा नै खसाल्ने नारा दिन पाइएकै छ।

आफै इतिहास बनेर आफै बगेको खहरेमा
आफ्नै छांयाले तर्साउदैमा के भो र ?
जुरेलीको गुंड गुंडमा गुलेलीले हान्दै भत्काउन त पाइएकै छ।
खं ब्रम्हस्मि भन्दै स्वप्निल आत्मरतिले गाजेको ठांउमा
आफ्नै बाचा बन्धन एक कौडिमै नबिकेपनि के भो र ?
बाघको छालामा बाघ कै रजाइ गर्न पाइएकै छ।

त्यसैले,

पानीको अथाह भण्डार भएको देशमा
पानी नै किन चाहियो र ?
यहां दारु त पाइएकै छ।
खोला नाला र झरनाले झनझनाएको परिवेसमा
बत्ती बाल्ने बिजुली नभए के भो र ?
यहां टायर बाल्न पाइएकै छ।

-डा गोविन्द कोइराला

April 11, 2010

-Dr. Govinda Koirala in Ohio, USA

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?