NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Ananta Risal: कविता: दशैं आएको मौशम सूचना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ananta Risal   
Tuesday, 12 October 2010 20:00

वसन्त र गृष्म आयो वर्षा शरद् ल्यायो
हेमन्तमा जाडो फेरि शिशीरले गायो
उष्ण गर्मी जाडो न्यानो मौषमको खेला
हेर्दा-हेर्दै आइसक्यो दशैँ-तिहार मेला

दसैँ आयो नयाँ लूगा खाना पिना मीठो
तिहारको सँझना छ?सेल रोटी पीठो?
गाउँ भरी केटाकेटी पिँङ मच्चिँदैछन्
चौतारीमा भारी पोको अझै थच्चिदैँछन्

दशै आयो दसैं गयो, बिदेशको पारी
नयाँ कोट, जुत्ता फेर,नयाँ जोर सारी!
साथी-भाइ मिली कैले? भेट होला काँहा?
उन्नती र प्रगती होस्, जो जो छन् है जाहाँ


माल्सिरीको संगितले मंगलको धून
बोलाएर लगाउँछ बर्ष दिन्को गुन
देवी पूजा मन्दिरको शंख घण्ट रालो
हाट बजार् भिँडै भिँड उकालो वरालो

लाहूरेले बिदालिई घर आउँदैछ
जन्म-भूमी शिखरको गंध पाउँदैछ
भीर पाखा कान्ला गरा प्रित लाउँदैछ
प्रसन्नले संझी याद गीत गाउँदैछ
मखमली दुबो फूले सयपत्री पात
होस्टे-हैँस्टे-हा मा अब दाजुभाइ साथ

रीश धम्की आतँकले सत्व गलाउँछ
महिष र असुरले अझ सताउँछ
समानता समाजको अघि बढाउछौँ
अशान्तिको मूल क्रोध,ज्वरो हटाउछौँ

झिसमिसे उज्यालोमा शहर् उठेको छ
मन,भाव पुकलित यसै रमेको छ
तरकारी ताजा लिन बजारमा भिँड
'कति सुतिरन्छौ बरा'- मन्दिर् घुम्न हिँड !

घटस्थापना

देवी तिमी योटै छौ है,रुप कती कती?
आउन अझै बाँकी छन् कि?जाँने सबै जती?
हामी घट साना-तिना,तिमी मन खोली!
सम-भाव कृपा-गर, आजै न कि भोली!

घर-घर घट तिम्रा, थपना भो आज
शिक्षा,सीप,सँस्कार त सम्पदा झैँ ताज !
शुद्ध जल, फल-फुल चडाउछौँ भेट !
ब्रह्माण्ड नै अटाउने कत्रो तिम्रो पेट?

ईश्वरको दया मिल्यो, तिम्रै स्तुती गान
घर-आँगन बर्सी रहोस्, मान सम्मान!
बुद्धी हाम्रा शद्गतिमा, लागोस् उच्च ध्यान
पूजा बनुन नित्य हाम्रा, गर्छौँ जती काम !

जीवनको यात्रा लामो घट घट घुम्ने
यौटा जीव बाट अर्को माथि तल पुग्ने
स्थापना यो भयो घट, वासनाको ज्वर
मानिसको जन्म अहा ! ठूलो चमत्कार

जानु अझै बाँकी छ रे? स्वर्ग-देवस्थल
ईछ्या बाँकी रहेसम्म हुन्छ अलमल
मन बुद्धी विचारमा शुद्धताले वाश
घट तट नचाहीने, अज्ञानको नाश

नारीको नेतृत्व

दाजु भाई दिदी बैनी घर निम्त्याउने
अन्न खेत काटने र बाली भित्र्याउने
कृषि राम्रो फलफूल फ़सल हो धन
बाटो घाटो बत्ती पानी पुगेको छ जन?

उब्जनी र प्रजनन क्षमतामा आसा
जैबिकीको जीवनले स्वस्थ चारैमासा
उल्लाशको वातावरण् हावा शितलता
जलमय नदीहरु दिल उदारता

नयाँ बस्तु चलन र भाउ के छ भन?
सुखी घर आँगनमा मिल्यो हाम्रो मन?
आमा देवी धर्ती शक्ति अन्नपूर्णा नारी
दु:ख अब नगर है? बिसाउन भारी

सभ्य निति संचार होस् शासनमा विधी
संचालन स्वस्थ-दृष्‍टि विज्ञान-प्रविधि
मातृ-शक्ति क्षमा-दातृ दया दान देउन्
काम क्रोध लोभलाई त्राश पाश लेउन्

बाला नारी आमा तिम्रा भक्ति भाव गायौँ
दिव्य शक्ति पूजा गरी राम-राज्य पायौँ
संगठित संयोजित सहयोग गरौँ
प्यारी आमा दिदी बैनी खुसियाली भरौँ

विचारमा उदारता मन प्यार गाँस
बन बारी उम्रिएका छाँट काट घाँस  
हरियाली लह लह शरदको मैना
परिवार मिल्यौँ भने, गर्न के सकिन्न?

सत्यताको उद्घोषण तामसको वध
पशु-प्राणी वली हैन, काम क्रोध लोभ
हुनै पर्छ विजय यो जनताको जीत
जाति जन मिलिवरी जन-जाती हित  
सबैलाई सम्मान र सु-द्रुष्टीले हेर
मौसमको परिवर्तन् नयाँ लूगा फेर

कुमारी पूजाको महत्व

धरती की कुमारी हौ दैवी पूजा भब्य
विश्व भरी छैनन् शायद् सचेतन दिब्य
नारी अस्तित्वको चर्चा आराधना गर
एकै दिन हैन श्रद्धा, सधैँभरी तर

दीपावली तिहारको आर्कै रमाइलो
दिदिभाइ मिलिमिली खायो मिठो मीठो
बन्यजन्तु काग कुक्कुर् गाईलाई सेवा
जीवनको पूर्णतामा समर्थन टेवा

जनावर सहायक, मार्न काट्न हुन्छ?
संस्कारको कमी भयो, बुझिदिने क्वै छ?
अशूरको बन्धन् किन? बाटो राम्रो लियौँ?
अज्ञानले मानिस नै पशु तूल्य भयौँ

आशिर्वाद लिँदै योग्य बुज्रूकमा ढोग
टिका जमराले स्वस्थ बन,हटे रोग
गाउँ गाउँ चहारेर खोज गरीवको
नयाँ लूगा खाना बाँड सेवा सजीवको

हरदिन तिथी चाड तीर्थ पर्वै पर्व
जसोतसो जोगिएको गरीवको गर्व
आड्म्बर नगरेर सेवा परिवार
मिलिजुली समाजमा सज घरवार
अमृतको गोडमेल सम्हालेर मन
स्वादिष्टको भोजनले अजँबरी बन

बत्ती बाली घरवार सफा उज्यालोले
आँगनमा देउसी भैली खेल मिजासले
नाच-गाउ सेलरोटी पेट, मनपरी
देउ मीठा आसिक है, गाँउघर भरी

राष्ट्रको विजय के मा छ?
सज्जन र विद्वानको आस्था किन भाग्यो?
घूसखोरी, चाकडीले देसै डुब्न लाग्यो
यन्त्र-तन्त्र-मन्त्र फूके बाँकी हुन्न त्राश
सबै देव मिले भने दानवको नाश

एकता र योग मेल सामंजस्य संघ
बन्धुत्व र मिलापले एकात्मको रँग
संगठन संस्था मिले व्यवस्थित हुन्छ
एक्लै हिमाल् अग्लिएको उक्लिएको कुन्छ?
सफलता संपन्नता विजयले सिद्धि
सौभाग्य र शुभ-लाभ संपत्ती संवृद्धी

संक्रितीको सम्मानले शान हुने गर्छ
आफ्नो बीज हराएमा अनिकाल पर्छ
धर्म गर्‍यौ समाजमा? किन कोहि? डर्छ?
संस्कारको लेखा जोखा कलिलोमा सर्छ

दण्ड देउ पापीलाई त्रिशूलले रोप
निर्दयी र दुष्ट मन खूकुरीले छोप
अशिक्षा र अनादर, संगतमा चोप
घृणा द्वेष अहँकार पारिदेउ लोप

दसहरा नवरात्री विजया-दशमी
शत्रुहरु पराजय, क्यै कुरामा कमी?
देवताको सहयोग उत्सव हो खाश
शिव-शक्ति मिली जय राक्षसको नाश
ताक़त र बल, वश राज्यमा शासन
शक्ति सत्ता अधिकार यश पराक्रम

आसुरीले कहिल्यै पनि जितिरहदैँन
सर्व-धर्म आस्था राख, छोडीहाल्ने हैन
प्रभु तिम्रो प्रभुत्व र प्रधानता सर्व
उच्चतामा जन्म्यौँ हुर्क्यौँ, बनौ श्रेष्ठ गर्व

प्रतिक यो चाड हाम्रो पूज्यताको भाव
प्रभातको पूण्यलाई विजयको नाद
संसारमा पुर्याउन सभ्य-समाजन
उठौँ दसैँ-तिहारको पर्व मनाउन !

- Ananta Gopal Risal in New Jersey

Poet Ananta Risal. Photo: eEyeCam.com

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?