NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Manbahadur Rana Magar: कविता: देश बन्दी छ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manbahadur Rana Magar   
Saturday, 19 June 2010 16:02

देश बन्दी छ
बन्दी बनाइएको छ
कसैले उजुरी नहालेको मात्रै हो
उजुरी पनि कस्ले हालुन् यहाँ
उजुरी हाल्नेहरु नै बन्दी छ
छ सय एक को लोकतान्त्रिक संबिधान सभा छ
त्यहाँ जन-भावनाको बहसमा मन्दी छ
त्यसैले देश बन्दी छ ।

 

देश
तीन ठुला पार्टिहरुको
एजेन्डा र अडानहरुमा बन्दी छ
नपत्याए बिचार गर्नुहोस्-
तिनिहरुले गरेको
तीन बूँदे सहमति कार्यन्बयनमा मन्दी छ
तेसैले देश
तीन दल र तीन बूँदे सहमतिमा बन्दी छ ।

देश

केही साना दलहरुमा बन्दी छ
नयाँ बन्ने सरकारमा
मन्त्रिको पद पाउने आसामा बन्दी छ
तेसैले देश
नयाँ सरकार बनाउने दलहरुमा बन्दी छ
दलहरुको माग र अडानमा बन्दी छ।

देश
सरकारमा बन्दी छ
सरकार चलाई रहेको दलहरुमा बन्दी छ
चली रहेको सरकारमा
मन्त्रिको पद जाने डरमा बन्दी छ
तेसैले देश
चलिरहेको सरकारमा बन्दी छ ।

बिगतलाई बिचार्नुस्-
बिना तलब भत्ता
१२ बूँदे सहमति भएको छ
२२ बूँदे सहमति भएको छ
त्यही सहमतिहरुको धरतलबाट
संबिधान सभाको निर्वाचन भएको छ
तर देश
संबिधान सभामा बन्दी छ ।

यदी हुन्थ्यो भने
बिना तलब भत्ता संबिधान सभा;
दुई महिनामा सहमति हुन्थ्यो,
मस्यौदा छ महिनामा तयारी हुन्थ्यो,
एक बर्षमा संबिधान जारी हुन्थ्यो,
अर्को छ महिनामा निर्वाचन गरी
नयाँ संबिधान लागु गरिन्थ्यो
तर देश
सभासदहरुको तलब भत्तामा बन्दी छ ।

संबिधान बने
६०१ को जागिर गुम्ने
जागिर गुमे
धेरैलाई फेरी नमिल्ने
तेसैले देश
दल र नेताहरुको
अबिश्वास र भयमा बन्दी छ ।

यस्तै यस्तै अबयबमा
देश बन्दी छ
तेसैले जताततै मन्दी छ
तैपनि दल र नेताहरुको
आ-आफ्नै जिध्दी छ
तेसैले
समझ्दारी, सहमती र सहकार्यको लागि
सबै नेताहरुलाई मेरो बिन्ती छ-
जहाँ जहाँ देश बन्दी छ-
शान्ती, संबिधान,
अग्रगमन, बिकास र नयाँ नेपालको बन्दीलाई
हामी जनताको बन्दी छ ।

मानबहादुर रानामगर
न्युयोर्क

-Manbahadur Rana Magar
New York

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?