NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Ananta Risal: नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Anantgopal Risal   
Thursday, 04 March 2010 22:48

 

 

नब्बे सालमा दुर्दसा भो! मान्छे हराए !
घरै-भित्र, फसे बरा ! कत्ति कराए !
होश गरौँ, खोज गरौँ, चाँडै नै पालो !
नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो !



घर-बार, भित्ता-झ्याल, छैन दरिलो,
खुल्ला ठाउँ छैन कतै, चहुर हरियो !
ईश्वरले बुद्धी देला? हाम्रो छ पालो-    
नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो !



हाईटी गयो, चिली गयो, जापान, चाइनामा
साह्रै दुख, चिन्ता बड्यो, कुरै सुन्दामा !
अब हाम्रै पालो-आयो, खै को करायो?
नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो !



दूर-दर्शी छैनन् कोही? चोरी, लूटेरा
छट्टु, धूर्त, पाकेट्मार-अल्छि-घटेरा !
ईन्जिनियरको सल्लाहमा, घर राम्रो छ रे !
जिल्ला-कारिन्दाले पनि सहि-छाप गरे !
पानी-बत्ती, जसो-तसो, नेपालको-घर
सबैबाट बच्लाउ तर, भुईचालोको डर !



हाम्रा आमा-बाबू त्यहिँ, बसेका छन् एक्लै
उमेर पाकी सक्यो बरा ! थोरै-देख्दै, सुन्दै !
सानीमा र काकाहरु, सशुरालीका,
भान्जा-भान्जी सानै छन्, काखै-काखका !
सरकारको भर छैन, छैन जालै-जालो !
नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो !



खुट्टा हाल्ने ठाउँ छैन, जता हेर्यो घर,     
स्वच्छ-हावा कैले खाने? दुषित् वरपर !
पानी फोहोर भैसक्यो, ईनारको कालो !
नेपालमा आउँदैछ रे ! ठूलो भुईँचालो !



पहाडमा ओहो कतै पैरो जान्छ कि ?
नदी-खहरेले, कतै गोठै खान्छ कि ?
डर लाग्छ,दिदि-बैनी, साथ-सँगालो ?   
नेपालमा आउँदैछ रे! ठूलो भुईँचालो !

उपाय के छ त, अब ?

बाहिर-बाट के पो गरुँ? लाउरे भईयो,
दुईचार-पैसा बनिहाल्छ, विदेश-गइयो !
आपतमा कैले काहिँ, हात-फैलायो !
गर्ने ईक्षा मनैबाट, त्यसै वैलायो !

कत्ति दिनु दोष मात्रै, के छ उपाए ?
सर्ब-हीत हुन्न कहिँ, छैन है न्याय !
'बहुजन हिताय'-मा, छ लाखा-पाखा !
धैरै बिचारको धनी-धैरै छन् भाखा !



अस्पताल, होटेल र पर्यटक ठाउँ
जिल्ला, जिल्ला बनाउँ हामी, घुम्नु पर्छ गाउँ !
शहरमात्रै के नै छ र ? शङ्रग्रहालय ?
नेपालको मजा त त्यो-हेर ! हिमालय !



सबैलाई भन्छु म त, घर नबनाउ !
बाग्मतीको किनारमा बस्ती नबसाउ !
स्वछ्च-पानी-खाने मन् छ? ईनार नखनाउ !      
काठमाण्डौँमा जगै छैन, जग नबसाउ !



हेर्दा, देख्दा सानो घर-भित्र सुबिधा
ठूलै-मात्र हुन्न राम्रो ? नहोस् द्विबिधा !
घर-वरपर पनि, मन रमाओस् !
साथी-भाई मिली-मिली गाँउ जमाओस् !   
गृह कसरी आश्रय बन्छ ? मन-वसन्त ?   
जन्मभूमि, वास-स्थान, नाता-कुटुंब !
सदन र शालामात्रै हैन घरवार !
हुर्किन्छन् है, विरुवा र वंश-परिवार !     

जनक्पूरमा जनकको, विश्व-बिध्यालय
स्वर्गद्वारी-बनोस्, विश्व-शङ्रग्रहालय !
लूम्बिनीमा अझ कति, बन्न बाँकी छ,
धादिङँका गरा-माटा, खन्न बाँकी छ !   

सीता र भ्रिकूटीको, खोइ आश्रम ?
अरनिको, भीम जस्ता खोइ सीप-श्रम ?
लक्ष्मी-भानु, कता गए ? त्यसै सेलाए ?
नेपालको फूल-सबै, कहाँ वैलाए ?



सोलुखुम्बु-शेर्पाको, धरान-गुरुङको
काठमाण्डु-नेवार्को, पोखरा-सुरुगँको !
दाँग-देउखुरी-मा, थारु-थरुनी  
नेपालमा मन-बस्यो, कसो गरुँनी ?



तराईको खेती राम्रो, पहाड हिडौउँला !
स्वच्छ-मीठो पानी खान हिमाल चडौँला !
विज्ञानको खोज-गरी, शक्ती निकालौँ !
देशको फेरि एक-चोटी, भक्ती निखारौँ !



स्वास्थ-चौकी, सेवा-केन्द्र, पूलिशको थाना    
पाइयोस् सबैतिर अझ, मीठो-मिठो खाना !
सूरक्षा, ब्यबस्था, घुस्को नहोस् कसर् ?     
अनि के को नेपाल्मा, भुईचालोको डर ?



रसुवामा रातो फूल, सोलु-स्वाउ मीठो !
पाल्पाको ढाका टोपी, दोलखाको पीठो !   
सबैतिर बनोस्, स-साना राम्रा घर !
अनि के को नेपाल्मा, भुईचालोको डर ?



सिमेण्टी कै किन हुनु-पर्‍यो ? गार्हो काम !
बाँस-ढुङा-माटोमै, तातो-न्यानो-घाम !    
परालैको-छानामा, रातो-माटो छर !    
अनि के को नेपाल्मा, भुईचालोको डर ?



ईलामभन्दा ईटहरी, सस्ता छन्,
हेटौँडा र बुटवलमा, बस्दा झन् !
रमाईलो त धनगढी, तुलसीपूर,
नेपाल्गँज्मा भुईचालोको छैन केही सूर !



जे जे गर्न सकिन्छ है, मिलिजुली जन,
आशा गरोँ सहयोग, बल-सीप-धन !  
समयमै गरि-हालौँ, पछी सकिन्न !
भगवानको भर-परौँ ? भन्न सकिन्न !



ज्ञान बाडौँ,सीप साधौँ-मान्छे बचावोँ !
गाँउ-घर,गल्ली-गल्ली-देश जोगावोँ !!



सेवा मागौँ, हाथ-थापौँ, नेता-तताओँ !
बिचार गरौँ, गोस्ठी गरौँ-सबलाई सुनाओँ !



धेरै-बिधा, बिज्ञानको-ठूलो जाँच छ !
यौटै मात्र होईन त्याहाँ, सबको आश छ !              
विदेशी र छिमेकि, सहर-बस्ती-ग्राम !
तन-मन-धन-जन, देउ भगवान !

- अनन्तगोपाल रिसाल (2nd March, 2010)
-Anantgopal Risal in New Jersey, USA

Poet Anant Risal. Photo: eEyeCam.com

Author's disclaimer: All the images are being retrieved from the Google-Images- resources and web sites.

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read related news:

-भुकम्प पीडित हेटी मुलुकबाट फेर्केका नेपाली शान्ती सेनाका दुई नेपाली नेपालीहरुले के देखे?

Comments

avatar Mijako
0
 
 
Excellent!!!marvolous
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?