|
  
माओ-काँग्रेश-एमाले, जन-अधिकार तराई, लोक-तान्त्रिक, हिन्दू-परिवार !
सद्भावना, मधेशी, मूस्कानको सेना युवा मोर्चा, मिलन केन्द्र, खै त्यो शिव-सेना ?
  
जनमोर्चा, राष्ट्रिय-प्रजातन्त्र-विकाश जाग्रिती र मजदूर, जन-कल्याणको आश !
तम्सलिन, चुरे-भावर, जनतादल हरियाली, जनमूर्ती, एक लिब्रल ! दलित, जनजाति, शान्ति एकता समाज्वादी, साम्यवादी, छैन समता !
  
मँगोल र सुकुम्बासी, जन-ससक्ती शान्ति-क्षेत्र-परिषद, नव-जनजाति !
विकल्प के त ?

भने जस्तो, सोचे जस्तो नेता भेटियो ? कति झोला बोक्नु भो ? तीर्खा मेटीयो ?
माथि नपुगुन्जेल, हाम्रो सरोकार, कुर्सी र शक्तिमा-आफ्नै सरकार ?
रगत् सबै चुसी सके, हाड-छाला छ ! बारी सबै रित्तिसके, फुल-माला छ ?
नेताको तानातानमा नपरौँ है ? गरौँ हामी सँपर्क जनता कै !

गरीबको सेवा गरौँ, शिक्षा जगावौँ हिमालको पानीलाई, घरमा पुर्यावौँ !
स्वास्थ-सेवा कति गर्यो ? बाटो बन्यो त ? सफापानी घर पुग्यो ? बत्ती बल्यो त ?

जनतालाई लूट्न, पिट्न, डाँट्न छोडिदेउ साना-साना विरुवाका, जरा गोडिदेउ !
गरीवको-दु:खहरु, अपठको-स्वर, बुझ्न्नुपर्छ भावनाले, निर्धनको घर !

पानी-हाल हिमालको, मूल खूल्ने छ ! झिलिमिली, जन-ज्योती त्यहिँ फूल्ने छ !
'हात्ती आयो, हात्ती आयो, फुस्सा' भयौँ की ? साग, मकै, चामल-छाडी, भुस्सा खायौँ कि ?

हात्ती ठूलो, अन्धा हामी-ठीक छामेनौँ ? आँउदैछ रे ! अर्को तन्त्र ? हाम्ले जानेनौँ ?
जति जति मार्जन हुन्छ, हाम्रो जनतन्त्र ! स्वचालित-हुन्छ-आफैँ, हुन्छ बन्छ यन्त्र !
जनताले नियन्त्रण, गर्छन् आफ्नै-लागि, पद्धती र प्रणालीको फल-भोग-भागी !
जस्तो सुकै गरीव्-धनी, देश स्व-तन्त्र ! मानवताको विचार् गर, शान्तिको मन्त्र !
बन्द-गरौँ-बन्द-प्रथा, बन्द-दुष्टता ! सदाचार, नैतिकता, शील-स्वस्थता !

विश्वलाई हेर्न सक्ने, हाम्रै आँखा छन् हिमाल र तराइमा, आफ्नै भाका छन् !
हजारौँ योजनामा अब, जुट्नु छ ! तराई-पहाड-हिमाल, हाम्ले-आफैँ जोड्नु छ !
नियम र कानूनको पालना होस् अनुशाशन, सुरक्षाको थालना होस् !

संविधान बन्नुपर्छ, सबैले कराउँ ! ढंग-अनुशासनको, व्यवस्था गराँउ !
ईतिहाश लेखौँ, अब मिलौँ साथमा ! नेपालको मान राखौँ, विश्व माझमा !
आवश्यकता के छ, भन? त्यहि गर्नु छ ! बिकाश र निकाशमा, जन-हीत छ !
कस्को-झण्डा बोक्ने हो ? कैले छ चूनाव ? गरीविको देशमा, खर्चिलो प्रस्ताव !
आमा हाम्री एउटै-छिन्, सेवागर्न लागौँ ! मिलिमिली देशलाई-झिलिमिली पारौँ !
मानवीय-मूल्य भन्दा ठुलो छ, केही ? स्वार्थी बन्न छोडी दिउँ, हुने छ केही !

पार्टी-झोला बोक्नु भन्दा, समाज्-सेवा बरु, नेपालको झण्डा बोकौँ, भाग्यमानीहरु !
- अनन्तगोपाल रिसाल (1st March,2010) -Anantgopal Risal in New Jersey, USA

Poet Anant Risal. Photo: eEyeCam.com
Author's disclimer: All the images are being retrieved from the Google-Images- resources and web sites.
Copyrights and acknowledgements: All literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.
|