NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Ananta Risal: कविता: नयाँ वर्ष उमंगमा नयाँ गीत गाउँ ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ananta Risal   
Monday, 12 April 2010 11:35

नयाँ वर्ष उमंगमा, उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर, बसन्तले छावोस् !   
नेपालमा, विदेशमा शान्ति देख्दै जाउँ !
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ !

 



नयाँ वर्ष २०६७!

नयाँ वर्ष उमंगमा, उत्साह नयाँ जागोस्
घर भित्र-घर बाहिर, बसन्तले छावोस् !   
नेपालमा, विदेशमा शान्ति देख्दै जाउँ !
लामो यात्रा ईश्वरको आशिर्बाद पाँउ !

रक्त, हिँसा, अन्यायको मलम छ? घाऊ  
संविधान, नियमको कदर गर्दै जाउँ !
हिजो सानो थियौँ अब बढ्यौँ, बुझौँ, ज्ञानी     
मिलिजुली बसौँ अब बनौँ भाग्यमानी !  

हामी आफू मिल्यौँ भने, कसले के नै भन्छ?               
नेपालीको सम्मानले देश बन्छ बन्छ!
छोडौँ स्वार्थ बनोस् राष्ट्र, कति बाँच्नु छ र?      
सम्मान गर्न सक्दैनौँ त, सद्ब्यबहार गर!

नेपाल भित्र-बाहिर हाम्रो, क्रान्ति-सँस्क्रितीको
स्वाभिमानी, आत्म-निर्भर रक्षा प्रकृतिको !
गाउँ-गाउँ पूगोस् बत्ती, पानी, शिक्षा-घर !
बाटा बनून् फराँकिलो प्रेम-फलुन् तर !

हाम्रो परिवार ठूलो, भिन्न हुनुहुन्न !
भडुँवा को? चिन, बुझ भर गर्नु हुन्न !   
जाति हामी थरी थरी, जातै भिन्न भिन्न !
समानता, मिली-वरी दिनु-हुन्न छिन्न !

दाँया हेरौँ वायाँ हेरौँ, गरौँ सम्मान !
मूल-मन्त्र, नबिर्सौँ है? नेपालीको शान !   
पर्खाइ र फर्काइमा खेल्यौँ लूकामारी
मिलौँ अब हामी सबै उन्नतीको लागि

जानु पर्ने टाढा टाढा हिमालको पारी
कति गह्रौँ बोकी सक्यौँ, अझ कति भारी !     
दु:ख भन्नु जीवनी हो, देश हाम्रो मुटु !
जाडो हुँदा, न्यानो बसौँ, मिली गुटुमुटु !  

तिम्रो हाम्रो जाने ठाँउ, छैन देश अर्को !
जता गए पनि तिम्रै, आँउछ झझल्को
नदी बग्छ समुद्रमा, पानी-हिँउ झर्छ !     
गन्तब्य हो नेपाल हाम्रो, पूग्ने यौटै लक्ष !

ऐश्वर्य र सम्पदामा सँस्कारले बास,
राम्रा राम्रा सपनामा, नाशै बनुन् त्राश !
गरीव र असहायको हात-थामी जाँउ !
नयाँ वर्ष उमंगमा नयाँ गीत गाउँ !

-Anata Risal in New Jersey, USA

Poet Ananta Risal. Photo: eEyeCam.com


Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?