NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Buddha Chemjong: कविता: न्यु योर्क शहरको ट्रेन र म PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Buddha Chemjong   
Monday, 22 November 2010 14:27

न्यु योर्क शहर
संसारको मुटु अमेरिका
अमेरिकाको मुटु "न्यु योर्क"   
शहर मुनिको सब वे ट्रेनको सुरुंग
सुरुंग भित्र मुसाका दुला झैँ प्वालहरु
प्वाल भित्र छिरेपछि
कता पुगिने अत्तो पत्तो छैन
सुरुंगबाट फुत्त निक्ल्यो
कसले पो सोच्छ र
यो सुन्दर चिल्ला सडक अनि
गगनचुम्बी भवन मुनि
यस्तो ट्रेनको सुरुंग छ भनेर

 


ट्रेन भित्र आफनै संसार छ
सडकमाभन्दा
सुरुंग मुनि मानिसको भिडभाड छ
म चढेको ट्रेन यात्रुहरुले भरिएको छ
म ट्रेनको डन्डी समाएर उभिएको छु
मेरो छेउमा दुई युगल जोडी,
आमने सामने टासिएर उभिएका छन्
घरी घरी आपसमा चुम्बन गरिरहन्छन्
मानौं उनीहरुलाई कसैको पर्वाह छैन
प्रेममा लिप्त त्यो जोडी देखेर
मलाई गाँउको याद आयो-
उतिसको रुखको हाँगामा बसेर
दुकुरको भाले-पोथी जोडीले
चुच्चो जोडेर दुकुर कुर दुकुर कुर
प्रेममय गीत गाएको सम्झना दिलायो

ट्रेन आफ्नै गतिमा दौडीरहेको छ
म वरीपरी आँखा डुलाउँछु
कोहि न्युज पेपर पढ्दै छन्
कोहि किताब पढिरहेका छन्
ट्रेनको रफ्तारसंगै
आफ्नो दिमागलाई घोल्दै छन्
सायद कोहीले टाइम पासकोलागि पढेका होलान्,
कोहीले घरमा नभ्याएर पढेका होलान्
कलेज पढ्ने बिद्यार्थीहरुको दु:ख व्यथा
अझ आफ्नै अनेक खालका छन्
मैले मनन गरें-
राति १ बजेसम्म टुकी बालेर पढेको क्षण
आमाले मट्टीतेल सिद्दियो भनेर हकारेको पल

ट्रेनमा चकमन्न छ
कोही आँखा चिम्म गरेर
निदाएको नाटक गर्दैछन्
आफ्नो गन्तब्य स्थल आउनासाथ
पिलिक्क आँखा खोलि
हतार हतार गुरुरु दौडिन्छन्
मेरो छेउमा बसेको मान्छे
फ्वा फ्वा गरि घुरीरहेको छ
सायद मस्त निद्रामा
मीठो सपना देखिरहेको होला
उसको गन्तब्य कता हो
उसलाई पर्वाह छैन
वस् ऊ सुतिरहन्छ
"आइ एम अ होमलेस, प्लिज वन डलर"
यो आवाजबाट म झसङ्ग भएँ
मैले नेपालका मन्दिर छेउमा
माग्ने असक्तहरुको अनुहार सम्झिन पुगें

सयौँ यात्रु अट्ने ट्रेन
अनेकौं डब्बाहरु
म उभिएको डब्बाको
ट्रेन भित्रका यात्रुहरु
मलिन अनुहारहरु
आफ्नै तालमा सोचीरहेका देखिन्छन्
सायद सबैको आआफ्नै समस्या होला
आफ्नै पीर, व्यथा, पीडा बोकेका होलान्
ती मलिन अनुहारहरु देखेर
मेरो देशमा खान, लाउन नपाएका
गरिब, निमुखाहरुको मुहार सम्झिन पुगें

अचानक
"दिस इज लेक्सिनटन"
भनेर ट्रेन क्रिउले अनाउन्स गर्दा
झल्याँस्स भएँ
मेरो गन्तब्य स्थल आइ पुगेछ
अनि सम्हालिन्दै हतार हतार
डब्बाबाट निक्लिएँ
अरु यात्रुहरुसंगै
म पनि
फेरी न्यू योर्क शहरको भिडमा विलिन भएँ ।

-Buddha Chemjong
New York

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar bijesh
0
 
 
yo lekhlai - ma lekh bhannu ruchauchhu, euta laghu kathako sangya dinus, dainiki bhannuhos, yatra wa niyatra bhannuhos tar kavita bhanera kavitakai uphas chai nagarda ramro hola buddha chemjong ji. prayas ramro ho tara yathartha wadi kavitako maapdanda pani yo tapainko lekhle bokdaina. kavita jasto banaaera lekhdaima nam matrako kavita hola tara yasle kati wajan bokdaina. EETaaharu thupaarera matra ghar bandaina.. milaaera lagaunuparchha.. anya cement pani baluwa, masala sabai chahinchha.

je hos prayas chai ramro ho..I suggest to write articles rather than poems.

bijesh rai
uk
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?