NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Tirtharaj Baral: कविता: सहमति PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Tirtharaj Baral   
Saturday, 21 August 2010 19:27

विमति र सहमतिको भेद बिर्सेर
मिलाप भन्दै हिड्दै छन् टुक्रिएर
मोलतोलको खेल भित्र लगाउन दाउ
छोटे बढे तल्लिन छन् बढाउन भाउ //१//



धोति खुस्कि हाँस्दै छ गिज्याई पराई
होस् छैन अझै निर्जल हाम्रा स्वाठ्लाई
औंलाउने पर्ने उसलाई औंला नै देखाई
के भनौ खै लाज लाग्छ आफैलाई //२//

तीन कोटी शक्ति भित्र लाचार देखाएर
छान्न सकेनन् घरमुली आई यतिखेर
नंग्याए आफुलाई कुर्शी मोह देखाई
नगरी रत्तिभर माया आफ्नो धर्तीलाई //३//

डुकुराउछन् सभा मन्चमा सहमतिको स्वर
पर्दा भित्र आफै आफैमा लुछाचुडीछ बेजोड
रुमल्याएर जनतालाई सास्ती खुवाई
सकेन दिन नीति कोरी बसे बर्षौ बिताई //४//

खुलाउन आँखा छिटो तिम्रो नंगा भो देश
बिन्ति म गर्छु फेरिदेउन मुलुकको भेष
फुटेर टुटेर होइन अब जुटेर छिटो आऊ
बिर्सेर स्वार्थ तिम्रो यो देशलाई बनाउ //५//

आफ्नो साथ नछोडी बढाउँन पाइला
धर्तीले विभेद राख्दैन जेठा र माइला
गर राजनीति आआफ्नै ज्ञान बोकेर
जोगाउ मुलुकलाई रति नदिजान खेर //६//

दरिलो जगहाली तल्ला थप्दै जाँउ
देशको अहितमा ठुलो मुख नबाउ
चिनारी मुलुकको देख्दा संसार माझ
सम्बृदीको दिप बलोस घरघरमा साँझ //७//

अस्तु

-तिर्थ राज बराल (सानुपुनाटारे), न्युयोर्क, अमेरिका
Tirtharaj Baral in New York

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?