NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Nagendra Ingnam "Atharaili": कविता: सोल्टेनीलाई लाहुरेको चिठी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Nagendra Ingnam "Atharaili"   
Wednesday, 25 August 2010 00:19

अब त भयो नि सोल्टेनीऊ,
कति खिन्न बनाई रहन्छौ मनलाई ?
पुसे मेलाबाट छुटेदेखि रोएको मन
अझै निको भएको छैन कि कसो हो ?
लडाईंको मैदानलाई सुत्न ओछ्याएर
राइफलको चिसो सिरानी लाएर सुत्दा
आँखा झिमिक्क हुंदा नहुंदै
सुँक-सुँकाएको सपना देख्छु नि
खै, तिमीइ नै रोएको हो कि ?
आफ्नै भाग्य पो तिम्रो रुपमा रोएको हो
यो क्रम बारम्बार दोहोरिएर
झस्क्याई रहने सपनाले डोर्‍याउँदै डोर्‍याउँदै
मन वहीं दोभानमा पुर्‍याई दिन्छ
तमोर खोला र मैया खोलाको
बिरह लाग्दो सुस्तसुस्त सुसाई सुनाउन
फेरि पालाम र हाक्पारेमा भुलाउन
पल्टने जीवनको परिधिलाई तोडेर



सोल्टेनीऊ,
म पल्टनमा जीवन थाम्दै
लाखे पूर्णेको लाखे जात्रादेखि
युबा मेला सम्ममा आई नपुगे पनि
माईबेनीको माघे मेला बजार
नत्र त्रिसाली मेलासम्ममा चाहिं
पक्कै नै भेट्ने गरी आई पुग्नेछु
आफु मन थामेर बस्नु
जेठको गर्मीले मन नपगालोस्
भदौको भेलले पनि मन नबगावोस्
दीपावलिमा मनको दीप जलाएर
'तागेरा निङ्वाभु माङ'को सहारामा
अरु झैं तिमी पनि प्रतिक्षा गर्नु
बारुदको खेल मैदानबाट
आफ्नो जिन्दगी जितेर
चैते हुरी बतासको बेगसंगसंगै
बैशाखे बाचा बन्धन बाँध्न
म तिम्रो सामुन्नेमा आई पुग्नेछु
ओंठ भरिको मुस्कान कोसेली बोकेर ।

Note: लिम्बू भाषामा "तगेरा निङ्वाभु माङ" को अर्थ "ईश्वर" हुन्छ ।

-नगेन्द्र ईङनाम "आठराइली"
Nagendra Ingnam "Atharaili" in New York

 

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?