NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Anant Risal: कविता: हृदयकी 'भ्यालिन्टाइन्' मुस्कुराउन् आज ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ananta Risal   
Monday, 14 February 2011 18:26

'डार्लिङ्', प्यारी भन्नु यौटै उर्वसी वा रम्भा
जुहारात सुनै-सरी हिरामोती चम्पा
सात फन्को अग्नि साक्षी 'सिरियस शिन'
रङ्गी फिल्मी दुनियाँकी 'सिरियल क्विन'


संगै गाउ नाँच हाँस कस्ले गर्छ रीस?
'उ त्यो चाहिँ किन त्यस्ती? उत्ताउली, 'मीस?'
मुस्कुराए दिनै मीठो रात निन्द्रा लाग्ने
आफ्नी प्रिए रिसाएमा अब कता भाग्ने?

जस्तो लाए पनि राम्रो पोते पाउडर् पीठो
खाना उस्तै स्वादिला छन् वास्नादार मीठो
मन्की रानी धन्की खानी मिजासकी नारी
'स्कट-प्यान्ट' सुहाउँने, 'हाइ-हिल'-सारी

पड्दा नामी काम राम्रो ब्यवहार जाति
दिनभरी सूर्य घाम चन्द्रमा झैँ राती
न्यानो भनुँ शितल छिन् चीसो न की पोल्ने
अंग्रेजी र हिन्दी पनि नेपाली झैँ बोल्ने !

दिन रात जन्म मृत्‍यु चन्द्र सूर्य हेर
यौटा जान्छ अर्को आउँछ पालो उत्निखेर
मुटु मन बुद्धी आत्मा ज्योति कल्पनाकी
शिव-शक्ति देख्दा भिन्दै एकै अङ्ग हो की?

संस्क्रिती र कला प्रेमी गरीवकी दु:ख
अतिथिको प्रसन्नता धर्म घर्मा जे छ
आमा, छोरी, श्रीमति र बहिनीकी रुप
साथी-संगी मन् पराउँछन् 'डान्स-पार्टी'-खूप

'यस्ती भैदे हुन्थ्यो किन ?'-पैले आफू बन
बाँड देउ समाजमा राख सब्को मन
आफू बने बन्छ देश, बन्छ संसार यो
सफा मार्ग छ जो माया, प्रेम नियमको

जतिसक्दो माया गर प्राणी जन माथी
कस्ले भन्न सक्छ किन कहाँ हुन्छ साथी
दु:ख पर्दा कस्ले साथ दिन्छ कस्लाई थाहा?
बुद्धि विद्या संयमले जित्छ द्वेश डाहा

झगडा र रीस राग स्वार्थी रै'छ वीउ
मन टाउको दु:ख्छ संधै पेट घाँटी जीउ
घाऊ बिर्स पूराना ती मलम छ लाउ
आदर र प्रेम गर सम्मानको भाउ

परिवार सानो ठीक्क राख मन भित्र
प्रवासको जीवनमा सबै नाता मित्र
घर-घर्को दुख-सुख भोली देखा जाला
'जल्ले लान्छ-माया दिन्छ, उस्ले म्वाई खाला !'

प्यार साथ अझै बढुन् मिली हिँडे जोडी
जीवनको लामो मार्ग पुग्छौँ स्वार्थ छोडी
संसारमा माया प्रिती गर्ने सबैलाई
शुभ-भाव ह्रिदयत: टिकोस् सधैंलाई

मानवता-प्रेम गर्दा राम्रैराम्रो हुन्छ
निस्वार्थमा श्रद्धा भक्ती दिनु, पछि मिल्छ   
ईश्वरको नजरमा सानो-ठूलो को छ?
हज्जारौँमा दिल दिने सच्चा मित्र खोज !

आज भयो भोली हुन्न, हुन्न यस्तो माया
चौतारीको छहारी झैँ साथी घाम छायाँ
बर्ष दिन्मा आउँछ सँझ सम्मानले राज
हृदयकी 'भ्यालिन्टाइन्' मुस्कुराउन् आज !

-अनन्तगोपाल रिसाल  {14th Feb, 2011, Happy Valentine’s Day}
http://anantagopalrisal.blogspot.com/

Copyrights and acknowledgements: All  literary works published in this site are copyrighted material of respective publisher and author/poet. If you wish to reuse or republish any of the material from this site please read our copyright policy and terms of service/use for details.

 

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?