NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

रेडियो नेपाल र बीबीसी नेपाली सेवालाई देवकोटा शताब्दी सम्मान PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Narendraraj Prasai   
Monday, 28 December 2009 22:18

काठमाडौं- महाकवि देवकोटा शताब्दी महोत्सवले श्रव्यका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाई झन्नै छ दशकदेखि देशदेशान्तरमा पुर्‍याउन समर्पित भएवापत रेडियो नेपाल र नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तारका निम्ति चार दशकअघिदेखि उल्लेखनीय योगदान पुर्‍याएवापत बीबीसी नेपाली सेवालाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, महाकवि देवकोटाको जीवनगाथाको शब्दचित्रलाई जनस्तरमा निरन्तर पुर्‍याएवापत अन्नपूर्णपोष्ट दैनिकलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।

महोत्सवका अध्यक्ष डा.मोदनाथ प्रश्रतिको अध्यक्षतामा बसेको महोत्सवको बैठकले सो निर्णय गरेको हो ।

'महाकवि देवकोटा शताब्दी सम्मान' आगामी मार्च १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनका अवसरमा प्रदान गरिने भएको छ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री श्री माधवकुमार नेपाल र समापन प्रधानन्यायाधीश श्री अनुपराज शर्माबाट हुने भएको छ ।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
महाकवि देवकोटा शताब्दी महोत्सव

-Narendraj Prasai in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?